• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ७, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

      २३ घण्टा अघि

      काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

      १ दिन अघि

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ३ दिन अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      १ हफ्ता अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      १ हफ्ता अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      १ हफ्ता अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ४ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      १ महिना अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ७, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगरमा ब्रम्हलुट, कर्मचारीले बुज्छन बर्षमा १५ महिनाको तलब

  • राजन दाहाल
  • २०७९ चैत्र २५, शनिबार (३ साल अघि)
  • १०५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौती नगरपालिकामा जनताले रगत पसिना चुवाएर तिरेको करमा ब्रम्हलुट गरेको पाइएको छ । सामान्यत: कर्मचारीले १२ महिनाको तलब र एक महिनाको चाडपर्व खर्च बापत एक बर्षमा १३ महिनाको तलब बुज्ने व्यवस्था छ । तर पनौती नगरपालिकामा भने नगरपालिकाका कर्मचारीले एक बर्षमा १५ महिनाको तलब बुज्ने गरेका छन् । नगरका कर्मचारीले नियम संगत १३ महिना सहित थप २ महिनाको तलब बुझ्ने गरेको पाइएको छ । नगरपालिकाका कर्मचारीले वर्षमा २ पटक हुने नगर सभा पिच्छे एक–एक महिनाको तलब बुज्ने गरेको पाइएको हो । स्थानीय तहमा बर्षमा २ पटक गाउँ र नगर सभा संचालन हुन्छ सोही अबसरमा कर्मचारी बढि खट्नु पर्ने बहाना बनाई नगरपालिका अन्तर्गत वडा स्तरमा कार्यरत कर्मचारीले समेते नगरसभा सुबिधा लिने गरेका छन् ।

    अहिले नगरमा करारका कर्माचारी १७ जना र स्थायी ५३ जना गरि ७० जना कर्मचारीले बुभ्mने तलब प्रति महिना ३२ लाख ७८ हजार हुने नगरपालिकाले जनाएको छ । त्यस्तैगरि नगरको स्वास्थ्य तर्फ १९ जना कर्मचारीको तलब सुबिधा प्रती महिना ५ लाख ९७ हजार ६ सय १५ सोही बमोजिम कृषि, पशु र महिला बिकास तर्फ १४ जना कर्मचारीको तलब ५ लाख ९५ हजार , एम्बुलेन्स, टिपर, डोजर र अन्य सवारी चालक गरि ७ जनाको तलब १ लाख ९१ हजार ७१ रुपैयाँ, एम आइ एस कर्मचारी ३ जनाको १ लाख ७ हजार हुन आउने अनि नगरपालिका स्रोतले जनाएको छ । त्यसैगरी बालमैत्री सहजकर्ता पनौती नगरमा १२ जना छन् जसको तलब सुबिधा प्रति महिना ४ लाख १८ हजार ८ सय २४ हुन आउँछ । पनौती नगरपालिकामा कार्यरत १ सय ३२ जनाले नगर सभा सुबिधा लिने गरेका छन् । पनौती नगरका प्रमुख प्रशासकीय अधिकृत देखि कुचिकार सम्म र वडाका वडा सचिव, कार्यालय सहयोगी देखि बालमैत्री सहजकर्ता सम्मका कर्मचारीले यो सुबिधा लिने गरेका छन् ।
    यसरी हेर्दा नगरको हालको तलबी विवरण अनुसार प्रती महिना ५४ लाख ३२ हजार ६ सय १५ हुन आउँछ । यहि अनुसार हिसाब गर्ने हो भने पनि अतिरिक्त सेवा सुबिधा या नगर सभा सुबिधा या भनौ खटाइ बापतको प्रोत्साहन भत्ता जे भने पनि कर्मचारीले २ महिनाको यो सुबिधा पाइरहदा नगरलाइ बार्षिक १ करोड ८ लाख ६५ हजार २ सय ३० व्यय भार पर्ने देखिन्छ ।

    पनौती नगरमा यो कार्यको सुरुवात अघिल्लो ५ बर्ष देखि निरन्तर चलिरहेको पाइएको छ । तत्कालीन नगर प्रमुख भिम न्यौपाने प्रमुख रहँदा कार्यपालिकाको बैठकले कर्मचारीलाई यो सेवा सुबिधा उपलब्ध गराउने निर्णय गरेको पाइएको छ । २०७४ साल भदौ २८ गतेको नगरकार्यपालिकाको बैठकले यो निर्णय गरेको स्रोतले जनाएको छ । तत्कालीन कार्यपालिकामा रहेका जनप्रतिनिधिहरुले उक्त कार्यबिधी पारित गरेको स्रोत बताउँछ । नगर भित्र दशकौ देखि शक्तिमा रहि हालिमुहाली गर्दै आएका नगरका बरिस्ठ प्रशासकीय अधिकृतले प्रमुख प्रशासकीय अधिकृतको भुमिकालाई समेत बेवास्ता गर्दै प्रमुख भिम न्यौपानेलाई प्रभावमा पारी उक्त निर्णय गराएको स्रोतको आरोप छ । ‘नगरपालिकामा कर्मचारी व्यवस्थापनको जिम्मेवारी पाएका अधिकारीले कर्मचारीको तलब मात्र नभई सेवा सुबिधा थप तथा बढुवामा समेत आफू अनुकुल निर्णय गर्ने गरेका थिए ।  सोही अनुरुप कार्यपालिकालाइ समेत बसमा पारेर  यो निर्णय गराएका थिए । केहि समय अगाडि नगरपालिकाले उक्त जिम्मेवारीबाट हटाएपछी रुष्ट बनेका अधिकृत नगरका कर्मचारीमाथी हातपातमा नै उत्रिएका थिए । ’ स्रोत बताउँछ । नगरसभा सुबिधा लिनको लागि कुनैपनी कर्मचारीको नियुक्ति ६ महिना पूरा भएको हुनुपर्ने बुझिएको छ । नगरसभा सुबिधा भन्दै बुझिने उक्त रकम कुनै पनि जनप्रतिनिधिले, वडामा संचालित स्वास्थ्य चौकी, सहरी आधारभुत स्वास्थ केन्द्र लगाएत स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारीले भने नपाउने पनौती नगरका एक कर्मचारीले बताएका छन् ।

    पनौती नगरमा यो कार्यको परिपाटी आज मात्र होइन बर्षौ देखि कर्मचारीले जनताको पसिनाले तिरेको करमा हालिमुहाली गरिरहेका छन् । स्थानीय तहमा सुशासन कायम गर्छौ । जनताको करलाई दुरुपयोग हु्न दिँदैनौ भन्ने नारा सहित निर्वाचित दोस्रो कार्यकालका जनप्रतिनिधहरुबाट पनि सुशासन नारामा मात्र सिमित रहने हो की भन्ने आशंका जन्मिएको छ । अघिल्लो कार्यकाल भन्दा फरक दलका प्रमुख तथा जनमत यथावत राख्न सफल उपमेयर निर्वाचित भइ कार्यकाल सम्हालेको १ वर्ष पुगीसक्दा पनि नगर भित्रका बेथितिहरु पहिल्याई सुशासन कायम गर्नतिर ध्यान नदिनुले यो पटकको जनप्रतिनिधिहरुको कार्यकाल पनि अघिल्लो पटकको जस्तै नै बित्ने हो की भन्ने नगरबासीहरु आशंका व्यक्त गर्छन । सुशासनका विषयमा चर्का नारा प्रस्तुत गर्दै निर्वाचित भए पछि नयाँपनको आभाष दिन नसक्ने जनप्रतिनिधि देखि सर्वसाधरण नागरिकहरु निराश बनिसकेका छन् । उता कर्मचारीहरु हामी नियमानुसार सरकारी सेवा सुबिधामा काम गर्छौं भनेर आउने तर स्थानीय तहमा आर्थिक स्वार्थ सहित आफू अनुकुल कार्यविधि बनाइ आन्तरिक श्रोतबाट यसरी तलब खाने प्रवृत्ति नगरमा कहिले सम्म ? पनौतीका आम नागरिक यो प्रश्नको जवाफ खोजिरहेका छन् ।

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    समाचार

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    काभ्रे खबर

    बेथानचोकमा शिक्षा सुधारको पहल : आइतबार पनि कक्षा सञ्चालनदेखि अनिवार्य पाठयोजना निर्माणमा जोड

    काभ्रेमा किसानको पीडा धेरै छन्, “एक स्थानीय तह एक बहुउद्देश्यीय चिस्यान केन्द्र बनाउन पहल गर्नेछु ” – बदन भण्डारी

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९३७ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५७३ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०१४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९९८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८९४ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑