• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १७, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ४ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ५ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ५ दिन अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ६ दिन अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १७, मंगलबार
    होमपेज /  कोशी

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

  • राजन दाहाल
  • २०८२ जेष्ठ ३२, शनिबार (२ हफ्ता अघि)
  • ३५९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ७ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    इटहरी
    नेपाली कांग्रेस पार्टीको भातृ संगठन नेपाल तामाङ संघ कोशी प्रदेशको प्रथम भेला तथा प्रदेश अधिवेशन शुक्रबार कोशी प्रदेशको इटहरीमा सम्पन्न भएको छ ।नेपाली कांग्रेसका महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा सम्पन्न भेलाले सुबास मोक्तानलाई संघको अध्यक्ष पदमा निर्विरोध रूपले चयन गरेसँगै कोशी प्रदेशमा तामाङ समुदायको राजनीतिक, सामाजिक र सांस्कृतिक प्रतिनिधित्वलाई थप सशक्त बनाउन सुरु भएको छ । यसले समुदायभित्र एकता र सहकार्यको सन्देश प्रवाह गरेको छ भने आगामी दिनमा तामाङ समुदायको हकहितका लागि अझ प्रभावकारी भूमिका निर्वाह हुने अपेक्षा गरिएको छ।
    नेपाल तामाङ संघको प्रदेश अधिवेशनको उद्घाटन सत्र महामन्त्री गगन थापाको प्रमुख आतिथ्यमा भव्य रूपमा सम्पन्न भएको थियो । अधिवेशनमा विविध सांस्कृतिक कार्यक्रम, परम्परागत नृत्य तथा सामुदायिक एकताको सन्देश प्रस्तुत गरिएको थियो। सांस्कृतिक कार्यक्रमअन्तर्गत तामाङ सेलो, ढोले नाच, र परम्परागत पहिरनको प्रदर्शनीले कार्यक्रममा विशेष आकर्षण थपेको थियो। उपस्थित सबैले आपसी भाइचारा, सहकार्य र गर्वको भावना व्यक्त गर्दै अधिवेशनलाई सफल बनाएका थिए।
    कार्यक्रममा बोल्दै प्रमुख अतिथि गगन थापाले तामाङ समुदायको सांस्कृतिक सम्पदा, भाषा र पहिचान संरक्षणमा राज्य र समुदायबीच सहकार्य हुनुपर्ने कुरामा जोड दिएका थिए । उनले तामाङ समुदायको योगदानप्रति सम्मान व्यक्त गर्दै आगामी दिनमा अझ नजिकबाट सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अधिवेशनमा प्रदेशभरिबाट प्रतिनिधिहरूको उल्लेख सहभागिता थियो। कार्यक्रमभित्रै नयाँ नेतृत्व चयन, संगठन सुदृढीकरणका योजना तथा सामाजिक विकासमा समुदायको भूमिकालाई प्रभावकारी बनाउने विषयमा गहन छलफल गरिएको थियो ।
    यस भेलाले सुबास मोक्तानको नेतृत्वमा कार्यसमिति चयन गरेको छ। उपाध्यक्षमा रोहित तामाङ, पदम तामाङ चयन भएका छन् । कोपिला तामाङ (महिला उपाध्यक्ष) का रूपमा चयन भएका छन् । जसले संघको नेतृत्वमा महिला प्रतिनिधित्वलाई पनि सुनिश्चित गरेको छ। सचिवको जिम्मेवारी देबेन्द्र तामाङलाई दिइएको छ भने पासाङ तामाङ र प्रिति तामाङ सहसचिवका रूपमा चुनिएका छन्।
    कार्यसमिति सदस्यहरूमा यज्ञ प्रसाद बल, अपिल लामा, मनिराज तामाङ, युवराज तामाङ, किशोर तामाङ, कुमार तामाङ, मदन स्याङ्बो, बहादुर तामाङ, कृष्ण बहादुर तामाङ, निर्मल तामाङ, धनबहादुर तामाङ, चन्द्रबहाङदुर तामाङ, दिनेश तामाङ, सुमिर बम्जान, मनोज तामाङ, बहादुर तामाङ, प्रेम कुमार तामाङ, दिनेश तामाङ, डेनि तामाङ, आकाश ब्लोन तामाङ, र शिवराज तामाङ लगायत २१ जना सदस्यहरू रहेका छन्। यो व्यापक कार्यसमितिले कोशी प्रदेशका विभिन्न भेगबाट प्रतिनिधित्व सुनिश्चित गरेको छ ।
    नेपाल तामाङ संघका केन्द्रिय सभापति रामकृष्ण लामाले कोशी प्रदेशमा आयोजित यो प्रथम भेलाले नेपाल तामाङ संघलाई संस्थागत रूप दिनुका साथै यस क्षेत्रमा तामाङ समुदायको एकता र सामूहिकतालाई थप बलियो बनाएको बताएका छन् । उनले कार्यसमितिलाई हार्दिक बधाई दिँदै तामाङ समुदायको हकहितका लागि निरन्तर र निस्वार्थ रूपमा कार्य गर्न शुभकामना व्यक्त गर्दै कोशी प्रदेशमा तामाङ समुदायको राजनीतिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा प्रतिनिधित्व अझ सशक्त बनाउने र उनीहरूको आवाजलाई बुलन्द गर्न सबै तामाङ समुदाय एक ढिक्का भएर लाग्नुपर्ने बताएका छन् । आगामी दिनमा तामाङ समुदायलाई राष्ट्रिय विकासको मूल प्रवाहमा आफू हरदिन लागिपरेको बताए ।
    नवनिर्वाचित अध्यक्षले कार्यक्रममा सम्बोधन गर्दै नेपाल तामाङ संघ कोशी प्रदेशको संगठनात्मक सुदृढीकरणमा विशेष जोड दिने बताएका छन् । उनले भने “हाम्रो मुख्य उद्देश्य तामाङ समुदायको अधिकार र पहिचानका लागि अझ सक्रिय भूमिका निर्वाह गर्नु हो। संघलाई अझ बलियो र सुदृढ बनाउँदै इमानदार र मेहनती कार्यकर्तालाई नेतृत्वमा ल्याउने हाम्रो प्रतिबद्धता रहनेछ।” मोक्तानले तामाङ समुदायको मौलिक भाषा, कला, संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा पनि संघले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । तामाङ समुदायमा शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरहरू बढाउनका लागि स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरी विभिन्न कार्यक्रमहरू अगाडि बढाउने समेत बताए ।

    प्रतिक्रिया दिनुहोस


    कोशी सम्बन्धि थप

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    समाचार

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    काभ्रे खबर

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४३० पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१०१ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७८३ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६६६ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२५२ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३३१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑