• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ १६, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      १ दिन अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      ३ दिन अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      ३ दिन अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      ५ दिन अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      ६ दिन अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      १ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      १ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      १ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      २ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      २ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      २ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      ३ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ १६, शनिबार
    होमपेज /  आर्थिक

    विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

  • राजन दाहाल
  • २०८२ पौष २८, सोमबार (४ महिना अघि)
  • ४१६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १४ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती

    पनौती नगरपालिकाको अठारौँ नगरसभा आज कुनै विवाद बिना सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको छ। २०७९ सालमा निर्वाचित भएर आएपछि अधिकांश नगरसभामा देखिँदै आएको मतभेद र किचलो यसपटक भने देखिएन। जनप्रतिनिधिहरूको सहमतिमा नगरसभा शान्त र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको हो। यसलाई पनौतीका नागरिकहरुले सकारात्मक रुपमा लिएको पाइएको छ । नगरपालिकाको समग्र विकास, सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाहलाई सुदृढ बनाउने उद्देश्यका साथ विभिन्न महत्वपूर्ण एजेण्डामाथि विस्तृत छलफल गर्दै नगरसभा सम्पन्न भएको हो।

    सभामा चालु आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत बजेट तथा कार्यक्रम संशोधन सम्बन्धी प्रस्ताव उपप्रमुख गीता बन्जाराले प्रस्तुत गर्नुभएको थियो। १७औँ नगरसभाबाट स्वीकृत विनियोजन ऐन, २०८२ अनुसार पुँजीगत खर्चतर्फ ठेक्का स्वीकृत भई बजेट मौज्दात रहेका विभिन्न सडक योजनाबाट १० करोड १४ लाख ५ हजार रुपैयाँ रकम पुनः व्यवस्थापन गरिएको प्रस्ताव पेश गरिएको थियो।

    उक्त रकममध्ये स्वीकृत बजेट अपुग भएका योजनामा बजेट थप गरिएको छ। जसअनुसार वडा नं. ५ को भवन निर्माणका लागि साविक ४५ लाख रुपैयाँमा थप गरी ८५ लाख रुपैयाँ, रोशी कोरिडोर तथा तटबन्ध निर्माणका लागि साविक ३ करोड रुपैयाँमा थप गरी ८ करोड रुपैयाँ, क्षेत्रीय रंगशालाको जग्गा खरिदका लागि साविक ४२ लाख ६५ हजार रुपैयाँमा थप गरी २ करोड २ लाख ६५ हजार रुपैयाँ र वडा नं. ४ को ज्यालिचिटी पाटी छाना निर्माणका लागि साविक २९ लाख ४० हजार रुपैयाँमा थप गरी २९ लाख ४० हजार रुपैयाँ अन्तिम बजेट कायम गरिएको छ।

    यसरी चार योजनामा जम्मा ३ करोड ९० लाख ५ हजार रुपैयाँ बजेट थप गरिएपछि बाँकी रहेको ६ करोड २४ लाख रुपैयाँ मध्ये नगरपालिकाको प्रशासनिक भवन निर्माणका लागि ६ करोड रुपैयाँ र नगरभित्रका विभिन्न सडकका खाल्डाखुल्डी मर्मतका लागि प्रयोग हुने लोडर, रोलर, ट्रक, डोजरलगायतका उपकरणको इन्धन व्यवस्थापनका लागि २४ लाख रुपैयाँ विनियोजन गरिएको छ।

    त्यसैगरी चालु खर्चतर्फ साविकमा विनियोजन गरिएको बजेटबाट बचत तथा घटाइएको रकम मिलान गरी करारमा कार्यरत कर्मचारीहरूलाई २०८२ साल पुस महिनादेखि महँगी भत्ता उपलब्ध गराउन २५ लाख रुपैयाँ, सवारी साधन मर्मतमा ८ लाख रुपैयाँ, कार्यालय सञ्चालनमा ६ लाख ८० हजार रुपैयाँ, रोशी कोरिडोरमा पानी छर्किने कार्यका लागि ४० लाख रुपैयाँ, आन्तरिक आय संकलनमा खटिएका कर्मचारीहरूको थप सुविधाका लागि ११ लाख रुपैयाँ, गत आर्थिक वर्षको दुध प्रोत्साहन अनुदान छुट रकम भुक्तानीका लागि २ लाख ४५ हजार रुपैयाँ, अनुगमन तथा मूल्यांकनका लागि ४ लाख ५० हजार रुपैयाँ र सरुवा भ्रमण खर्चका लागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएको छ।

    यसरी चालुतर्फ जम्मा १ करोड २५ हजार रुपैयाँ बराबरको संशोधित बजेट तथा कार्यक्रम नगरसभाबाट स्वीकृत गरिएको हो।सभामा चालु आर्थिक वर्षको हालसम्मको प्रगति विवरण तथा आम्दानी–खर्च विवरण अनुमोदन गर्ने प्रस्ताव पनि पारित गरिएको छ। शिक्षा क्षेत्रको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले शिक्षक दरबन्दी थप गर्ने प्रस्ताव नगरसभाबाट अनुमोदन गरिएको छ।

    नगरपालिकामा वित्तीय अनुशासन, पारदर्शिता तथा उत्तरदायित्वलाई संस्थागत गर्ने उद्देश्यले पनौती नगरपालिकाको आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व विधेयक, २०८२ र नगर क्षेत्रमा विज्ञापनलाई व्यवस्थित तथा नियमन गर्ने उद्देश्यले ल्याइएको विज्ञापन (व्यवस्थापन तथा नियमन) विधेयक, २०८२ पनि सभाबाट पारित गरिएको छ।

    सार्वजनिक सुरक्षा तथा नगरको शान्ति–सुव्यवस्था सुदृढ बनाउने उद्देश्यले पनौती नगरपालिकाको नगर प्रहरी सञ्चालन तथा व्यवस्थापन विधेयक, २०८२ समेत नगरसभाबाट पारित गरिएको छ। यससँगै नगर प्रहरी सञ्चालनका लागि स्पष्ट कानुनी आधार सुनिश्चित भएको छ।

    नगरसभामा १२ वटै वडाका वडा अध्यक्षहरूले समसामयिक विषयमा आ–आफ्ना धारणा तथा सुझाव प्रस्तुत गरेका थिए। वडा अध्यक्षहरूले उठाएका प्रश्न तथा जिज्ञासाहरूको विषयमा उपप्रमुख गीता बन्जाराले जवाफ प्रस्तुत गर्नुभएको थियो।

    सभामा प्रस्तुत एजेण्डामाथि भएको छलफलका क्रममा उठेका विषयवस्तुहरूमा नगर प्रमुख रामशरण भण्डारीले समेत समग्रमा सम्बोधन गर्नुभएको थियो।

    सभामा प्रस्तुत सबै प्रस्तावहरू पारित भएपछि धन्यवाद प्रस्तावसहित सभा अध्यक्षबाट पनौती नगरपालिकाको अठारौँ नगरसभा औपचारिक रूपमा समापन गरिएको हो।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    समाचार

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    काभ्रे खबर

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०४२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६५६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२५४ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१०३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०७७ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९७७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑