• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २०, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १0 घण्टा अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ दिन अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      ४ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ६ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      १ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      १ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      १ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      २ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २०, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    प्रदेश मन्त्री लामाको विपक्षीबाट समेत कार्यशैलीको प्रशंसा, भन्छन् सबै सांसदका योजना समावेश गराए

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० अषाढ २२, शुक्रबार (१ साल अघि)
  • १५८८ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    हेटौंडा
    बागमती प्रदेशको खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामाको कार्यशैलीको प्रशंसा भएको छ । बजेट माथिको छलफलमा सहभागी प्रमुख प्रतिपक्षी नेकपा एमाले लगायत दलका सांसदले समेत न्यायपूर्वक बजेट विनियोजन गरेको भन्दै उनको प्रशंसा गरेका हुन् ।
    नेकपा एमालेको तर्फबाट अघिल्लो सरकारमा कृषि तथा पशुपन्छी विकास मन्त्री रहेका केशवप्रसाद पोखरेलले विपक्षीका योजना मागेरै समेटेको भन्दै प्रशंसा गरे । ‘खानेपानी मन्त्रीको सचिवालयले तपाईका प्राथकिताका केही योजना दिनुस् भनेर आफै माग्नुभयो, केही परेका छन्, क्रमागत योजना केही छुटेका छन्,’ उनले भने, ‘कम्तीमा उहाँहरुले त्यति गर्नुभएको छ, म उहाँलाई धन्यवाद दिन चाहन्छु ।’
    अघिल्लो कार्यकालमा उद्योग, पर्यटन, वन तथा वातावरण समितिको सभापति रहेकी एकिकृत समाजवादीका सांसद रमा आलेमगरले व्यक्तिगत रुपमा समन्वय गरेर बजेट विनियोजन गरेको भन्दै खानेपानी, उर्जा तथा सिंचाई मन्त्री तिर्थ लामा र मन्त्रालयलाई धन्यवाद दिइन् । अन्य मन्त्री र मन्त्रालयले समविकासमा ध्यान नदिएको भन्दै त्यसले अर्थ नदिने प्रतिकृया दिइन् ।
    सिन्धुलीकी एमाले सांसद सुकुमाया तामाङले अन्य मन्त्रालयबाट आफ्नो निर्वाचन क्षेत्रको लागि बजेट लगभग ‘शुन्य’ भएपनि खानेपानी मन्त्री र उनको सचिवालयले सोधेरै योजनामा बजेट विनियोजन गरेको भन्दै प्रशंसा गरिन् । एमाले भक्तपुरकी सांसद सकुन्तला श्रेष्ठले विपक्षीबाट बधाई खाने मन्त्री तिर्थ लामालााई मनै देखि धन्यवाद दिएको बताइन् । ‘मैले ६ वटा मन्त्रालयमा योजना पेश गरेको थिए, खानेपानी मन्त्रालय बाहेक अरु कुनै मन्त्रालयमा योजना परेन’ उनले भनिन्, ‘मैले पेश गरेका २ वटै योजना सम्बोधन गरिदिनु भएकोमा मन्त्रीलाई धन्यवाद ।’ एमाले सिन्धुपाल्चोककी सांसद माइली तामाङले ६ वटा योजना पेश गरेकोमा खानेपानी मन्त्रीले ६ नै वटा योजना समावेश गरिदिएको भन्दै प्रशंसा गरिन् ।
    दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद मोनिका श्रेष्ठले मन्त्रीज्यू मध्ये खानेपानी मन्त्रीले योजना समावेश गरिदिएको भन्दै धन्यवादको पात्र भएको बताइन् । कांग्रेसबाट निर्वाचित धादिङका मधुकुमार श्रेष्ठ, उर्मिला नेपाल लगायतले बजेट विनियोजन गर्ने मन्त्रीको शैलीको प्रशंसा गरेका थिए ।
    नेपाली कांग्रेस काभ्रेका सभापति रहेका प्रदेश सभा सदस्य लामाले खानेपानी, उर्जा तथा सिंचाई मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका छन् । २०७९ सालमा भएको प्रतिनिधी सभा तथा प्रदेश सभा निर्वाचनमा प्रदेश सभा सदस्यमा निर्वाचित उनी २०७० सालको संविधानसभा निर्वाचनमा उनी काभ्रे क्षेत्र नं १ मा कांग्रेसको तर्फबाट निर्वाचित भएका थिए । सोही कार्यकालमा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको सदस्य निर्वाचित भएका उनी संसदको उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण समितिको सदस्य भएर भुमिका निर्वाह गरेका थिए । कम्युनिष्ट गढ मानिने क्षेत्रमा निर्वाचित हुने उनी कांग्रेसको पहिलो उम्मेदवार हुन् । २०६४ सालको निर्वाचनमा कांग्रेसले ७ हजार मत ल्याएको उक्त क्षेत्रमा ७० सालमा उनी १२ हजार भन्दा बढी मत ल्याएर विजयी भएका थिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    समाचार

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    काभ्रे खबर

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४३७ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५११४ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७९२ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६७६ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२६३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३४० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑