• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २२ घण्टा अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ३ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ५ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ४, सोमबार
    होमपेज /  जीवनशैली

    नाक बन्द हुनु सामान्य होइन: एक सानो लक्षणले जीवनमा पार्न सक्छ गम्भीर असर

  • देशप्रेमी राज
  • २०८२ श्रावण ११, आईतबार (९ महिना अघि)
  • ४९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    धेरै नेपालीका लागि नाक बन्द हुनु सामान्य कुरा हो । विशेषगरी जाडोयाममा वा धुलो–धुवाँ धेरै हुने शहरका बासिन्दाले त कहिलेकाहीँ यसलाई आफ्नै जीवनशैलीकै अंशजस्तो मानेर बेवास्ता गर्ने गर्छन् । ‘नाक बन्द त हरेक हिउँदमा हुने हो नि’, भन्ने सोच बिस्तारै हाम्रो सामान्य चेतनामा गढिएको छ । तर जापानको एक प्रसिद्ध मेडिकल कार्यक्रमले दिएको सन्देश फरक छ—‘नाक बन्द भएको बेलामा बेवास्ता नगर्नुहोस्, किनभने त्यसको पछाडि गम्भीर रोग लुकेको हुन सक्छ ।’

     

    ‘NHK WORLD JAPAN’को ‘Medical Frontiers’ नामक कार्यक्रममा प्रस्तुत गरिएका अध्ययन, विशेषज्ञहरूका साक्षात्कार र बिरामीका अनुभवहरू सुन्दा नाक बन्द हुनु केवल सामान्य एलर्जी वा रुघाखोकीको लक्षण मात्र होइन, दीर्घकालीन असर पार्ने स्वास्थ्य समस्या पनि हुन सक्छ भन्ने गम्भीर सन्देश दिन्छ । कार्यक्रमले खासगरी जापानको जिकेई युनिभर्सिटी अस्पतालमा गरिने नाकसम्बन्धी शल्यक्रियाहरूको उदाहरणमार्फत देखाउँछ कि नाक बन्दका कारणको उपचार नगर्दा कानको संक्रमण, ब्रोंकाइटिस, आँखाको दृष्टि गुम्नुजस्ता असरसम्म हुन सक्छ ।

    हाम्रो सामाजिक जीवनशैलीमा यस्ता लक्षणहरूलाई सुरुवाती चरणमा बेवास्ता गरिन्छ । धेरैलाई लाग्छ कि औषधि खाएपछि ठिक हुन्छ, शरीरले आफैं सन्तुलन मिलाउँछ । तर, कार्यक्रममा देखाइएको एक बिरामीको अनुभव फरक थियो । ६० वर्षका ती व्यक्ति एक वर्षसम्म ‘नाक बन्द मात्र हो’ भनेर बेवास्ता गरे, तर जब अस्पताल पुगे तब डाक्टरले औषधिले मात्रै ठिक नहुने, शल्यक्रिया गर्नुपर्ने बताए । सीटी स्क्यानले देखायो कि उनको नाक र साइनस क्षेत्रमा पूस भरिएको थियो र पॉलिप नामक बिस्कुनसमेत देखिएको थियो ।

     

    यो पॉलिप के हो त ? कार्यक्रम अनुसार, साइनस क्षेत्रमा लामो समयसम्म सूजन भइरहँदा नाकको भित्री भागको झिल्ली सूजिएर मासुजस्तै बनेर ठुलो आकारमा निस्कन्छ । यसले पूरै नाक बन्द गर्छ, सास फेर्नै नसक्ने अवस्था बनाउँछ । यस्तो अवस्थामा शल्यक्रिया नै अन्तिम विकल्प बन्छ ।

     

    शल्यक्रिया पनि सामान्य छैन । नाक र साइनस क्षेत्र आँखा र मस्तिष्कसँग निकट भएकाले धेरै जटिल हुन्छ । कार्यक्रमले देखाएको थियो—कसरी ‘माइक्रोडिब्राइडर’ नामक सानो औजार प्रयोग गरेर २ घण्टामा पूस र पॉलिप सफा गरिन्छ । यो प्रक्रिया गर्दा चिकित्सकले ‘नेभिगेसन सिस्टम’ प्रयोग गर्छन् जसले नाकको कुन भागमा उपचार भइरहेको छ भन्ने सटीक जानकारी दिन्छ । यसले शल्यक्रियालाई सुरक्षित र कम समय लाग्ने बनाउँछ ।

     

    हामीकहाँ यस्तो प्रविधि कतिमा उपलब्ध छ ? बिरामीहरू कति समयमै उपचारतर्फ जान्छन् ? यो प्रश्न उठाउँदा, नेपालका अधिकांश मानिस अझै पनि प्राथमिक लक्षणलाई गम्भीर रूपमा नलिने प्रवृत्तिमा छन् । हाम्रो परिपाटी नै यस्तो छ—रुघा भयो भने अदुवा–बेसार पानी, वा होमियोप्याथिक औषधि खाने । अस्पताल जानु भनेको अन्तिम विकल्पजस्तो । अझ खासगरी नाक, कान, घाँटीजस्ता क्षेत्रमा समस्या देखिँदा ‘धेरै गम्भीर हैन’ भन्ने सोच प्रबल छ । तर, यस्तो सोचको मूल्य कहिलेकाहीँ दृष्टि गुमाएर त कहिलेकाहीँ जीवन जोखिममा पारेर तिर्नुपर्छ ।

     

    कार्यक्रमको अर्को महत्त्वपूर्ण पाटो भनेको दाँत र साइनसको सम्बन्ध थियो । नेपालमा अझै पनि धेरैलाई थाहा छैन कि दाँतमा लाग्ने किटले पनि नाक बन्द गराउन सक्छ । जापानको जिकेई युनिभर्सिटीको अनुसन्धानले देखाएको छ कि करिब २०% साइनसाइटिस (नाकको भित्री भागको संक्रमण) दाँतको समस्या—जस्तै दाँत कुहिने, गिजाको संक्रमण—का कारणले हुने गरेको छ । एक ४० वर्षे बिरामी, जसले दुई वर्षसम्म टाउको दुख्ने, नाक बग्ने, अनुहार दुख्ने जस्ता लक्षणको सामना गरे, उनीहरूको नाकको समस्याको कारण अन्ततः गिजाको संक्रमण थियो भन्ने पुष्टि भयो ।

     

    यो तथ्य हाम्रो चिकित्सा संरचनामा अझै गम्भीरतापूर्वक नलिइएको विषय हो । दन्त चिकित्सक र नाक/कान/घाँटी विशेषज्ञबीच आवश्यक समन्वय अझै नेपालमा थालनीमै छ । आमनागरिकलाई यस्तो जानकारी नहुनु त झन स्वाभाविक नै भयो । अस्पतालहरूमा छुट्टाछुट्टै विभागबीच सूचनाको आदानप्रदान गर्ने चलन नहुँदा, रोगको वास्तविक कारण समयमै पत्ता लाग्न सक्दैन ।

     

    कार्यक्रममा प्रस्तुत अर्को गम्भीर विषय थियो—नाकको गन्ध पहिचान गर्ने क्षमता हराउने (olfactory disorder) । हाम्रो संस्कृति खाना र बास्नामा समृद्ध छ । गन्धबाटै चाडपर्व, भोजन, रित्तो घर या कस्तो मौसम आयो भन्ने सजिलै थाहा पाउने परम्परा छ । तर यो क्षमता हराउँदै जानु, त्यो पनि सास फेर्ने, गन्ध लिने प्रणालीमा भएको रोगका कारण, चिन्ताको विषय हो ।

     

    कार्यक्रममा देखाइएको अनुसन्धानले MRI को प्रयोगबाट पहिलोपटक गन्धको नसालाई स्पष्ट रूपमा देखाइएको छ । यो प्रविधिले नाकको कुन भागमा समस्या छ, कुन नसालाई बचाउनु पर्छ भन्ने निर्णय सजिलै गर्न मद्दत गर्छ । अझ रमाइलो कुरा के थियो भने, केही बिरामीलाई करीको गन्ध आउँथ्यो तर कफीको आउँदैनथ्यो; कसैलाई माछा नचिनिने, तर गुलाबको बास्ना सहजै थाहा हुने अवस्था थियो । यसरी, हरेक गन्ध पहिचानका लागि फरक नसाहरू जिम्मेवार रहेछन्, जुन विश्लेषणपछि मात्रै सम्भव भएको कुरा हो ।

     

    नेपालको सन्दर्भमा सोच्दा, गन्ध हराउनु भनेको सायद कहिलेकाहीँ कोरोना भाइरससँग मात्र जोडिने गरिन्छ । तर त्यसभन्दा बाहिर, हाम्रा नाकका नसा पनि उमेर, रोग वा दीर्घकालीन एलर्जीका कारण कमजोर बन्न सक्छन् भन्ने चेतना दिन जरुरी छ । कार्यक्रमको अन्त्यमा एउटा सन्देश स्पष्ट थियो—नाकले गन्ध थाहा पाउन नसक्दा खाना, प्राकृतिक सुगन्ध, वा खतरा सूचक गन्धजस्तै ग्यास वा धुवाँ थाहा नपाइने हुन सक्छ, जसले जीवन जोखिममा पार्न सक्छ ।

     

    यसमा पनि समाधान छ—‘गन्ध प्रशिक्षण’ । जापानी चिकित्सकहरूको भनाइ अनुसार, गन्ध थाहा पाउने क्षमता पनि छालाजस्तै फेरिन सक्छ । त्यसैले, नाकले गन्ध पाउने अभ्यास गर्नुपर्छ । कसरि त ? विभिन्न सुगन्धलाई सचेत भएर सुँघ्ने, दैनिकरूपमा नाकमा गन्ध जाने खालका वस्तु (फूल, मसला, तेल) सँग सम्पर्कमा रहनु । जापानको ‘कोदो’ भन्ने परम्परा नै गन्ध ‘सुन्‍नु’ भन्ने धारणा हो, जसमा प्राकृतिक सुगन्धलाई ध्यानपूर्वक मनन् गरिन्छ ।

     

    हामीकहाँ यस्ता अभ्यासहरू अझै पारिवारिक र सांस्कृतिक तहमै छन् । दशैंतिहारमा ढकमक्क घ्यूको बास्ना, बिनाको बास्ना, बेलको सन्देश, या कपुर र धूपको सुगन्ध कुनै वैज्ञानिक अभ्यास त होइन, तर संवेदना जगाउने अभ्यास अवश्य हो । यसलाई सशक्त बनाउँदै नियमित प्रशिक्षणतर्फ जान सकिन्छ ।

     

    जसरी जापानमा सानो पत्ता लाग्ने बिमारीको पछाडि ठूला प्रणालीगत अध्ययन हुन्छन्, नेपालजस्तो विकासोन्मुख देशमा पनि यस्ता स्वास्थ्यका प्राथमिक विषयलाई गम्भीरतापूर्वक बुझ्ने र जानकारी फैलाउने समय आएको छ । नाक बन्द हुनु केवल ‘रुघा लाग्यो’ भन्ने बहानामा चुस्की खाएर बेवास्ता गर्ने अवस्था छैन । खासगरी बालबालिका, वृद्धवृद्धा र एलर्जीप्रति संवेदनशील व्यक्तिहरूमा तुरुन्तै स्वास्थ्य परीक्षण आवश्यक छ ।

     

    हामीकहाँ अझै साइनसको शल्यक्रियालाई डरको विषय मानिन्छ । तर, जापानी प्रविधिहरू—जसले २ घण्टामै सुरक्षित र सफल उपचार सम्भव बनाउँछ—विश्वभरका लागि प्रेरणाको विषय छन् । नेपालका शल्य चिकित्सक, नाक/कान/घाँटी विशेषज्ञले पनि यस्ता प्रविधि र विधिको अनुकरण गर्न सक्ने अवस्थाको खाँचो छ ।

     

    आज हामीले देख्यौं, सानो लक्षणले ठूला असर पार्न सक्छ । नाक बन्द हुनु केवल असहजता होइन, दृष्टि गुमाउनु, सास फेर्न नसक्नु, निद्रा बिग्रनु, चेतनाशक्ति गुमाउनुजस्ता असर पुर्‍याउन सक्छ । त्यसैले—नाक बन्द भएको छ भने नबिर्सनुहोस्, बेवास्ता नगरौं । चिकित्सकलाई देखाऔं, समयमै उपचार गरौं । र, आफ्नो स्वास्थ्यप्रति सचेत हुँदै आफ्ना संवेदनाहरूलाई फेरि परिचालन गरौं । किनकि गन्ध महसुस गर्न सक्ने क्षमतामा जीवनको स्वाद, स्मृति र सुरक्षा सबै समाहित छन् ।

     

    प्रतिक्रिया दिनुहोस


    जीवनशैली सम्बन्धि थप

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

    छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

    पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

    समाचार

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    काभ्रे खबर

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०१४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑