• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २१ घण्टा अघि

      पुरुषमाथि यौन दुर्व्यवहार: एक ‘प्रैंक’ले तोडेको मौनता

      ३ दिन अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ५ दिन अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ५ दिन अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ५ दिन अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      १ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      १ हफ्ता अघि

      ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

      २ हफ्ता अघि

      तामाङ संघको केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने

      २ हफ्ता अघि

      तामाङ संघ बागमती प्रदेशको बैठक : असार २७ र २८ गते अधिबेशन गर्ने तयारी

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुर ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न : सभापतिमा तिर्थ घलान सर्वसम्मत

      ३ हफ्ता अघि

      निर्यातको भ्रमजाल: तेल व्यापार, डलरको चाप र दिगोपनको खोजी

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुरको ऐतिहासिक जिल्ला अधिवेशन जेठ १० गते हुँदै : तामाङ समुदायको हकहित र पहिचान संरक्षणमा नयाँ अध्याय सुरु हुने विश्वास

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको बैठक : अधिवेशन भव्य रूपमा सफल पार्ने तयारी

      ३ हफ्ता अघि

      रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ…

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १, आईतबार
    होमपेज /  अन्तरवार्ता

    नराम्रो गरेका छौँ भने खबरदारी गर्नुहोस्, राम्रो कुराहरुलाई प्रचार गरिदिनुस् – अध्यक्ष गौतम

  • राजन दाहाल
  • २०७८ चैत्र १६, बुधबार (३ साल अघि)
  • १०७७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    आफू जनप्रतिनिधि भएर आउँदै गर्दादेखि हालसम्म चौरीदेउराली गाउँपालिकामा के कस्ता बिकास निर्माणका कामहरु भए ? र जनता माझ गरेका प्रतिबद्धताहरु कति पुरा गर्न सकियो ? भनेर यस सिरुपाते खबर डटकमका संचालक एबं प्रधान सम्पादक राजन प्रसाद दाहालले काभ्रे जिल्लाको चौरी देउराली गाउँपालिकाका अध्यक्ष दिनानाथ गौतमसंग गरिएको कुराकानि ।

    तपाईँ जनप्रतिनिधि हुँदै गर्दा  जनतामाझ गर्नुभएको घोषणा कति पुरा गर्नुभयो ?
    हामीले घोषणा गरिसकेका सब्बै कुराहरु पुरा गरिसकेका छाँै । हामीले घोषणा पत्रमा प्रतिबद्धता गरेका झन्दै ७०–८०% कुराहरु पुरा भइसकेका छन् । केही बाकीँ छन् भने केही पुुरा हुने क्रममा नै छन् । अहिले हामीले जसरी निर्वाचनको ५ वर्षे अवधी पार गर्दै छाँै, यो अवधी भित्र हामीले जनताप्रति गरेका वाचाहरु र हाम्रा योजनाहरुमध्ये कति पुरा भए कति निरन्तरतामा छन् । केही अन्तिम चरणमा छन् , केही आधी भएका छन् भने केही चौथाइ भएका होलान् तर एउटा पनि घोषणापत्रमा भएका प्रतिबद्धताहरु छोडेका छैनौ ।
    तपाईले भन्नुभयो ७०–८० प्रतिशत मात्रै घोषणामा भएका कुराहरु पुरा गरिसक्यौ, अबकोे २ महिनामा बाकीँ रहेका ३०–२० प्रतिशत कामहरु पुरा हुन्छन् ?
    २ महिनामा सम्पूर्ण पुरा होला त गर्न नसकिएला तर एउटा कुरा के हो भने फेरी आउने जननिर्वाचित प्रतिनिधिहरु आँउदा खेरी त्यसैलाई लिएर जाने कार्यक्रमहरु मात्रै छन् । थप नयाँ गर्नूपर्ने छैनन् ।
    स्थायी तहका जनप्रतिनिधीहरुले स्थनीय तहका विभिन्न कार्यक्रमहरु आउँदा खेरी चाहीँ कार्यकर्ता लक्षित बनाए भन्ने आरोप छन् नि, तपाई यसका के भन्नु हुन्छ ?
    कतिपय ठाँउमा त्यो भयो पनि होला तर हाम्रो गाँउपालिकामा त्यो कहि कतै भएको छैन । हामीले सबै कार्यकर्ता लक्षित नभएर जनता लक्षित कार्यक्रम बनाएका छौँ ।
    चौरी देउराली गाउँपालिका कृषि र पशुपालन क्षेत्रको लागि महत्वपूर्ण मानिन्छ , यस क्षेत्रको विकासको लागि तपाईले आफ्नो कार्यकाल भित्र हालसम्म के के गर्नुभयो ?
    यो गाउँपालिका कृषिको क्षेत्रमा महत्वपूर्ण नै छ । हामीले कृषि क्षेत्रमा तेस्रो वर्षबाट शुरु ग¥यौ किनभने हामीले निर्वाचन जितेको पहिलो वर्ष गाउँपालिको प्राथमिकता र जल्दाबल्दा विषयहरु के के हुन् भनेर हे¥यौ र त्यहीे वर्ष प्रत्येक घर घर सम्म यातायात पु¥याउनुपर्छ भनेर त्यस तर्फ लाग्यौ । दोस्रो वर्ष खानेपानी हाम्रो मुख्य समस्या भएकाले एक घर एक धारो भनेर अभियान चलायौँ र त्यो अभियान पुरा हुने क्रममा छन् । अनि तेस्रो वर्ष आइसकेपछि हामीले कृषि हाम्रो प्राथमिकता हो र त्यो सँगसँगै हामीले शिक्षा, स्वास्थ्य लगायतका अन्य क्षेत्रहरु पनि समेटेका छौ तर कृषिकै क्षेत्रमा के के ग¥यौ भन्नुपर्दा सबैभन्दा पहिले हामीले हाम्रो भुगोल अनुसार कृषिलाई यान्त्रिकरण ग¥यौ । त्यसअनुसार हामीले हामीसँग चल्न सक्ने मेसिनहरु हामीले अनुदानमा बाडेका छौ । हामी बर्षैनि ५०% अनुदान दिएर बाँड्छौ । सम्पूर्ण ठाँउमा अहिले मेशिनहरु प्रयोग हुन्छन् जस्तै हाते ट्याक्टरहरु । त्यसपछाडी हामीले बिउ बिजनमा अनुदान दिने कार्यक्रम शुरु ग¥यौ ।त्यसै गरी हामीले बिउ उत्पादनमा आत्म निर्भर बन्नुपर्दछ भनेर उत्पादन क्षेत्रहरु निर्माण गरेका छाँै । हामीले यो वर्ष बिउ उत्पादन गरी पूर्ति पनि गरिसकेका छाँै । बिशेष गरी गँहु र धानको बिउ उत्पादन गर्छौ । हामीले कृषि केन्द्रका व्यक्तीहरुले नै लिइदिन्छन् बिउहरु र त्यहाँबाट हामी बिउहरु वितरण गछौँ । किसानहरु पनि असाध्यै खुसी भएका छन् । त्यसै गरी यो वर्ष हामीले धानका बिउहरु उत्पादन गरेका छौँ र त्यो पनि वितरण गर्छाँै । हामी विशेष गरी नेपालको भुगोलमा लाग्ने बिउहरु कुन कुन हुन भनेर हामी सल्लाह सुझाव लिन्छौ र हाम्रो भुगोलमा कुन बिउ उत्पादन हुन्छ भनेर त्यस अनुसारका बिउहरु उत्पादन गरिरहेका छौँ । माछा मासुमा हामी पूर्ण रुपमा आत्मनिर्भर छौँ । पशुपालनमा पनि हामीले विशेष गरी व्यवसायिक उत्पादन गर्नुपर्छ भनेर व्यवसायीहरुलाई हामीले समर्थन र सहयोग गर्छाँै । जस्तै ः बाख्रा, भैसीका फर्महरु, तरकारी पकेछ क्षेत्रहरु, बेमौसमी तरकारीहरु । साथै आवश्यक पर्दा हामी कृषि प्राविधिकहरु प्रत्येक किसानको खेतबारीमा निरिक्षण गर्न बोलाउछौ । कृषि क्षेत्रमा हामी यी कार्यक्रमहरु गरेका छाँै ।
    तपाईको यस चौरी देउराली गाउँपालिकाभित्र आर्थिक, भौतिक पूर्वाधार साथै सामाजिक विकासको क्षेत्रमा तपाई आएपछि के के प्रगतीहरु गर्नुभयो , विकासको पाटोमा के के परिवर्तनहरु आए ।
    हामीले आर्थिक विकासका क्षेत्रमा गरेका भनेको विशेष गरी कृषिमा हो । कृषि उत्पादनमा बढाउनुपर्दछ भनेर हामीले किसानहरुलाई हाम्रो जिल्ला सदरमुकाम धुलिखेलमा पाउने मुल्यभन्दा १० रुपैँया सस्तोमा दिन्छौ र साथै अनुदान दिन्छौ । त्यसले गर्दा किसानहरुको जीवनस्तर उठेको छ । आर्थिक विकास, उन्नती कति भयो भने हामीले डाटाबेस त निर्माण गरेका छैनौ । तर पनि हामीले व्यसायिक ढङ्गले उत्पादन गर्नेहरुलाई गाउँपालिकाले आफ्नो ठाउँबाट सर्पाेट, सहयोग र अनुदान कुराहरु गरिराखेका छौ । त्यसले गर्दा किसानहरु निकै लाभान्वित भइरहेका छन् । स्वास्थ्यको क्षेत्रमा पनि हामीले महत्वपूर्ण कार्यहरु गरिराखेका छौ । त्यसअन्र्तगत हामीले पहिलो १५ सैयाका अस्पताल निर्माण ग¥यौ , त्यसअनुसार भौतिक साधनहरु , बिल्डिङहरु पनि निर्माण गरिसकेका छौ । पछिल्लो सालको कोभिडले जुन अक्रान्त मच्चायो, त्यसबेलामा कोभिडका बिरामीहरु हामीले हाम्रो गाउँपालिकाबाट बाहिर पठाएनौ । यही राखेर उपचार ग¥यौ । झन्डै ३५२ जति हामीले भर्ना गरेर, त्यससँग सम्बन्धीत दक्ष जनशक्ति हामीले राख्यौ । उहाँहरुको २४ घण्टै निगरानीमा हामीले उपचार ग¥यौँ । नेपाल सरकारले प्रदान गर्ने अथवा जनताले पाउनुपर्ने औषधीहरु हामीले वितरण गरिराखेका छौ । साथै थप हाम्रो गाउँपालिकाले खपत गर्न सक्ने औषधीहरु के के हुन् , त्यसमा पनि हामीले हाम्रो अनुदान राखेर वितरण गरेका छाँै ।
    अध्यक्ष ज्यू, हिजोको चौरी देउराली र आज तपाईहरु जस्ता जनप्रतिनिधिहरु आइसके पछाडी के के कस्ता परिवर्तनहरु भएका छन् ? तपाईले हिजो यो अवस्था थियो आज यि यस्ता कुराहरु गरेँ भन्ने कुरा बताईदिनुहोस् न ।
    अब , यो चाहीँ मलाई भन्दा पनि यहाँको जनसमुदाय, उपभोक्ताहरुलाई सोध्दा राम्रो उत्तर आउथ्यो होला । हाम्रो विकास को पूर्वाधारमा सबैभन्दा पहिलो आउने यातायात भन्ने हामीले बुझ्यौँ । त्यसपछाडी हाामीले प्रत्येक टोलमा पहिलो वर्षनै बाटोको ट्रयाक खोल्यौ ।प्रत्येक घरमा एउटा बाटो पुग्नुपर्छ भन्ने हाम्रो योजना थियो । हामीले बस्तीहरु एकिकृत गर्न सक्यौ भने सहज हुन्छ भन्ने सोच्यौँ । तर त्यो एकिकृत गर्न सकेनौँ । एकिकृत गर्न सकेका भए राज्य, सञ्चार, शिक्षा, स्वास्थ्य, बती लगायतका सबै वस्तुहरु समान ढङ्गले प्रदान गर्न सकिनथ्यो । हाम्रो भौगोलिक अवस्था नै त्यस्तै पहाडी जमिन, टुक्रे उत्पादन प्रणाली, खण्डीकृत जमिन जस्ता कारणले त्यो गर्न सकेनौँ । अहिले चाहीँ हाम्रो बाटो पुगेको नै छ , सबैतिर चल्छ । मान्छेहरु चाहान्छन् भने हाम्रो घर घरमा बाटो पु¥याउने लक्ष्य छ । यातायातको क्षेत्र यि कामहरु ग¥यौँ । शिक्षाका क्षेत्रमा भन्नुहुन्छ भने हामीले अत्याधुनिक खालका विद्यालयहरु सबै ठाउँमा बनाइसक्यौँ । हामीले रोजगारमूलक शिक्षा तथा व्यवसायिक मूलक शिक्षा प्रदान गर्ने वाचा निर्वाचनको क्रममा भनेका थियौ । त्यसका लागि प्राविधिक भाषा विद्यालय र व्यवसायिक विद्यालयहरु निर्माण गरिसकेका छौँ । हामीले २ वटा विद्यालयहरुमा कृषि र १ वटा भेटनरी र १ वटामा आइ.टि. गरी ४ वटा विद्यालय सञ्चालन गरेका छौ । साथै अहिले यसलाई बढाएर नर्सिङसम्म लाने लक्ष्य छ । हामीकहाँ १ वटा क्याम्पस छ, जहाँ विज्ञान विषय सञ्चालन गरेकाछाँै । हामीले प्राविधिक र विज्ञान तर्फ पढ्ने विद्यार्थीहरुलाई ५० % अनुदान हालिदिएकाछौँ । यस हिसाबले हेर्दा हामीले शैक्षिक क्षेत्रमा पनि राम्रै कार्यहरु गरेका छौ । भौतिक पूर्वाधारहरुको आवश्यक छैन अब । शैक्षिक गुणस्तर निर्माण गर्ने तर्फ पनि हामीले सोचिरहेकाछौँ । गुणस्तरीय शिक्षा प्रदान गर्ने विषयमा हामीले शुरुवात गरेकाछौँ । अहिले आधुनिक प्रविधिको निमित्त कक्षाहरु सञ्चालन गर्न हामी तालिमहरु प्रदान गरिरहेका छाँै । परम्परागत तरिका जुन घोकेर पढ्ने अथवा व्याख्यान विधिलाई भन्दा पनि आधुनिक खालका र डिजिटल खालका कक्षाहरु हामीले शुरु गरेका छौ र विस्तार हुदै छन् । साथै विद्यार्थी केन्द्रित शिक्षण विधि बनाएका छाँै । त्यसअनुसार हामीले शिक्षकहरुलाई समय समयमा तालिमहरु प्रदान गर्छाैँ । नयाँ प्रविधिहरु शिक्षामा जे आउँछन् , जुन उपयोगी हुन्छ त्यसलाई हामी अवलम्बन गर्छौँ ।
     विकासको महत्वपूर्ण पाटोको रुपमा पर्यटनलाई लिइन्छ , तपाईको स्थानिय तह भित्र पर्यटकलाई आकर्षित गर्ने के कस्ता ठाँउहरु छन् ?
    हामीसँग राम्रा खालका पर्यटकलाई आकर्षित गर्ने पर्यटनका ठाउँहरु छन् । मात्रै कुरा के हो भने काभ्रे जिल्लाको सन्दर्भमा हामी अलि पिछडिएको वा विकत क्षेत्र भनेर पहिले देखि नै चिनिदै आइयो त्यसकारणले पर्यटन क्षेत्रमा हामीले सुधार गरेका छौँ । राष्ट्रिय गौरवको आयोजना अन्तर्गत तेस्रो सुनकोशी बन्दै छ , यहाँ बाट हामीले शुरु गरेका छौँ । यहाँबाट नै हामीले पर्यटन पदमार्ग जुन ३० किलोमिटर पर्दछ , हामीले त्यसको ट्रयाक खोलीसकेका छौ । त्यसबाट हाम्रो गाउँपालिकाभित्र रहेका ऐतिहासिक, साँस्कृतिक खालका सम्पदाहरु सबै जोड्दै ठाउँ ठाउँमा होमस्टे निर्माण गर्ने अनि माथिल्लो क्षेत्रमा सुन्दर खालका हिमश्रृङ्खलाहरु देखिन्छन् त्यसलाई देखाउने साथै त्यसलाई हेर्दै हेर्दै ऐतिहासिक मठमन्दिरहरु र धरोहरुहरु हुदैँ काभ्रेको दोभानटारबाट शुरु गरेर डाँडै डाँडा हुदै शैलुङसम्म पु¥याउने हाम्रो खाका छ । त्यसको लागि ट्रयाक खोलिसकेर अहिले काम हुदैछ । त्योभन्दा थप पर्यटकिय सम्बन्धमा हामीले अरु केही देखिएको छैन । तेस्रो सुनकोशी बन्यो भने हाम्रो एउटा पाटो खुल्छ । मान्छेहरु हिड्ने, गाडीबाट आउने भन्ने हाम्रो सम्भावना छ । त्यो सम्भावना अनुसार धेरै परिचालन गर्न सकिएको छैन शुरुवात मात्रै भएको छ अहिले ।
    भुकम्पबाट क्षती बेहोरिएका चौरी देउराली जनताहरुले नयाँ घर पाए या छैनन् हाम्रो मिडिया मार्फत बताईदिनुस् न ।
    समग्रमा हेर्दा एकाध मान्छेहरु छुटेका छन् । हामीले अहिले एउटा योजना बनायौ र हामीले भुकम्पले जहाँ भत्केको हो त्यहाँ निर्माण गर्न पाँउछ अन्य पाइदैन भन्ने निर्णय गरेका थियौ त्यसअर्थमा हाम्रा गाउँपालिकामा घरहरु चाहीँ छपछप्ती बनेका छन् र बाक्लै छन् । र प्राय सबैले प्राप्त गरिसकेका छन् । करिब करिब हामी पूनःनिर्माणताको घोषणाको चरणमा पुगिसकेका छौ ।
    . बितेका ४ वर्षमा आफुले गरेका कार्यप्रति कतिका खुसी हुनुहुन्छ ?
    म सन्तुष्ट त छु नै खुसी पनि छु । किनभने मैले गाउँपालिकाभरिको मुहार हिजो हामी आउनुभन्दा अहिलेका अवस्थामा हेर्दा खेरी आउने मान्छेहरु हिजो पहिले आएका मान्छेहरु र फेरी अहिलेका आएका मान्छेहरुले फरक देख्छन् । म पुर्ण रुपमा सन्तुष्ट भएको छैन । म आफु जति गर्न सक्थे त्यती गर्न सकिएन भन्ने लागेको छ । जति हुनुपथ्र्यो त्यती पनि भएन त्यसका पछाडी के कारण हो भन्दा म सँग चाही स्रोत र साधनको अभाव किनभने हामीसँग हाम्रा आन्तरिक स्रोतहरु शुन्य नै छन् । संघिय सरकार र प्रदेश सरकारबाट प्राप्त हुने अनुदान मात्रै हाम्रो स्रोत हुन् । हामीले पूँजीगत तर्फ विकास क्षेत्रतर्फ हामीले झन्दै चाहीँ २ तिहाइमा २ भाग चाहीँ सशत्र तिर जान्छ १ भागमात्र विकास निर्माणमा खर्च गर्न पाउँछौँ । त्यो हुनाले हामीले जति गर्न सक्थ्यौँ त्यती गर्न सकेनाँै यसका पछाडी स्रोत र साधनको अभाव हो ।
    अब यो गाउँपालिकामा तत्काल गर्नुपर्ने कामहरुचाहीँ के गर्नूपर्ने महशुस भएको छ ?
    हामीले घोषणा पत्र तयार गर्दा खेरी सबै पक्ष समेटिएका थियौ । हामीले शुरु गर्नका निम्ती केही पनि बाँकी राखेका छैनौ । सबै शुरु गरिसकेका छौ । हामीले जे जे भन्यौ ति सबै प्रतिबद्धताहरु शुरु गरिसकेका छौ ।अब आउने नयाँ जनप्रतिनिधीहरुले नयाँ निर्वाचित भएर आउँदा खेरी चाहीँ के गर्ने होला भनेर सोच्नका लागि ठाउँ छैन जस्तो लाग्छ । किनभने कतिपय हामीले शुरु गरेका हरुलाई त्यसैलाई अगाडी बढाउनुपर्दछ । नयाँ योजना गर्ने सबै क्षेत्रमा हामीले हाम्रा जनताहरुमा के प्रदान गर्न सक्छौ भन्ने कुरामा बाकीँ राखेका छैनौ । एउटै कुरा बाकीँ छ । हामीले ठुला ठुला उद्योग धन्दाहरु सञ्चालन गरेर रोजगारी सिर्जना गर्न भने सकेका छैनौ । हाम्रो समस्या कहाँँ निर हो भनेर देखेका छौ र आवहान पनि गरेका छौ । लगानीकर्ताहरु देशी विदेशी जो सुकै आउनउनीहरुको लागानीको सुनिश्चित र सुरक्षा गर्ने हामीले घोषणा गरेका छौ । लगानीकर्ताहरुसँग सम्पर्क तपाईहरुको छ भने बरु हामीकहाँ पठाइदिनुहोस् । केमा लगानी गर्नुहुन्छ यहाँको सहभागिताका हामी सुरक्षा पनि गराइदिन्छौ साथै ग्यारेन्टी, सहयोग र संरक्षण पनि गरिदिन्छौ ।
    अन्त्यमा, केही कुरा भन्न चाहानुहुन्छ भने भनिदिनुस न ।
    मैले तपाईको मिडिमा मार्फत के भन्छु भने चौरी देउरालीमा हामीले जे जति गरेका छौ हामीले कहि नराम्रो गरेका छाँै भने हामीलाई खबरदारी गर्नुहोस् र राम्रो गरेका कुराहरुलाई प्रचार प्रसार गरिदिनुस अनि हामीले निर्माण गरेका संरचनाहरुको संरक्षण, परिचालन, समर्थन र उपभोग गरिदिनुस भनि चौरी देउराली गाँउपालिकाका आम जनतालाई म त्यो भन्न चाहान्छु । विकास निर्माणका कार्यमा जनसहभागिता महत्वपूर्ण हुन्छ र यसमा सक्रिय सहभागिता अहिले पनि प्राप्त भइराखेको छ र आगामी दिनमा पनि यस्तै सक्रिय सहभागिता रहोस् भन्ने कामना गर्दछु ।

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

    सामुदायिक सहकारीमा करोडौंको हिनामिना, सस्थाले निकाल्यो विज्ञप्ति

    सामुदायिक साकोसका प्रमुखले नै गरे ९८ लाख अपचलन : बनाए फर्जी कागज, चलाए ऋणीको पैसा

    पनौती नगरपालिकाद्वारा भ्रामक सूचना र अमर्यादित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

    पनौतीमा “श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धि अन्तर्क्रिया सम्पन्न

    माओवादी कार्यकर्ताबाट कुटिए कांग्रेसका सभापति, कांग्रेसद्वारा कडा कार्वाहीको माग

    समाचार

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

    पुरुषमाथि यौन दुर्व्यवहार: एक ‘प्रैंक’ले तोडेको मौनता

    नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

    “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

    काभ्रे खबर

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

    सामुदायिक सहकारीमा करोडौंको हिनामिना, सस्थाले निकाल्यो विज्ञप्ति

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५३३४ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ४९९४ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४६८६ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४५९२ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४१७२ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३२३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑