• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ चैत्र २५, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      २ घण्टा अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      १ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      १ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      १ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      १ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      २ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      २ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      २ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      ३ हफ्ता अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      ३ हफ्ता अघि

      एमालेको कारबाहीपछि वडा अध्यक्ष बजगाईको आक्रोशपूर्ण अभिव्यक्ति : “ओझेलमा पार्ने प्रवृत्तिले परिवर्तनको बाटो रोज्न बाध्य भएँ”

      ३ हफ्ता अघि

      वडा अध्यक्ष होम प्रसाद बजगाँइलाई पार्टीबाट निष्काशन, पद खारेजको प्रक्रिया अगाडि बढ्ने

      ३ हफ्ता अघि

      ललितपुर १ का नागरिकले उदय शमशेरको एकल प्रभुत्व रहन दिएनन्

      १ महिना अघि

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      १ महिना अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      १ महिना अघि
    in
    आज: २०८२ चैत्र २५, बुधबार
    होमपेज /  काभ्रे खबर

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

  • राजन दाहाल
  • २०८२ चैत्र २५, बुधबार (२ घण्टा अघि)
  • ३१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    खानिखोला / काभ्रे 

    ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्दै आर्थिक आत्मनिर्भरता प्रवर्द्धन गर्ने उद्देश्यसहित रक्षा नेपालको आर्थिक सहयोग तथा खानिखोला गाउँपालिकाको समन्वय र सहकार्यमा मंगलबार ( हिजो ) बाट ३ महिने सिलाइ–बुनाइ तालिम कार्यक्रम सुरु गरिएको छ।

    तालिममा पालिका भरीका ४५ देखि ६० जना प्रशिक्षार्थीहरूलाई प्रशिक्षण दिइने छ ।

    महिला तथा युवतीहरुलाई लक्षित गरी सञ्चालन गरिएको यस तालिमले स्थानीय स्तरमै सीप विकास गरी आयआर्जनका अवसर सिर्जना गर्ने विश्वास लिइएको आयोजकले जनाएको छ।

    उद्घाटन कार्यक्रममा बोल्दै रक्षा नेपालकी कार्यक्रम व्यवस्थापक दुर्गा पाण्डेले तालिम अवधिभर सहभागीहरूले सिलाइ सम्बन्धी करिब २५ प्रकारका व्यावहारिक सीप सिक्ने बताइन्। उनले नियमित उपस्थिति, अनुशासन र लगनशीलतासहित तालिममा सहभागी हुन आग्रह गर्दै सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गर्नुपर्नेमा जोड दिइन्।

    पाण्डेले तालिम पश्चात उत्कृष्ट प्रदर्शन गर्ने प्रशिक्षार्थीहरूलाई प्रोत्साहनस्वरूप नगद पुरस्कारको व्यवस्था गरिएको बताएकी छिन् । जसअनुसार प्रथम हुनेलाई ५० हजार रुपैयाँ, द्वितीयलाई ३० हजार, तृतीयलाई २० हजार तथा सान्त्वना स्थान हासिल गर्ने दुई जनालाई जनही ५/५ हजार रुपैयाँ प्रदान गरिनेछ। यसले सहभागीहरूलाई अझ बढी मेहनत गर्न प्रेरणा दिएको छ ।

    कार्यक्रममा प्रशिक्षक रुकु परियारले प्रशिक्षण दिनेछिन्। तालिममा सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक अभ्यासलाई प्राथमिकता दिइने र बजारको मागअनुसारका डिजाइन तथा प्रविधि सिकाइने उनले बताइन् ।

    कार्यक्रमका प्रमुख अतिथि खानिखोला गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर थिङले यस्ता सीपमूलक तालिमहरू ग्रामीण विकासको आधार भएको उल्लेख गर्दै स्थानीय तहले सीप विकासलाई प्राथमिकतामा राखेको बताएका छन् । उनले सिकेको सीपलाई व्यवसायमा रूपान्तरण गरी स्वरोजगार बन्न सहभागीलाई आग्रह गर्दै गाउँपालिकाले आवश्यक सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए।

    अन्य वक्ताहरूले पनि तालिमले विशेषगरी महिलाहरूको आर्थिक सशक्तीकरण, आत्मविश्वास वृद्धि तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे। उनीहरूले यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिँदै सहभागीलाई पूर्ण समर्पणका साथ तालिम सम्पन्न गर्न आग्रह गरेका थिए।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

    मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    समाचार

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

    300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    काभ्रे खबर

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

    पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९०६ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५५३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१५२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९९२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९७७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८७५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑