• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      १ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ३ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ५ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ४, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगर भयो पुर्ण खोप सुनिश्चितता भएको स्थानीय तह

  • राजन दाहाल
  • २०८१ श्रावण ३, बिहिबार (१ साल अघि)
  • ७४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे /पनौती
    स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ पनौती नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको छ । नगरको स्वास्थ्य शाखाले बुधबार एक कार्यक्रमको आयोजना गरि सिङ्गो नगरनै पुर्ण खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरेको हो ।
    पूर्णखोप नगरपालिका सुनिश्चितता गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिकाले १६ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनु पर्ने सबै खोप दिलाई पूर्णखोप पाएको सुनिश्चित
    गरेको भन्दै जिल्ला खोप समन्वय समितीले नगरपालिकाका प्रमुख रामशरण भण्डारीलाई प्रमाणपत्र प्रदान गरेको छ ।
    कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु भगवानरुपी मानव बएको बताए । उनले खोपको महत्त्व कत्तिको रहेछ भन्नेकुरा कोभिड १९ ले राम्रो पाठ सिकाएको बताए । साथै पनौती नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिदै आगमी दिनमा पनि यस्तै कार्यहरू गरि अगाडि बढ्न हौसला प्रदान गरे । कार्यक्रमको विशिष्ट अतिथि एवं नगर उप प्रमुख गीता बन्जाराले पनौती नगरले स्थानीय सरकार बनेपछि संविधानको मर्म अनुसार कार्यहरू गर्दै आएको बताइन् । जनप्रतिनिधिले बताएको नितिलाई स्वास्थ शाखाका कर्मचारीहरुले सफल रुपम्व्व कार्यान्वयन हरेको पनि उनको धारणा थियो ।
    स्वास्थ्य कार्यालय काभ्रेका खोप फोकल पर्सन पार्थमणी न्यौपानेले नेपालको ७ प्रदेश मध्य ६ वटा प्रदेश पुर्ण खोप सुनिश्चितता भइसकेको र बाकी बागमती प्रदेशमा पनि सोही अनुसार कार्यहरू भइरहेको बताए । साथै उनले पुर्ण खोप सुनिश्चितता कार्यक्रम अन्त्य नभई सुरु भएको उनको धारणा थियो । यसका लागि स्थानीय जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रका कर्मचारीहरु सक्रिय हुनुपर्नेमा उनको जोड थियो ।
    वडा अध्यक्ष विपेन्द्र लामाले नगरपालिकाले स्वास्थ्य क्षेत्र सुधारको अर्को पाइला टेकेको बताए । उनले यसको दिगोपनाको लागि काम गर्न आफू प्रतिबद्ध रहेको पनि बताए । कार्यक्रमका अध्यक्ष एवं नगर प्रमुख रामशरण भण्डारीले आफ्नो नागरिकलाई नगरपालिकाले के के सेवा सुबिधा दिने गरेको छ भन्ने बिषयको प्रचारप्रसार गर्न आबश्यक रहेको बताए । र आगामी दिनमा नगरपालिकामा खोप भण्डारणलाई व्यवस्थित बनाउदै जाने पनि उनको धारणा थियो ।
    नेपालमा पुर्ण खोप सुनिश्चितताको सुरुवात सन् २०१२ बाट भएको हो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जनक के सीले नगरपालिकाले खोपको क्षेत्रमा गरेका कामहरूको बारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा सबै सरोकारवालाहरुले आगामी दिनमा सबै खोपहरु सुनिश्चित गरिने र कसैलाई पनि खोपबाट बन्चित नगरिने भन्दै प्रतिबद्धता पत्र्मा हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा बिद्यालयका प्र अ, स्वास्थ्य स्वयंसेवीका, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, कार्यपालिका सदस्यहरु लगाएत स्वास्थ्य क्षेत्रका सरोकारवाला व्यक्तिहरुको उपस्तिथि रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    समाचार

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    काभ्रे खबर

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०१५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑