रोशी / मंगलटार
इलाका प्रहरी कार्यालय मंगलटारको हिरासतभित्र रहेको शौचालयमा झुण्डिएको अवस्थामा एक युवकको मृत्यु भएको छ। रोशी गाउँपालिका–१२ निवासी २१ वर्षीय दुधराज तामाङले आत्महत्या गरेको प्रारम्भिक जानकारी मंगलटार प्रहरीले दिएको छ।
प्रहरीका अनुसार घटना थाहा पाएलगत्तै आवश्यक प्रक्रिया अघि बढाइएको छ भने मृतकका आफन्तहरूलाई खबर गरी कार्यालयमा बोलाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।