काभ्रे
नेपाली कांग्रेस काभ्रे प्रतिनिधि सभा क्षेत्र नं. १ ले आशन्न निर्वाचनका लागि केन्द्रीय परिपत्र अनुसार उम्मेदवार सिफारिस गरेको छ। प्रत्यक्षतर्फ, क्षेत्र नं. १ बाट पाँच जनाको नाम सिफारिस सूचीमा परेको क्षेत्रीय नेतृत्वले जनाएको छ।
प्रत्यक्ष निर्वाचनका लागि सिफारिस गरिएका नेताहरूमा गणेश लामा, गुणराज मुक्तान, तिर्थ पछ्खल र बिदुर बहादुर बस्नेत रहेका छन्। प्रत्यक्षतर्फ महिला कोटाबाट रसिला खनालको नाम सिफारिस गरिएको छ।
यस्तै समानुपातिक तर्फ हर्षजीत लामा र हरी बहादुर बल आदिवासी जनजाति समूहबाट सिफारिसमा परेका छन्। आदिवासी महिला समूहबाट ललिता किङरिङ मगर र दलित महिलातर्फ मिरा नेपालीको नाम सिफारिसमा परेको छ। त्यस्तै अपांगता समूहबाट उद्दव कोइरालाको नाम सिफारिसमा परेको एक नेताले जानकारी दिएका छन्।
यसैबीच क्षेत्र नं. १ को क्षेत्रीय समितिले आजै राष्ट्रिय सभाका लागि पनि उम्मेदवार सिफारिस गरेको छ। राष्ट्रिय सभाका लागि इन्द्रमणि अधिकारी र ईश्वरी ओझाको नाम सिफारिस गरिएको छ।
प्रत्यक्ष निर्वाचनतर्फ १ जना, समानुपातिक तर्फ १ जना र राष्ट्रिय सभातर्फ १ जनालाई अन्तिम रूपमा छनोट गरिने बताइएको छ।