• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १७, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ३ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ४ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ५ दिन अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ५ दिन अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      ६ दिन अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १७, मंगलबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगरमा ब्रम्हलुट, कर्मचारीले बुज्छन बर्षमा १५ महिनाको तलब

  • राजन दाहाल
  • २०७९ चैत्र २५, शनिबार (२ साल अघि)
  • ८२० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौती नगरपालिकामा जनताले रगत पसिना चुवाएर तिरेको करमा ब्रम्हलुट गरेको पाइएको छ । सामान्यत: कर्मचारीले १२ महिनाको तलब र एक महिनाको चाडपर्व खर्च बापत एक बर्षमा १३ महिनाको तलब बुज्ने व्यवस्था छ । तर पनौती नगरपालिकामा भने नगरपालिकाका कर्मचारीले एक बर्षमा १५ महिनाको तलब बुज्ने गरेका छन् । नगरका कर्मचारीले नियम संगत १३ महिना सहित थप २ महिनाको तलब बुझ्ने गरेको पाइएको छ । नगरपालिकाका कर्मचारीले वर्षमा २ पटक हुने नगर सभा पिच्छे एक–एक महिनाको तलब बुज्ने गरेको पाइएको हो । स्थानीय तहमा बर्षमा २ पटक गाउँ र नगर सभा संचालन हुन्छ सोही अबसरमा कर्मचारी बढि खट्नु पर्ने बहाना बनाई नगरपालिका अन्तर्गत वडा स्तरमा कार्यरत कर्मचारीले समेते नगरसभा सुबिधा लिने गरेका छन् ।

    अहिले नगरमा करारका कर्माचारी १७ जना र स्थायी ५३ जना गरि ७० जना कर्मचारीले बुभ्mने तलब प्रति महिना ३२ लाख ७८ हजार हुने नगरपालिकाले जनाएको छ । त्यस्तैगरि नगरको स्वास्थ्य तर्फ १९ जना कर्मचारीको तलब सुबिधा प्रती महिना ५ लाख ९७ हजार ६ सय १५ सोही बमोजिम कृषि, पशु र महिला बिकास तर्फ १४ जना कर्मचारीको तलब ५ लाख ९५ हजार , एम्बुलेन्स, टिपर, डोजर र अन्य सवारी चालक गरि ७ जनाको तलब १ लाख ९१ हजार ७१ रुपैयाँ, एम आइ एस कर्मचारी ३ जनाको १ लाख ७ हजार हुन आउने अनि नगरपालिका स्रोतले जनाएको छ । त्यसैगरी बालमैत्री सहजकर्ता पनौती नगरमा १२ जना छन् जसको तलब सुबिधा प्रति महिना ४ लाख १८ हजार ८ सय २४ हुन आउँछ । पनौती नगरपालिकामा कार्यरत १ सय ३२ जनाले नगर सभा सुबिधा लिने गरेका छन् । पनौती नगरका प्रमुख प्रशासकीय अधिकृत देखि कुचिकार सम्म र वडाका वडा सचिव, कार्यालय सहयोगी देखि बालमैत्री सहजकर्ता सम्मका कर्मचारीले यो सुबिधा लिने गरेका छन् ।
    यसरी हेर्दा नगरको हालको तलबी विवरण अनुसार प्रती महिना ५४ लाख ३२ हजार ६ सय १५ हुन आउँछ । यहि अनुसार हिसाब गर्ने हो भने पनि अतिरिक्त सेवा सुबिधा या नगर सभा सुबिधा या भनौ खटाइ बापतको प्रोत्साहन भत्ता जे भने पनि कर्मचारीले २ महिनाको यो सुबिधा पाइरहदा नगरलाइ बार्षिक १ करोड ८ लाख ६५ हजार २ सय ३० व्यय भार पर्ने देखिन्छ ।

    पनौती नगरमा यो कार्यको सुरुवात अघिल्लो ५ बर्ष देखि निरन्तर चलिरहेको पाइएको छ । तत्कालीन नगर प्रमुख भिम न्यौपाने प्रमुख रहँदा कार्यपालिकाको बैठकले कर्मचारीलाई यो सेवा सुबिधा उपलब्ध गराउने निर्णय गरेको पाइएको छ । २०७४ साल भदौ २८ गतेको नगरकार्यपालिकाको बैठकले यो निर्णय गरेको स्रोतले जनाएको छ । तत्कालीन कार्यपालिकामा रहेका जनप्रतिनिधिहरुले उक्त कार्यबिधी पारित गरेको स्रोत बताउँछ । नगर भित्र दशकौ देखि शक्तिमा रहि हालिमुहाली गर्दै आएका नगरका बरिस्ठ प्रशासकीय अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको भुमिकालाई समेत बेवास्ता गर्दै प्रमुख भिम न्यौपानेलाई प्रभावमा पारी उक्त निर्णय गराएको स्रोतको आरोप छ । ‘नगरपालिकामा कर्मचारी व्यवस्थापनको जिम्मेवारी पाएका अधिकारीले कर्मचारीको तलब मात्र नभई सेवा सुबिधा थप तथा बढुवामा समेत आफू अनुकुल निर्णय गर्ने गरेका थिए ।  सोही अनुरुप कार्यपालिकालाइ समेत बसमा पारेर  यो निर्णय गराएका थिए । केहि समय अगाडि नगरपालिकाले उक्त जिम्मेवारीबाट हटाएपछी रुष्ट बनेका अधिकृत नगरका कर्मचारीमाथी हातपातमा नै उत्रिएका थिए । ’ स्रोत बताउँछ । नगरसभा सुबिधा लिनको लागि कुनैपनी कर्मचारीको नियुक्ति ६ महिना पूरा भएको हुनुपर्ने बुझिएको छ । नगरसभा सुबिधा भन्दै बुझिने उक्त रकम कुनै पनि जनप्रतिनिधिले, वडामा संचालित स्वास्थ्य चौकी, सहरी आधारभुत स्वास्थ केन्द्र लगाएत स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीले भने नपाउने पनौती नगरका एक कर्मचारीले बताएका छन् ।

    पनौती नगरमा यो कार्यको परिपाटी आज मात्र होइन बर्षौ देखि कर्मचारीले जनताको पसिनाले तिरेको करमा हालिमुहाली गरिरहेका छन् । स्थानीय तहमा सुशासन कायम गर्छौ । जनताको करलाई दुरुपयोग हु्न दिँदैनौ भन्ने नारा सहित निर्वाचित दोस्रो कार्यकालका जनप्रतिनिधहरुबाट पनि सुशासन नारामा मात्र सिमित रहने हो की भन्ने आशंका जन्मिएको छ । अघिल्लो कार्यकाल भन्दा फरक दलका प्रमुख तथा जनमत यथावत राख्न सफल उपमेयर निर्वाचित भइ कार्यकाल सम्हालेको १ वर्ष पुगीसक्दा पनि नगर भित्रका बेथितिहरु पहिल्याई सुशासन कायम गर्नतिर ध्यान नदिनुले यो पटकको जनप्रतिनिधिहरुको कार्यकाल पनि अघिल्लो पटकको जस्तै नै बित्ने हो की भन्ने नगरबासीहरु आशंका व्यक्त गर्छन । सुशासनका विषयमा चर्का नारा प्रस्तुत गर्दै निर्वाचित भए पछि नयाँपनको आभाष दिन नसक्ने जनप्रतिनिधि देखि सर्वसाधरण नागरिकहरु निराश बनिसकेका छन् । उता कर्मचारीहरु हामी नियमानुसार सरकारी सेवा सुबिधामा काम गर्छौं भनेर आउने तर स्थानीय तहमा आर्थिक स्वार्थ सहित आफू अनुकुल कार्यविधि बनाइ आन्तरिक श्रोतबाट यसरी तलब खाने प्रवृत्ति नगरमा कहिले सम्म ? पनौतीका आम नागरिक यो प्रश्नको जवाफ खोजिरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    समाचार

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    काभ्रे खबर

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४२४ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५०९५ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७७८ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६६० पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२४७ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३२७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑