• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      २ घण्टा अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ दिन अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ४ दिन अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ४ दिन अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ५ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ५ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      ६ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

  • राजन दाहाल
  • २०८३ बैशाख २९, मंगलबार (१ महिना अघि)
  • ३४१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १३ मिनेट
  • पनौती / काभ्रे

    राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजाले काभ्रेको पनौती नगरपालिकाका बिद्यालयले ल्याएको नतिजाले सबैको ध्यान केन्द्रित गरेको छ । समग्रमा ८८.५ प्रतिशत विद्यार्थी उत्तीर्ण भए पनि नतिजाभित्रको अन्तरले गम्भीर प्रश्न उठाएको छ।

    पनौतीमा सामुदायिक विद्यालयतर्फ ७९.१ प्रतिशत मात्र विद्यार्थी उत्तीर्ण भएका छन् भने संस्थागत (निजी) विद्यालयतर्फ ९६.४ प्रतिशत विद्यार्थी पास भएका छन्।  पनौतीको समग्र नतिजा हेर्दा राम्रै देखिए पनि सामुदायिक विद्यालयको गिरावट चिन्ताजनक बनेको देखिन्छ ।

    पनौती–५ स्थित श्री श्वेत गणेश माध्यमिक विद्यालयले सामुदायिकतर्फ शतप्रतिशत नतिजा ल्याउँदै नगर प्रथम बन्न सफल भएको छ। पहिलो पटक एसईईमा सहभागी २० जना विद्यार्थी (११ छात्र, ९ छात्रा) सबै उत्तीर्ण हुनु विद्यालयका लागि ठूलो उपलब्धि बनेको छ। पहिलो ब्याचमै उत्कृष्ट नतिजा ल्याएपछि अभिभावक र स्थानीय स्तरमा बिद्यालयको प्रशंसा भइरहेको छ।

    यता, पनौतीकै केन्द्रमा रहेको श्री इन्द्रेस्वर माध्यमिक विद्यालयको नतिजा भने अत्यन्त कमजोर देखिएको छ। १९ जना विद्यार्थीमध्ये जम्मा २ जना मात्र उत्तीर्ण हुँदै विद्यालय १० प्रतिशतमा सीमित भएको छ। यसले विद्यालयको शैक्षिक अवस्था मात्र होइन, समग्र व्यवस्थापनमाथि नै प्रश्न उठाएको छ। गत वर्ष सामुदायिक विद्यालयतर्फ ९६ प्रतिशत नतिजा ल्याएर उत्कृष्ट प्रदर्शन गरेको पनौती यस वर्ष ७९.१ प्रतिशतमा झर्नु निरन्तरता, अनुगमन र उत्तरदायित्वमा कमजोरी रहेको संकेत गरेको छ ।

    यसरी पनौती नगरपालिकाको एस इ इ को नतिजा बिग्रिएको थाहा पाएपछि नगरभित्र शिक्षा हेर्ने नगर शिक्षा शाखामाथि नै नागरिकहरूले कडा प्रश्न उठाउन थालेका छन्। नगरका सबै विद्यालयहरूको नतिजा सार्वजनिक भइसकेपछि हामी स्वयं नगरपालिका पुगेर वास्तविकता बुझ्ने प्रयास गरेका थियौं।

    “किन यति कमजोर नतिजा आयो ?” भन्ने प्रश्नमा शिक्षा निर्देशक प्रणराज न्यौपानेले स्पष्ट जवाफ दिन सकेनन्, बरु घुमाउरो शैलीमा विद्यालयमा राजनीति घुसेको संकेत गरे। उनले विद्यालय व्यवस्थापनमा राजनीतिक हस्तक्षेप बढ्दै जाँदा शिक्षा नै धरासायी बन्दै गएको स्वीकार गरे।

    उनका अनुसार वडा अध्यक्षहरू नै विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बन्ने प्रवृत्तिले समस्या झन् जटिल बनेको छ। वडा अध्यक्षले दुबैतिर समय दिन नसक्दा शिक्षा खस्किएको हो, उनको भनाइ थियो । अझ हामीले कसरी ? भन्ने प्रश्न गर्यौ यस प्रश्नलाई उनले “यसलाई पुष्टि गर्ने उदाहरणहरू नगरभित्रै प्रशस्तै छन्। पनौती–७ स्थित इन्द्रेश्वर माविमा वडा अध्यक्ष सबिन ताम्राकार, पनौती–९ सुन्थानको शारदा माविमा वडा अध्यक्ष सहकुल कुमार हुमागाईं आफैं व्यवस्थापन समितिका अध्यक्ष छन्। त्यस्तै पनौती–१० खोपासीको श्रीराम माविमा वडा सदस्य सरिता नेपाल र सोही वडाको बाल आदर्श माविमा वडा सदस्य जीत बहादुर श्रेष्ठ अध्यक्षको भूमिकामा छन्। “

    विद्यालय चलाउने जिम्मा पाएका जनप्रतिनिधिहरू नै राजनीति र पदको दोहोरो जिम्मेवारीमा अल्झिँदा शिक्षा कसरी सुध्रिन्छ ? व्यवस्थापनमै यस्तो हस्तक्षेप भइरहँदा नतिजा खस्किनु स्वाभाविक होइन र ? उनले  उल्टै प्रश्न गरे

    यद्यपि पनौती वडा न ५ मा पनि जनप्रतिनिधि नै विद्यालय व्यवस्थापन समितिमा रहदापनि राम्रो नतिजा हासिल गरेको छ । उनको भनाइ थियो ।

    पनौतीमा संचालित सामुदायिक विद्यालयबाट उत्तीर्ण गरेको प्रतिशत:

    शान्ति निकेतन मावि (वडा नं. १) – ९१.३%

    भालचन्द्र मावि (वडा नं. १) – ६०.७%

    कुशादेवी मावि (वडा नं. २) – ७०.५%

    बालोद्धार मावि (वडा नं. ४) – ८६.४%

    पुण्य मावि (वडा नं. ७) – ७०%

    भालेश्वर मावि (वडा नं. ८) – ९७.३%

    शारदा मावि (वडा नं. ९) – ७०.४%

    श्रीराम मावि (वडा नं. १०) – ७६.९%

    बाल आदर्श मावि (वडा नं. १०) – ९५.५%

    कमलादेवी जनप्रिय मावि (वडा नं. ११) – ७०.६%

    बालप्रकाश मावि (वडा नं. १२) – ७९.१%

    सामुदायिक विद्यालयतर्फ ४०७ विद्यार्थीमध्ये ३२२ जना उत्तीर्ण भएका छन् भने संस्थागततर्फ ४७८ मध्ये ४६१ विद्यार्थी पास भएका छन्। निजी विद्यालयमध्ये १६ मध्ये ७ विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन्।

    यसैबीच, पनौतीबाट ४ जना विद्यार्थीले ४.० जीपीए ल्याउन सफल भएका छन्।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    समाचार

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    काभ्रे खबर

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०७४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२८५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१०९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑