• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १९, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १६ घण्टा अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      ३ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ५ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ६ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      १ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      १ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      २ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १९, बिहिबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगर भयो पुर्ण खोप सुनिश्चितता भएको स्थानीय तह

  • राजन दाहाल
  • २०८१ श्रावण ३, बिहिबार (११ महिना अघि)
  • ४५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १२ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे /पनौती
    स्थानीय श्रोतको उपयोग,स्वामित्व र सहभागीता पुर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ पनौती नगरपालिकालाई पुर्ण खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरिएको छ । नगरको स्वास्थ्य शाखाले बुधबार एक कार्यक्रमको आयोजना गरि सिङ्गो नगरनै पुर्ण खोप सुनिश्चितता भएको स्थानीय तह घोषणा गरेको हो ।
    पूर्णखोप नगरपालिका सुनिश्चितता गर्ने राष्ट्रिय पूर्णखोप निर्देशिका बमोजिम सम्पूर्ण प्रक्रिया पुरा गरी बागमती प्रदेश, काभ्रेपलाञ्चोक जिल्ला पनौती नगरपालिकाले १६ महिना देखि ५९ महिना सम्मका सबै बालबालिकाहरुलाई १५ महिनाको उमेर भित्र पाउनु पर्ने सबै खोप दिलाई पूर्णखोप पाएको सुनिश्चित
    गरेको भन्दै जिल्ला खोप समन्वय समितीले नगरपालिकाका प्रमुख रामशरण भण्डारीलाई प्रमाणपत्र प्रदान गरेको छ ।
    कार्यक्रमका प्रमुख अतिथि एवं जिल्ला समन्वय समितिका प्रमुख दिपक कुमार गौतमले स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मीहरु भगवानरुपी मानव बएको बताए । उनले खोपको महत्त्व कत्तिको रहेछ भन्नेकुरा कोभिड १९ ले राम्रो पाठ सिकाएको बताए । साथै पनौती नगरपालिकाले स्वास्थ्य क्षेत्रमा उदाहरणीय कार्य गरेकोमा धन्यवाद दिदै आगमी दिनमा पनि यस्तै कार्यहरू गरि अगाडि बढ्न हौसला प्रदान गरे । कार्यक्रमको विशिष्ट अतिथि एवं नगर उप प्रमुख गीता बन्जाराले पनौती नगरले स्थानीय सरकार बनेपछि संविधानको मर्म अनुसार कार्यहरू गर्दै आएको बताइन् । जनप्रतिनिधिले बताएको नितिलाई स्वास्थ शाखाका कर्मचारीहरुले सफल रुपम्व्व कार्यान्वयन हरेको पनि उनको धारणा थियो ।
    स्वास्थ्य कार्यालय काभ्रेका खोप फोकल पर्सन पार्थमणी न्यौपानेले नेपालको ७ प्रदेश मध्य ६ वटा प्रदेश पुर्ण खोप सुनिश्चितता भइसकेको र बाकी बागमती प्रदेशमा पनि सोही अनुसार कार्यहरू भइरहेको बताए । साथै उनले पुर्ण खोप सुनिश्चितता कार्यक्रम अन्त्य नभई सुरु भएको उनको धारणा थियो । यसका लागि स्थानीय जनप्रतिनिधि र स्वास्थ्य क्षेत्रका कर्मचारीहरु सक्रिय हुनुपर्नेमा उनको जोड थियो ।
    वडा अध्यक्ष विपेन्द्र लामाले नगरपालिकाले स्वास्थ्य क्षेत्र सुधारको अर्को पाइला टेकेको बताए । उनले यसको दिगोपनाको लागि काम गर्न आफू प्रतिबद्ध रहेको पनि बताए । कार्यक्रमका अध्यक्ष एवं नगर प्रमुख रामशरण भण्डारीले आफ्नो नागरिकलाई नगरपालिकाले के के सेवा सुबिधा दिने गरेको छ भन्ने बिषयको प्रचारप्रसार गर्न आबश्यक रहेको बताए । र आगामी दिनमा नगरपालिकामा खोप भण्डारणलाई व्यवस्थित बनाउदै जाने पनि उनको धारणा थियो ।
    नेपालमा पुर्ण खोप सुनिश्चितताको सुरुवात सन् २०१२ बाट भएको हो । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जनक के सीले नगरपालिकाले खोपको क्षेत्रमा गरेका कामहरूको बारेमा प्रस्तुतिकरण गरेका थिए । कार्यक्रममा सबै सरोकारवालाहरुले आगामी दिनमा सबै खोपहरु सुनिश्चित गरिने र कसैलाई पनि खोपबाट बन्चित नगरिने भन्दै प्रतिबद्धता पत्र्मा हस्ताक्षर समेत गरेका छन् । कार्यक्रममा बिद्यालयका प्र अ, स्वास्थ्य स्वयंसेवीका, नगरपालिकाका विभिन्न शाखाका प्रमुखहरु, कार्यपालिका सदस्यहरु लगाएत स्वास्थ्य क्षेत्रका सरोकारवाला व्यक्तिहरुको उपस्तिथि रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    समाचार

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    काभ्रे खबर

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४३५ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१०९ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७९० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६७३ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२५९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑