गत २३ र २४ गते भएको जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरिएको छ ।
सरकारले आधिकारिक रुपमा यो प्रतिवेदन सार्वजनिक गरेको छैन । विभिन्न मिडियमा आएका प्रतिवेदनको पूर्ण अंश हामीले यहाँ प्रस्तुत गरेका हौं ।
प्रतिवेदनमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालीन गृहमन्त्री रमेश लेखक, आईजीपी चन्द्रकुवेर खापुङलाई फौजदारी कसुरमा अनुसन्धान अघि बढाउन सिफारिस गरेको छ ।




