• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ १९, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

      ८ घण्टा अघि

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      २ दिन अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      ३ दिन अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      ३ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      ४ दिन अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      ६ दिन अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      १ हफ्ता अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      ३ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      ३ हफ्ता अघि
    in
    आज: २०८२ माघ १९, सोमबार
    होमपेज /  समाचार

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

  • राजन दाहाल
  • २०८२ कार्तिक १, शनिबार (३ महिना अघि)
  • २४२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    सम्पादकीययस वर्षको मनसुन फेरि पनि देशका विभिन्न भागमा जनधनको क्षतिका साथ समाप्त भयो। जलवायु परिवर्तनका दीर्घकालीन असरहरूमध्ये बदलिँदो मौसमको अनिश्चितता अहिले नेपालका लागि गम्भीर चुनौती बन्दै गएको छ। मनसुनको उत्तरार्ध चरणमा परेको अविरल वर्षाले यसपालि पनि धेरै स्थानमा बाढी र पहिरोको रूप लिएर त्रास ल्यायो।
    विशेषगरी काभ्रेको रोशी जलाधार क्षेत्र फेरि एकपटक विनाशको शिकार बन्यो। गत वर्ष दर्जनौंको ज्यान गुमेको र अर्बौंको क्षति भोगेको यही क्षेत्रमा यस वर्ष पनि समान प्रकृतिको समस्या दोहोरिनु साधारण कुरा होइन। प्रश्न उठ्छ ,किन हरेक वर्ष यिनै बस्तीहरूमा अधिक क्षति हुन्छ? किन अन्य जलाधार क्षेत्रको तुलनामा रोशी क्षेत्र नै बढी प्रभावित रहन्छ?
    स्थानीय बासिन्दा र केही प्राविधिकहरूको तर्क छ,डाँडाकाँडामा डोजर प्रयोग गरेर गरिएको अव्यवस्थित सडक निर्माण, अनियन्त्रित ढुंगा–गिट्टी खानी, र क्रसर उद्योगबाट निस्कने फोहर तथा माटो खोलामा मिसिनु नै बाढीको प्रमुख कारण हो। यी कार्यहरूले खोलाको प्राकृतिक वहाव अवरुद्ध गरेर बस्तीमाथि सीधा जोखिम सिर्जना गरेका छन्। तर विडम्बना यो छ कि नीति निर्माण तहदेखि जनप्रतिनिधिसम्म, अधिकांश जिम्मेवार निकाय यस विषयमा मौन छन्।
    रोशी जस्तै अन्य खोलाहरू पनि लामो मुहानका छन्, तर त्यहाँ क्षति न्यून छ। यसको अर्थ समस्या केवल प्राकृतिक होइन, मानव निर्मित पनि हो। अनियोजित विकास, बिना अध्ययनको सडक निर्माण र खानी संचालनले पहाडको स्थायित्व कमजोर पार्दै लगेको कारण पनि क्षति बढेको आँकलन गर्न सकिन्छ।
    अब आवश्यक छ रोशी जलाधार क्षेत्रमा विशेष अध्ययन टोली गठन गरी यसको वैज्ञानिक विश्लेषण गरिनु। हरेक वर्ष क्षति भोग्नुभन्दा पनि दीर्घकालीन समाधानको बाटो रोजिनुपर्छ। जलाधार व्यवस्थापन, नदी संरक्षण, खानी नियमन, र निर्माण कार्यमा वातावरणीय प्रभाव मूल्यांकन अनिवार्य बनाइनु जरुरी छ।
    रोशी क्षेत्र केवल काभ्रेको मात्र नभई सम्पूर्ण मध्य पहाडी भेगको प्रतिनिधि उदाहरण हो। यदि आज यस क्षेत्रलाई बेवास्ता गरियो भने भोलि अन्य जलाधारहरू पनि यही बाटोमा अघि बढ्नेछन्। त्यसैले अब ढिलाइ नगरौं रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं।

    प्रतिक्रिया दिनुहोस

    समाचार सम्बन्धि थप

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    समाचार

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    काभ्रे खबर

    उज्यालो नेपाल पार्टीबाट काभ्रे क्षेत्र न २ की उम्मेदवार ज्योत्सना सैँजु को हुन ?

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९९९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८२३ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६९१ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑