काभ्रे
शिक्षा, संगठन र नीतिगत नेतृत्वको त्रिवेणीमा खारिएका युवा नेता हुन् गुणराज मुक्तान । काभ्रे जिल्लामा वैचारिक स्पष्टता, संगठन निर्माणको अनुभव र शैक्षिक योग्यताका कारण फरक पहिचान बनाइसकेका नाम हो गुणराज मुक्तान ।
रोशी गाउँपालिका वडा नं. १२, शिखरपुरमा जन्मिएका गुणराज मुक्तानको जन्म २०४२ साल माघ ११ गते पिता जितबहादुर मुक्तान र माता हिरामाया काल्तानको कोखबाट भएको हो। ग्रामीण परिवेश, अभाव र संघर्षबीच हुर्किएका मुक्तानले बाल्यकालदेखि नै शिक्षा र अनुशासनलाई जीवनको आधार बनाए। यही परिवेशले उनलाई समाजप्रति उत्तरदायी र परिवर्तनप्रति संवेदनशील बनायो।
मुक्तानको राजनीतिक चेतनाको विकास विद्यार्थी जीवनमै भयो। २०५८ सालमा कोटेश्वर बहुमुखी क्याम्पसबाट नेपाल विद्यार्थी संघको सदस्य बनेर उनले संगठित राजनीतिमा प्रवेश गरे। विचार, बहस र संगठन निर्माणमा सक्रिय उनी २०६१ सालमै नेविसंघ काभ्रे क्षेत्र नं. १ को सभापतिमा निर्वाचित भए।
दुई कार्यकालसम्म सभापतिको जिम्मेवारी सम्हाल्दा उनले नेविसंघलाई जिल्लामा पुनः संगठित गर्ने, युवालाई राजनीतिमा जोड्ने र लोकतान्त्रिक मूल्यलाई जरा गाड्ने काम गरे। यही चरणबाट मुक्तान एक संगठन निर्माता नेताका रूपमा चिनिन थाले।
विद्यार्थी राजनीतिपछि उनी साबिक भीमखोरी गाउँ इकाईको सभापति बने। संगठनलाई टोल–टोलसम्म विस्तार गर्ने उनको कार्यशैलीले पार्टीभित्र भरोसायोग्य नेतृत्वको छवि निर्माण गर्यो।
१२औँ र १३औँ महाधिवेशनमा उनले नेपाली कांग्रेस काभ्रे क्षेत्र नं. १ को सचिव पद सम्हाल्दै लगातार दुई कार्यकाल पार्टी संगठनलाई नेतृत्व दिए। संगठन सञ्चालन, आन्तरिक व्यवस्थापन र चुनावी रणनीतिमा उनी दक्ष नेताका रूपमा स्थापित भए।
१४औँ महाधिवेशनमा उनले अत्यधिक मतका साथ नेपाली कांग्रेस काभ्रेको जिल्ला कार्यसमिति सचिव पदमा विजय हासिल गरे। यो जित केवल पदको जित होइन, जिल्लाभरि उनको राजनीतिक विश्वसनीयता र नेतृत्व क्षमताको स्वीकारोक्ति थियो।
मुक्तान राजनीति मात्र होइन, नीति निर्माण र सामाजिक रूपान्तरणमा पनि समानान्तर रूपमा सक्रिय छन्।
उनी
नाङसाल एसोसियसनका अध्यक्ष,
विद्यालय व्यवस्थापन महासंघ नेपालको केन्द्रीय अध्यक्ष,
बागमती प्रदेश नीति तथा योजना आयोगका सदस्य,
उच्चस्तरीय शिक्षा आयोगका सदस्य
रहेका छन्। यी भूमिकामार्फत उनले शिक्षा सुधार, विद्यालय व्यवस्थापन, नीतिगत योजना र सामाजिक विकासमा प्रत्यक्ष योगदान पुर्याएका छन्।
गुणराज मुक्तान जिल्लामा उच्च शैक्षिक योग्यता भएका नेताका रूपमा चिनिन्छन्।
शैक्षिक योजना तथा व्यवस्थापनमा स्नातकोत्तर,
विकास अध्ययनमा एमफिल,
हाल विद्यालय शासन पद्धतिमा विद्यावारिधि (पीएचडी) अध्ययनरत छन्।
उनको राजनीति भावनामा होइन, ज्ञान, तथ्य र नीतिमा आधारित छ। यही कारण उनी स्थानीय तहदेखि प्रदेश र राष्ट्रिय तहसम्मका योजना तथा शासकीय पद्धतिमा विज्ञ मानिन्छन्।
जनतासँग भिजेको नेता
मुक्तानलाई चिनाउने सबैभन्दा ठूलो विशेषता भनेको जनतासँगको नजिकपन हो। गाउँदेखि केन्द्रसम्मको राजनीतिक अनुभव, नीति निर्माणको ज्ञान र संगठन सञ्चालनको अभ्यासले उनलाई जनआवाज बुझ्ने र समाधान प्रस्तुत गर्ने नेताका रूपमा स्थापित गरेको छ।
गुणराज मुक्तान केवल चुनाव जित्न मैदानमा उत्रिएको नाम होइनन्। उनी संघर्षबाट खारिएका,शिक्षाले सबल बनेका,संगठनले निखारिएका र नीतिले परिपक्व भएका नेता हुन्।
नेपाली कांग्रेसको तर्फबाट काभ्रे क्षेत्र न १ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार मुक्तान काभ्रेको राजनीति नयाँ उचाइमा पुर्याउने क्षमतायुक्त नेताका रूपमा रहेको आम काभ्रेबासीले बुझेका छन् ।




