• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ २१, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

      १८ घण्टा अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

      १ दिन अघि

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      ३ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      ४ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      ४ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      ३ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      ३ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ २१, आईतबार
    होमपेज /  काभ्रे खबर

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

  • राजन दाहाल
  • २०८२ माघ १३, मंगलबार (५ महिना अघि)
  • ८३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • भकुण्डेबेसी
    प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को तयारीका लागि नेपाली कांग्रेस काभ्रेपलाञ्चोकको क्षेत्र नम्बर १ वडा तहसम्म संगठन परिचालन गर्दै सक्रिय रूपमा जुटेको छ।
    प्रतिनिधिसभा क्षेत्र नम्बर १ को निर्वाचन परिचालन समितिले तयारी भेला आयोजना गरी वडा तहसम्म पार्टी संगठनलाई निर्वाचनको प्रचारप्रसार तथा व्यवस्थापनमा परिचालन गरेको हो।
    परिचालन समितिका संयोजक तथा प्रतिनिधिसभा क्षेत्र नम्बर १ का सभापति दिनेश लामाका अनुसार, तयारी भेलापछि क्षेत्र अन्तर्गतका ६९ वटै वडामा निर्वाचन परिचालन तथा प्रचारप्रसार समितिको कार्यालय स्थापना गरिनेछ। उनका अनुसार ती कार्यालय सञ्चालनका लागि आवश्यक व्यवस्थापकीय प्रबन्ध पूरा भइसकेको छ।
    कांग्रेसले क्षेत्र नं. १ अन्तर्गतका ६९ वटै वडामा परिचालन तथा प्रचारप्रसार समिति गठन गरी तत्काल निर्वाचनको तयारी थाल्न निर्देशन दिएको छ। पालिका तथा वडा स्तरमा गठन भएका समितिहरूको काम, कर्तव्य र अधिकार स्पष्ट गर्दै पार्टीका विभिन्न तहका कार्यसमिति, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी तथा सदस्यहरूलाई परिचालन गरिएको उनले जानकारी दिए। तयारी भेलाले क्षेत्र नम्बर १ अन्तर्गतका विभिन्न स्थानीय तहमा सञ्चालन गरिने निर्वाचन केन्द्रित गतिविधिहरू कार्यतालिकासहित तय गरेको छ। सोही कार्यतालिकाअनुसार निर्वाचन गतिविधि अघि बढाइने संयोजक लामाले बताए।
    निर्वाचन तयारीकै सन्दर्भमा नेपाली कांग्रेसले विभिन्न स्थानीय तहका काठमाडौँ सम्पर्क समितिमार्फत भेला तथा अन्तरक्रिया सम्पन्न गरिसकेको छ। काठमाडौँमा विभिन्न पेशा तथा व्यवसायमा संलग्न क्षेत्र नम्बर १ का मतदातासँग छलफल तथा अन्तरक्रिया गरी निर्वाचनको आधार तयार गरिएको कांग्रेसले जनाएको छ।
    मंगलबार भकुण्डेबेसीमा आयोजित तयारी भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य गणेश लामाले संविधान अझै पनि संकटमा रहेकाले त्यसलाई सही ट्रयाकमा ल्याउन निर्वाचन अपरिहार्य रहेको बताए। प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आफू आकांक्षी रहे पनि पार्टीको निर्णयलाई सम्मान गर्दै कांग्रेसका उम्मेदवार गुणराज मुक्तानलाई जिताउन सक्रिय भूमिका खेल्ने उनले प्रतिबद्धता जनाए।
    नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका सभापति तथा बागमती प्रदेशका पूर्वमन्त्री तीर्थ लामाले सुशासन, पारदर्शिता र उत्तरदायित्वसहितको समाज निर्माणका लागि कांग्रेसको जित अपरिहार्य रहेको बताए। पार्टीभित्र देखिने तिता–मिठा बहस स्वाभाविक रहेको उल्लेख गर्दै उनले सामाजिक, वैचारिक र राजनीतिक रूपमा खारिएका नेता गुणराज मुक्तानलाई जिताउनु सबै नेता–कार्यकर्ताको साझा दायित्व भएको धारणा राखे।
    प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार तथा नेपाली कांग्रेसका सचिव गुणराज मुक्तानले बदलिएको कांग्रेसले नै देश बदल्न सक्ने दाबी गर्दै युवा पुस्ताका समस्या, सवाल र सम्भावनालाई बोकेर आफू निर्वाचन मैदानमा उत्रिएको बताए।
    प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवार मिरा नेपालीले पार्टीले आफूलाई अवसर दिएकोमा धन्यवाद दिँदै युवा, महिला, आदिवासी जनजाति लगायत सबै वर्ग र क्षेत्रलाई समान अवसर दिने दल नेपाली कांग्रेस नै भएको तर्क गरिन्।
    कार्यक्रममा नेपाली कांग्रेस काभ्रेपलाञ्चोकका उपसभापति रमेशप्रसाद हुमागाईं, बागमती प्रदेश सदस्य विक्रम लामा, नेता शंखबुद्ध लामा, महासमिति सदस्य सार्कीमान बल, जिल्ला कोषाध्यक्ष जगन्नाथ गिरी, प्रवक्ता सन्तमान तामाङ, प्रदेशसभा क्षेत्र नम्बर १ (ख) का सभापति चन्द्रबहादुर लामा, प्रदेशसभा १ (क) का सभापति रामबहादुर योन्जन, महाधिवेशन प्रतिनिधि अन्जु रञ्जित केसी, नेपाली कांग्रेस नमोबुद्ध नगर कार्यसमितिका सभापति तथा नगरप्रमुख कुन्साङ लामा, पनौती नगर सभापति तथा नगरप्रमुख रामशरण भण्डारी, धुलिखेल नगरपालिकाका कार्यवाहक प्रमुख निराजन जंगम, धुलिखेल नगर सभापति बिदुरबहादुर बस्नेतलगायतले कांग्रेसलाई विजयी गराउन पार्टीका सबै तहका नेता–कार्यकर्ता एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन् ।
    त्यसैगरी नेपाली कांग्रेस काभ्रे–काठमाडौँ सम्पर्क समितिका सभापति बद्रिराज तिमल्सिना, नेपाल तरुण दलका केन्द्रीय सदस्य स्मिता मोक्तान, प्रदेशसभा १ (क) काठमाडौँ सम्पर्क समितिका सभापति हेमन्त लामा, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य प्रेम लामा थोकर, नेपाल तरुण दल प्रदेशसभा १ (क) का सभापति रामध्वज लामा लगायतले संगठन सुदृढ गर्दै निर्वाचन अभियानलाई तीव्र बनाउनुपर्ने धारणा राखे।
    कार्यक्रमकै क्रममा नेपाली कम्युनिष्ट पार्टी निकट अखिल नेपाल शिक्षक संगठनका जिल्ला सदस्य तथा नमोबुद्ध नगरपालिका वडा नं. ९ का सूर्यकुमार श्रेष्ठ, तेमाल गाउँपालिका वडा नं. ७ बाट नेकपा एमाले परित्याग गरेका विष्णुबहादुर तामाङ, फुर्पे तामाङ, युवराज शाह, किरण तामाङ, मानबहादुर तामाङ, सुनिल तामाङ, पाल्तेन तामाङ, सुदिप तामाङ, सचिन तामाङ, रामबहादुर तामाङसहित २५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    समाचार

    सम्पादक समाज नेपालको आयोजनामा गोदावरीको देवीचौरमा पत्रकार पदयात्रा सम्पन्न

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    काभ्रे खबर

    काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा नवआगन्तुक विद्यार्थीलाई स्वागत तथा उत्कृष्ट विद्यार्थी–शिक्षक सम्मान

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७११ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३१२ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७२ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१४० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०४३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑