• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २३, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      २ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      १ महिना अघि

      जेनजी क्रान्ति : जनआक्रोशको विस्फोट वा डीप स्टेटको परिणाम?

      १ महिना अघि
    in
    आज: २०८२ कार्तिक २३, आईतबार
    होमपेज /  काभ्रे खबर

    पाण्डेगाउँबासी भन्छन्, यसपालि गठबन्धनका उम्मेदवारलाइनै जिताउने हो

  • सिरुपाते खबर
  • २०७९ कार्तिक १५, मंगलबार (३ साल अघि)
  • ४४५ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    नाला                                                                      बनेपा नगरपालिका वडा नं. १ पाण्डेगाउँबासीको चाहना लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई जिताउने रहेको छ । पाण्डगाउँको हिजोको अवस्थाबाट आजको अवस्थामा परिर्वतन गर्न गठबन्धन दलको उम्मेदवारको रुपमा रहेका व्यक्तिहरूको अहम भूमिका रहेको उनीहरूको ठम्याई रहेका छन् ।
    काभ्रे क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका उम्मेदवारहरूको चुनावी सभामा बोल्दै पाण्डेगाउँबासीहरूले सो कुरा बताएका हुन् । ‘यस गाउँको बिकासको लागि लोकतान्त्रिक वाम गठबन्धनले बाहेक गर्न सक्दैन, हिजो पनि यिनै दलका नेताहरूले बिकास गरे अब पनि यिनैले गर्छन भन्ने बिश्वास छ ।’ पाण्डेगाउँबासीले भने, ‘हिजो पनि भोट तपाईहरूलाई नै दिएका हौँ, आज पनि तपाईहरूलाई नै दिन्छौँ र भोली पनि तपाईहरूकै लागि हो ।’
    उक्त चुनावी सभामा नेकपा एकिकृत समाजवादी पार्टीका पोलिटब्युरो सदस्य कृष्णप्रसाद सापकोटाले यस क्षेत्रको बिकासका लागि धेरै दुःख गरेको बताए । ‘हिजो म जिल्ला बिकास समितिका सभापति हुदा अहिलेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार मान्य हुनुहुन्थ्यो ।’ उनले भने, ‘हामीहरू मिलेर नाला-भक्तपुरको सडक होस वा अन्य बिकास निर्माणको काम होस मिलेरै गरहेका हौँ, अब पनि मिलेरै गछौँ ।’ बिकास निर्माणमा यसरी खटिएको तर अहिलेसम्म आफु लगायत उम्मेदवारहरू कसैको टेप प्रकरण नआएको उनले बताए । भ्रष्टाचारमा लिप्त नेताहरू फेरी पनि उम्मेदवार बनेकोले मत नदिन मतदाताहरूलाई सापकोटाले अनुरोध गरे । गत निर्वाचनको वेला नेकपा एमालेले सार्वजनिक गरेको घोषणा पत्र देखाउदै सापकोटाले भने, ‘हिजो एमालेले घोषणा पत्रमा वालबालिका र बृद्धबृद्धाको निशुल्क स्वास्थ परिक्षण गर्ने, एक घर एक व्यक्तिलाई रोजगार जस्ता हावादारी बुँदाहरू समाबेस गरेको भएपनि व्यवहारमा लागु भएन ।’
    काभ्रे क्षेत्र नं. २ प्रतिनिधि सभा सदस्यका उम्मेदवार शिव प्रसाद हुमागाईले हिजो आफु सांसाद हुदा बिकास निर्माणका थुप्रै काम गरेको बताए । यस क्षेत्रका बिद्युतीकरणको काम, सडक निर्माणको काम लगायत शिक्षा, स्वास्थ्यको काम गरेको बताए । आगामी दिनमा पनि यस भेगको बृहत्तर बिकासको लागि काम गर्ने त्यसको लागि भोट दिएर जिताउनु पर्ने उनको भनाई छ ।
    प्रतिनिधि सभा क्षेत्र नं. २ (ख) प्रदेश सभा सदस्य उम्मेदवार कञ्जनचन्द्र बादे श्रेष्ठले यस अगाडी सांसदको उम्मदवार हुदा भोट माग्न आउने क्रममा बाइकमा आएको, बाईकमा पनि हिलोले भिजेर कपडा फेरी आउनु पर्ने अवस्था रहेको र अहिले गाडीमा आउन सक्ने अवस्था बनाएको बताए । आगामी दिनमा सडकको स्तरोन्नती गरी बिकासमा अझ टेवा पुर्याउने उनले बताए । यहाँका जनताको मागलाई सम्बोधन गर्न आफु तत्पर रहेको उनले बताए ।
    नेकपा माओवादी केन्द्रका काभ्रे जिल्ला संयोजक तथा समानुपतिक उम्मेदवार भोला अर्यालले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवार प्रतिनिधि सभा २ का शिव प्रसाद हुमागाई र प्रदेश सभा सदस्य उम्मेदवार कञ्चनचन्द्र वादेले निर्वाचन औपचारिक रुपमा जितिसकेको घोषणा हुन मात्र बाँकी रहेको बताए । साथै उनले गठबन्धन दलका नेता कार्यकर्ताहरूले यो समयमा कुनै अपेक्षा नलिई हाम्रा उम्मेदवारहरूलाई सहयोग गर्न निर्देशन समेत दिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    समाचार

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    काभ्रे खबर

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५२८ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८६८ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३१ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६६९ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०५ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑