• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ १९, मंगलबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      १५ घण्टा अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ दिन अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      ४ दिन अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      ६ दिन अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      ६ दिन अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      १ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      १ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      १ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      १ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      २ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ३ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ १९, मंगलबार
    होमपेज /  समाचार

    चारतारे झन्डामुनि बसेर घात गर्न कसैलाई पनि अधिकार छैन ः मन्त्री लामा

  • सिरुपाते खबर
  • २०८० बैशाख १, शुक्रबार (३ साल अघि)
  • ८२६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

     

    ः वाग्मती प्रदेश सरकारका खानेपानी, उर्जा तथा सिँचाइमन्त्री तीर्थ लामालाई बधाई ज्ञापन गरिएको छ। आइतबार वाग्गमती प्रदेश सरकार विस्तार हुँदा मन्त्रालयको जिम्मेवारी पाएका नेपाली कांग्रेस काभ्रेका सभापतिसमेत रहेका तीर्थ लामालाई नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समितिले शुक्रबार काठमाडौंमा भव्य कार्यक्रम गरेर बधाई तथा शुभकामना दिएको हो।

    नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य शिव प्रसाद हुमागाई, नेपाली कांग्रेस काभ्रेका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, स्थानीय तहका पार्टी सभापति, पदाधिकारी, काठमाडौंमा पेशा, व्यवसाय गरेर बसेका कांग्रेसका क्रियाशिल एवं शुभेच्छुकहरुले बागमती प्रदेश सरकारमा काभ्रेको प्रतिनिधित्व गरेकामा बधाई ज्ञापन गरेका हुन्।

    २०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा काभ्रे प्रदेश सभा १ ९ख० बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थिए । २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए।

    कार्यक्रममा बोल्दै कांग्रेस पूर्व केन्द्रीय सदस्य हुमागाईले अबसरसंगै चूनौती पनि थपिएको भन्दै त्यसलाई काभ्रे र समग्र प्रदेशवासीको हितमा उपयोग गर्न अनुरोध गरे । उनले एकपछि अर्को गल्ती नगर्न काभ्रेमा कार्वाही सिफारिस गरिएका नेताहरुलाई अनुरोध गरे।

    ‘पार्टी भन्दा व्यक्ति ठूलो कहिले पनि हुन सक्दैन, पार्टीका उम्मेदवार हराएर तपाईले गर्नुभएको गल्ती सारा काभ्रेलीलाई थाहा छ, एउटा गल्ती लुकाउन तपाईहरु अर्को गल्ती नगर्नुहोला,’ समानान्तर गतिविधीका नाममा भइरहेका गतिविधी लक्षित गर्दै उनले भने, ‘पार्टीका उम्मेदवार हराउने कुराले इमान्दार कार्यकर्ताको मन कुडिएको छ, तपाईहरुका गतिविधीले एकतावद्ध पार्टी हेर्न चाहनेको मन नकुँडियोस्।’

    नवनियुक्त मन्त्री एवं काभ्रे कांग्रेस सभापति तिर्थ लामाले पद अस्थायी कुरा भएकाले जनताको सुखदुखमा आफू सधै साथमा रहने प्रतिवद्धता जनाए । उनले पार्टीका नेता कार्यकर्ताको मार्गदर्शनको आधारमा चल्ने भन्दै काभ्रे, पार्टी र कसैको पनि शिर निहुरिने गरी काम नगर्ने प्रतिबद्धता जनाए।

    चारतारे झण्डामुनि बसेर घात गर्न कसैलाई पनि अधिकार नभएको भन्दै उनले सूर्य चिन्हमा भोट हाल्ने, हाल्न लगाउने कोेही पनि कांग्रेस हुन नसक्ने बताए। जतिसुकै चर्का र लामो भाषण गरेर मतदाता र कार्यकर्तालाई भ्रममा पार्न खोजिए पनि आफ्नो मनलाई ढाट्न नसकिने बताए

    कार्यक्रममा प्रतिनिधी सभा क्षेत्र नं १ का सभापति एवं रोशी गाउँपालिका अध्यक्ष दिनेश लामा, प्रदेश सभा १ (क) का सभापति राम योञ्जन, १ (ख) का सभापति चन्द्रबहादुर लामा, नमोबुद्ध नगर सभापति एवं नगर प्रमुख कुनसाङ लामा, तेमाल गाउँपालिका अध्यक्ष चन्द्रबहादुर तामाङ, नेपाली कांग्रेस नमोबुद्ध–काठमाडौं सम्पर्क समितिका सभापति आकाश तामाङ उपसभापति सिद्धिबहादुर दाहाल लगायतले पार्टीमा अनुशासन कायम गर्दै एकतावद्ध भएर लाग्नुपर्ने अनुरोध गरे।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    समाचार

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    काभ्रे खबर

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०४८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६६१ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२५९ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६११० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०८० पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९८२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑