रोशी / खार्पाचोक
तीन बर्षदेखि जापानमा रहेकी रोशी गाउँपालिका वडा नं ९ की मुकुमाया लामा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा नेपाली कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई जिताउन नेपाल आएकी छन् ।
बुधबार साँझ काठमाडौंस्थित अन्तराष्ट्रिय विमानस्थल ओर्लिएकी मुकुमाया बिहिबार नै कांग्रेसले ९ नं वडा कार्यसमितिले गरेको चुनावी अभियानमा सहभागी भएकी हुन् ।
‘कांग्रेसले सक्षम, बौद्धिक, शालिन र जेन्जीको भावना प्रतिनिधित्व गर्ने युवालाई उम्मेदवारलाई कांग्रेसले उठाएको छ,’ जापानबाट फर्किएकी मुकुमायाले भनिन्, ‘रोजगारी र अध्ययनको लागि विदेशिनु बाध्यता भएपनि देश सही व्यक्तिको हातमा पुगोस् भनेर असल नेतृत्व छनोट गर्न रुख चिन्हमा मतदान गर्न स्वदेश फर्किएको हुँ ।’ पछिल्लो समयमा युवाहरू विदेशिने क्रम बढ्दै गएकोले देशमै रोजगारी सिर्जना गर्न सही नीतिनियम बनाउन आवश्यक भएको बताइन् ।
उनले आफू जस्तै धेरै युवाहरु गुणराज मुक्तान जिताउने अभियानमा सहभागी हुन नेपाल आउन लागेको बताइन् ।
स्थानीय विकास, शासकीय पद्दतिमा तल्लो तहदेखि राष्ट्रियस्तरसम्म योजना र नीतिमा विज्ञता प्राप्त गरेका गुणराज जनमानसमा भिजेका र राष्ट्रिय राजनीति बुझेका नेताका रुपमा चिनिन्छन् ।




