• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख २६, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ दिन अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      २ दिन अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      ३ दिन अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      ५ दिन अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      १ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      १ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      १ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      २ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      २ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      २ हफ्ता अघि

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २ हफ्ता अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      २ हफ्ता अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ हफ्ता अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ हफ्ता अघि
    in
    आज: २०८३ बैशाख २६, शनिबार
    होमपेज /  काभ्रे खबर

    भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

  • राजन दाहाल
  • २०८२ पौष ४, शुक्रबार (४ महिना अघि)
  • ५७६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती / राजन प्रसाद दाहाल 

    पनौती नगरपालिकाको सभाहलमा ऐतिहासिक भृकुटी जन्मघर निर्माणका विषयमा बृहत छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम सहरी विकास तथा भवन कार्यालय काभ्रे, पनौती नगरपालिका, भृकुटी स्मृति प्रतिष्ठान र कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सीको संयुक्त आयोजनामा सम्पन्न भएको हो।

    कार्यक्रमको संयोजन भृकुटी स्मृति प्रतिष्ठानका अध्यक्ष विश्व उलकले गरेका थिए। उनले खोपासीको ऐतिहासिक स्वरूपबारे जानकारी गराउँदै खोपासीमा भृकुटीको जन्मघर स्थापना हुँदा पनौती मात्र नभई समग्र राष्ट्रकै हित हुने धारणा व्यक्त गरे।

    कार्यक्रमको अध्यक्षता पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले गरेका थिए। उनले पनौतीको ऐतिहासिक तथा धार्मिक महत्व उल्लेख गर्दै रामायणकालीन र महाभारतकालीन धेरै अलिखित पौराणिक इतिहास पनौतीसँग जोडिएको बताए। पनौतीमै महासत्व बुद्धको जन्म भएको र यहीँबाट भृकुटी बुद्धको विवाह भई तिब्बत पुगेर बौद्ध धर्मको प्रचार–प्रसार भएको इतिहास पढ्दै आएको उल्लेख गर्दै, “हाम्रो इतिहास खोज्ने, संरक्षण गर्ने र विकास गर्ने दायित्व हामी स्वयंको हो,” भन्ने धारणा राखे।

    यसैबीच कृष्ण इन्जिनियरिङ एन्ड डिजाइन कन्सल्टेन्सीका इन्जिनियर पारस महतले प्रस्तावित भवन निर्माण स्थल, भवनको स्वरूप र लागतसम्बन्धी प्रस्तुति दिएका थिए। उनले मल्लकालीन सबैभन्दा पुरानो मन्दिरलाई आधार मानेर भृकुटी जन्मघर निर्माण गरिने जानकारी दिए। उनका अनुसार भृकुटी जन्मघर निर्माणका लागि बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा १ करोड रुपैयाँ विनियोजन गरेको छ। भृकुटी जन्मघर निर्माणमा १३ करोड ३९ लाख रुपैयाँ र भृकुटी पार्क निर्माणमा ५ करोड २ लाख ४३ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ। दुबै आयोजना सम्पन्न गर्न करिब २६ करोड रुपैयाँ आवश्यक पर्ने उनको भनाइ थियो।

    त्रिभुवन विश्वविद्यालय कीर्तिपुरस्थित नेपाली इतिहास, संस्कृति तथा पुरातत्त्व विभागका पूर्व विभागीय प्रमुख प्राध्यापक डा. सोमप्रसाद खतिवडाले भृकुटीको जन्म पनौतीमै भएको विषय केवल स्थानीय दाबीका आधारमा मात्र पुष्टि गर्न नहुने बताए। देशभरका विद्वान्हरूको सहभागितामा प्रमाणसहित व्यापक छलफल गरेर निष्कर्षमा पुग्नुपर्नेमा उनले जोड दिए। स्पष्ट प्रमाणसहित भृकुटी जन्मघर निर्माण गर्नुपर्ने र प्रमाण जुटेपछि पौराणिक शैलीमा निर्माण गरिनुपर्ने उनको धारणा थियो।

    उक्त विभागकै पूर्व विभागीय प्रमुख प्राध्यापक डा. मदनकुमार रिमालले भृकुटी पनौतीमै जन्मिएको हो भन्ने आधारहरूबारे अनुसन्धानलाई निरन्तरता दिनुपर्ने र यहीँ हो भनेर ढुक्क भई बस्न नहुने बताए।

    पाटन क्याम्पस ललितपुरकी प्राध्यापक डा. निर्मला पोखरेलले सत्य, तथ्य र प्रमाणका आधारमा अघि बढ्नुपर्ने बताइन्। उनले ‘भृकुटी जन्मघर’को सट्टा ‘भृकुटी जन्म नमुना घर’ निर्माण गर्ने अवधारणाबारे विचार गर्न सकिने सुझाव दिँदै अनुसन्धानलाई निरन्तरता दिनुपर्ने बताइन्। विभिन्न कारणले राजा–महाराजाहरू खोपासी क्षेत्रमा आएर बस्दा भृकुटीको जन्म भएको हुन सक्ने सम्भावनालाई पनि उनले औंल्याइन्।

    पाटन क्याम्पसकै उप–उपप्राध्यापक उत्तरा खनालले पनौतीका विभिन्न क्षेत्रमा अंशुवर्मासँग सम्बन्धित किंवदन्ती तथा प्रमाणहरू भेटिएको र अंशुवर्मा तथा भृकुटीबीच बाबु–छोरीको सम्बन्ध रहेको मान्यताका आधारमा यहीँ भृकुटीको जन्म भएको हुन सक्ने तर्क प्रस्तुत गरिन्।

    शहरी विकास तथा भवन कार्यालय काभ्रेका प्रमुख दुर्गा प्रसाद घिमिरेले भृकुटीसँग सम्बन्धित अभिलेख तथा शिलालेखबाट विषय प्रष्ट हुन सक्ने बताए। उनले सैद्धान्तिक अनुसन्धानमार्फत यथार्थ नजिक पुगेर मात्र जन्मघर निर्माणतर्फ अघि बढ्नुपर्ने धारणा राखे। “अहिले प्रारम्भिक बिन्दुमा छौं, यसलाई अनुसन्धानमार्फत टुंग्याउन सकिन्छ,” उनले भने।

    कार्यक्रममा सहभागीहरूले पनि आ–आफ्ना धारणा राखेका थिए। पनौती पर्यटन विकास केन्द्रका अध्यक्ष पुरुषोत्तम कर्माचार्यले यो वा त्यो बहानामा भृकुटी जन्मघर निर्माणको प्रक्रिया रोकिनु नहुने बताएका छन् । अर्का सहभागी मायादेवी बादेले भृकुटीको जन्मस्थान खोपासी नै भएको ठोकुवा गर्दै सबैको साथ–सहयोगमा जन्मघर निर्माण गर्नुपर्ने बताइन्।

    पनौती नगरपालिकाकी नगरसभा सदस्य तथा वडा नं. १० की वडा सदस्य सरिता अधिकारी नेपालले भृकुटी जन्मघर र भृकुटी पार्क निर्माणका लागि वडा भित्रका जनप्रतिनिधि र सरोकारवालाहरूको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गरिन्। पत्रकार ज्ञानमणि नेपाल, स्थानीयहरु बुद्धि कट्टेल, अनिल केसी, बालकृष्ण फुयाँल लगायतले पनि कार्यक्रममा धारणा राखेका थिए।

    अन्तरक्रियामा सहभागीहरूले यस्तो ऐतिहासिक कार्य गर्दा पनौतीका १२ वटै वडाका सरोकारवालाहरूको सहभागिता गराई व्यापक छलफल गर्नुपर्नेमा जोड दिएका थिए।

    कार्यक्रममा शहरी विकास तथा भवन कार्यालय काभ्रेका प्रमुख दुर्गा प्रसाद घिमिरे, पुरातत्त्व विभागकी प्रमुख अमृता महर्जन, इन्जिनियर पारस महत, विभिन्न विश्वविद्यालयका प्राध्यापकहरू, स्थानीय जनप्रतिनिधि, सरोकारवाला तथा बुद्धिजीवीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

    समाचार

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    काभ्रे खबर

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

    प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९९१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६१३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२०८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०६४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०३४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९३४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑