• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ३०, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      २ घण्टा अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ दिन अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ४ दिन अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ४ दिन अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ५ दिन अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ५ दिन अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      ६ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      १ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १ हफ्ता अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      २ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ३०, शनिबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

  • राजन दाहाल
  • २०८३ जेष्ठ ११, सोमबार (२ हफ्ता अघि)
  • १८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ४ मिनेट
  • बेथानचोक/ ढुंखर्क

    बेथानचोक गाउँपालिका ले पुनः आइतबार विद्यालय बिदा दिने निर्णय गरेको छ । यसअघि केन्द्र सरकारले देशभरका विद्यालयमा शनिबार र आइतबार दुई दिन बिदा दिने निर्णय गरेपछि पनि गाउँपालिकाले ‘क्रेडिट आवर’ नपुग्ने कारण देखाउँदै आइतबार विद्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । तर पछि नेपाल सरकारबाट विद्यालय सञ्चालनसम्बन्धी स्पष्ट मापदण्डसहित परिपत्र आएपछि पालिकाले आफ्नो निर्णय पुनरावलोकन गर्दै आइतबार बिदा लागू गर्ने निर्णय गरेको हो ।

    पालिकाले सुरुवातमा आइतबार बिदा लागू नगर्नुको मुख्य कारण विद्यालयको वार्षिक पठनपाठन समय अर्थात् ‘क्रेडिट आवर’ पूरा नहुने चिन्ता रहेको जनाएको थियो । विशेषगरी ग्रामीण क्षेत्रका विद्यालयमा विभिन्न कारणले नियमित पठनपाठन प्रभावित हुने भएकाले दुई दिन बिदाले शैक्षिक गुणस्तरमा असर पर्ने निष्कर्ष पालिकाको थियो । त्यसैले विद्यार्थीको सिकाइ समय घट्न नदिन आइतबार पनि विद्यालय सञ्चालन गर्ने निर्णय गरिएको बताइएको थियो ।

    तर पछि संघीय सरकारले विद्यालय सञ्चालनका मापदण्ड पठाएपछि परिस्थिति बदलिएको हो । मिति २०८३ जेठ ६ गते बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र भण्डारीले पालिकाभित्रका विद्यालयलाई नयाँ कार्यतालिकाअनुसार विद्यालय सञ्चालन गर्न परिपत्र जारी गरेका छन् ।

    नयाँ व्यवस्थाअनुसार अब सोमबारदेखि शुक्रबारसम्म पूरा समय विद्यालय सञ्चालन हुनेछ भने प्रत्येक शुक्रबार सिर्जनशील तथा अतिरिक्त क्रियाकलाप गराइनेछ । प्रथम त्रैमासिक परीक्षा असारको सट्टा साउन ४ देखि १२ गतेसम्म सञ्चालन हुनेछ भने साउन १३ देखि ३० गतेसम्म वर्षा बिदा दिइने भएको छ । दोस्रो त्रैमासिक परीक्षा मंसिर २१ देखि २९ गतेसम्म सञ्चालन गरिने तथा माघ महिनामा वर्षा बिदाको सट्टा विद्यालय सञ्चालन गरिने निर्णय गरिएको छ । अन्तिम परीक्षा २०८३ चैत्र १६ देखि २४ गतेसम्म सञ्चालन हुनेछ ।

    गाउँपालिका अध्यक्ष भगवान अधिकारी ले सुरुवातमा सरकारले पेट्रोलियम पदार्थको खपत कम गर्ने उद्देश्यले आइतबार बिदा दिने निर्णय गरे पनि त्यसले विद्यालयको पठनपाठन समय अपुग हुने अवस्था देखिएको थियो तर पछि सरकारले विद्यालय सञ्चालनको स्पष्ट मापदण्डसहित परिपत्र पठाएपछि आवश्यक ‘क्रेडिट आवर’ पूरा हुने आधार देखिएकाले आइतबार बिदा दिने निर्णय गरिएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    समाचार

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    काभ्रे खबर

    पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

    नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

    नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०७४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६८६ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२८५ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१४३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१०९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०१४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑