• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २६, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      २ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      २ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ३ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ६ दिन अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      १ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      ३ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २६, शनिबार
    होमपेज /  आर्थिक

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • राजन दाहाल
  • २०८२ जेष्ठ १, बिहिबार (११ महिना अघि)
  • ६०३७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    काभ्रेको पनौती नगरपालिकामा रहेको सामुदायिक बचत तथा ऋण सहकारी सस्था लिमिटेडका ३ जना कर्मचारीले सस्थामा रहेको रकमको अपचलन गरेको खुल्न आएको छ । सस्थामा २०७५ साल देखी कार्यरत कर्मचारीबाट रकम अपचलन गरि आफ्नो खाता संगै नातेदारको खातामा पनि रकम पठाएको खुल्न आएको हो । अपचलन गर्ने तीन जना मध्य २ जना ऋण असुली बिभाग र एक जना कुशादेवी सेवा केन्द्रका प्रमुख रहेको पाइएको छ ।
    रकम अपचलन गर्नेहरुमा साकोसका ऋण असुली बिभागका सुवास सापकोटा, सुन्दर घिमिरे र कुशादेवी सेवा केन्द्रका प्रमुख बिकास खड्काले जम्माजम्मी ४ करोड ६० लाख भन्दा बढी रकम हिनामिना गरेको सस्थाले बताएको छ । सापकोटा र घिमिरेले सस्थाको पैसा सिधै अपचलन गरेका छन् , खड्काले भने पदको दुरुपयोग गरि आफन्तलाई ठूलो रकम ऋण निकाल्न लगाएर आफुले चलाएको भेटिएको सस्थाले बताएको छ ।
    सस्थाको रकम अपचलन गर्ने तिनैजना कर्मचारीलाई निलम्बित गरिएको छ । तर उनिहरु र उनिहरुको परिवारको खाता समेत रोक्का गरिएको साकोसले बतायो । साथै सस्थाले तीन सदस्यीय छानबिन समिति तयार गरि उनिहरुले हेरिरहेको हिसाबकिताब पल्टाउने काम सुरु गरेका छन् ।
    प्ररम्भिक छानबिनबाट सुवास सापकोटाले ३ करोड ३ लाख ८४ हजार रुपैयाँ अपचलन गरेको देखिएको छ । त्यस्तै सुन्दर घिमिरेले ५८ लाख रुपैयाँ अपचलन गरेका छन् भने सेवा केन्द्र प्रमुख बिकास खड्काले आफन्तको नाममा नक्कली कागजात बनाई करिब ९८ लाख रुपैयाँ ऋण लिइ रकम चलाएको पुष्टी हुन आएको छ । प्रारम्भिक छानबिनबाटै २०८१ साल श्रावण १६ गतेदेखी रकम अपचलन गर्न सुरु गरेको तथ्य फेला परेको थियो । सुरुमा ३० हजारबाट आफ्नो र आफन्तको खातामा रकम ट्रान्सफर गर्न सुरु गरेका कर्मचारीले अफिसबाट रकम अन्यत्र गएको पत्ता नपाएपछि पुनः २०८१ भदौ महिनादेखि नियमित रुपमा विभिन्न मितिमा १ लाख,२ लाख, ५ लाख गर्दै अधिकतम १० लाख रुपैयाँ सम्म सस्थाको खाताबाट अन्य व्यक्तिको खातामा रकम ट्रान्सफर थिए ।
    जब रकम अपचलन गरेको थाहा भयो उक्त समय देखीनै सस्थाले तिनै जना कर्मचारीलाई निलम्बित गर्दै उनिहरुलाई स्पष्टीकरण सोधेको थियो । स्पस्टिकरणमा सोधपुछ गर्दा सुरुमा आनाकानी गरेपनि पछि सबैजनाले आफुहरुबाट गल्ती भएको स्वीकार गरेका थिए । सबैभन्दा बढी रकम अपचलन गर्ने सुबास सापकोटाको खातामा अस्वभाविक रुपमा रकम आएको थाहा पाएपछि उनलाई सस्थाको लेखा शाखाबाट बारम्बार तपाईंको खातामा यत्रो रकम कसरी आयो ? भनी बुज्दा उनले अस्ट्रेलियाबाट बहिनी ज्वाइले आफ्नो खातामा रकम जम्मा गर्ने गरेको बताउदै आएको पनि साकोसका एक कर्मचारीले बताए । सस्थाले तिनैजना कर्मचारीबाट अधिकतम ब्याज सहित बिगो असुल गर्ने गरि काम अगाडि बढाएको छ । हालसम्म सेवाकेन्द्र प्रमुख बिकास खड्का र सुन्दर घिमिरेले गरेको बिगो र ब्याज सहितको रकम असुल गरिसकेको छ । भने सुबास सापकोटाबाट भने १ करोड १३ लाख रुपैयाँ असुल गर्न बाकी रहेको पनि साकोसले बताएको छ । छानबिन समितिका एक सदस्यले ती कर्मचारी २०७५ साल जुनबेला नियुक्ति भएका थिए सोही समय देखीको हिसाबकिताब निकाल्नको लागि आफुहरु लागीपरेको बताए
    आफ्नो नाम नबताउने सर्तमा संचालक समितिका एक सदस्यले सकोस् भित्र व्यवस्थापकीय पक्ष कमजोर भएको बताएका छन् । उनले यो सबैको नियमन सस्थाको मेनेजरले गर्नुपर्थ्यो उहाँले गर्नुभएन । सस्थामा ठूलो रकम छ भन्दै उनले डे टु डे हेर्न नभ्याए पनि कमसेकम महिनाको एकपटक चाहिँ कति ब्याज आम्दानी भयो , कति ब्याज खर्च भयो, व्यजदरको अन्तर कति भयो भनेर मेनेजरले हेर्नुपर्नेमा त्यो नभएको कारण आज यो अवस्था आएको आरोप लगाए ।
    ऋण असुली बिभागका कर्मचारी सुवास सापकोटा प्रती लक्षित गर्दै सस्थाका सिओ मदन बस्नेतले भने “जसलाई अति विस्वास गरेर सफ्टवेयर चलाउन दियौं उसैबाट यत्रो धोका भयो । यसले सस्थाको छबिमाथी गम्भीर चोट पुगेको छ ।”
    केहि समय अगाडिमात्र उक्त साकोसमा डकैतीले रकम चोरेका थिए । उक्त घाउमा खाटा बस्न नपाउदै अर्को अपचलनको काण्ड बाहिरिनुले शेयर सदस्यमाथी अलमलको वातावरण सृजना गरिदिएको छ ।
    “हामीले खाइ नखाइ गरेर रकम जम्मा गरेका छौं । हाम्रो पसिनामा कसैले रजाइँ गर्न पाइदैन । सस्थाको पैसा अपचलन गर्ने जोकोहि होस् जागीरबाट निलम्बन मात्र गर्ने होइन तिनीहरुलाई कानुनी कठघरामा पनि उभ्याउनपर्छ ।” आक्रोश व्यक्त गर्दै एक शेयर सदस्यले बताए ।” भित्र भित्रै मिलाउँदै छन् रे भन्ने सुनेका छौं त्यो हामिलाई स्विकार्य हुँदैन ।” अर्का शेयर सदस्य थप्छन् ।
    जसले जे भने पनि जसले जे गरे पनि सस्थाको छवि टिकाइराख्ने जिम्मेवार संचालक समितीको हो । विभिन्न काण्डहरु यसरी धमाधम आइरहने हो भने संचालक समितीलाइनै सस्थाको छवि टिकाउन भने चुनौतीपूर्ण रहेको देखिन्छ ।

    माथी प्रस्तुत गरिएका आधार र प्रमाणहरु सिरुपाते खबरसंग सुरक्षीत रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

    समाचार

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    काभ्रे खबर

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९९५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१४ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२०९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०३७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९३५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑