• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ पौष १२, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

      १ घण्टा अघि

      पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

      २ दिन अघि

      पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

      २ दिन अघि

      पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

      ३ दिन अघि

      पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

      ३ दिन अघि

      एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

      ३ दिन अघि

      मुख्यमन्त्री बानियाँको व्यक्तिगत सहयोगमा चेपाङ दम्पतीले पाए नयाँ घर

      ५ दिन अघि

      नेशनल प्याब्सन काभ्रेको आयोजनामा जिल्ला स्तरीय लोक नृत्य प्रतियोगिता सम्पन्न

      १ हफ्ता अघि

      भृकुटी जन्मघर निर्माणबारे पनौतीमा बृहत छलफल तथा अन्तरक्रिया

      १ हफ्ता अघि

      छैटौं बागमती अध्यक्ष कप अन्तरपालिका फुटबल: पुष ०६ गतेदेखि सुरु, विजेतालाई २ लाख पुरस्कार

      १ हफ्ता अघि

      मंगलटार प्रहरी हिरासतभित्र युवकको मृत्यु

      १ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय अतिरिक्त क्रियाकलाप समितिको दोस्रो कार्यक्रम सम्पन्न

      १ हफ्ता अघि

      कांग्रेस सुधारका एजेन्डासहित बिदुर बस्नेतको स्पष्ट सन्देश

      १ हफ्ता अघि

      अपनाऔँ सहकारी पद्धति, हटाऔँ गरिबी र बेरोजगारी : देवता बागमती बहुउद्देश्यीय सहकारीको २४औँ साधारण सभा सम्पन्न

      २ हफ्ता अघि

      प्रतिनिधिसभा निर्वाचनको लागि नाम सिफारिस गरिएका विदुर बहादुर बस्नेत को हुन् ?

      २ हफ्ता अघि
    in
    आज: २०८२ पौष १२, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगरमा प्रभावकारी बन्दै मानसिक स्वास्थ्य कार्यक्रम

  • राजन दाहाल
  • २०८० भाद्र २, शनिबार (२ साल अघि)
  • १०७२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    शनिबार पनौती नगरपालिका वडा न ३ स्थित कुशादेवी स्वास्थ्य चौकी पुग्दा स्वास्थ्य चौकीमा मानिसहरूको ठुलो भिड थियो । कोहि लामबद्ध थिए त कोहि यत्रतत्र छरिएर बसेका थिए । स्वास्थ्य चौकीमा ती मानिसहरूको भिड आफ्नो उपचार तथा परामर्शका लागि थियो ।
    पनौती नगरपालिकाले मानसिक रुपमा रोगी भएका बिरामीहरुलाई नि शुल्क रुपमा स्वास्थ्य परिक्षण र औषधि उपलब्ध गराउने भन्ने थाहा पाएपछि स्वास्थ्य चौकीमा बिरामीहरुको भिड नै लाग्ने गरेको छ । पनौती नगरपालिकामा २०७६ सालबाट लागू भएको मानसिक स्वास्थ्य परामर्श तथा उपचार शिविर पनौती स्वास्थ्य चौकी र कुशादेवी स्वास्थ्य चौकीमा लागू गरिएको छ । यस कार्यक्रम प्रत्येक महिनाको पहिलो शनिबार कुशादेवी स्वास्थ्य चौकी र दोस्रो शनिबार पनौती स्वास्थ्य चौकीमा संचालन गर्ने गरेको छ । नेपाल सरकारबाट उपलब्ध गराउने १२ थरी र नगरपालिकाबाट थप ४४ थरीका औषधिहरु खरिद गरि मानसिक रोगिका बिरामीहरुलाई निशुल्क रुपमा वितरण गर्ने गरेको पनौती नगरपालिकाले जनाएको छ । कुशादेवी स्वास्थ्य चौकीमा १ सय ७० जना र पनौती स्वास्थ्य चौकीमा १ सय ४० जना बिरामीहरुले नियमित रुपमा जाँच गराउने गरेको पनौती नगरपालिको स्वास्थ्य शाखाले जानकारी दिएको छ । गत आर्थिक बर्ष २०७९/८० मा दुबै स्वास्थ्य चौकीबाट ४ हजार ६ सय ७० जनाले सेवा लिएका छन् । मानसिक रोग विशेषज्ञबाट नियमित रुपमा जाँच तथा परामर्श गराइएको र औषधि पर्याप्त मात्रामा वितरण गर्न नसकेपनि अधिकतम रुपमा उपलब्ध गराइएको नगरपालिकाले जनाएको छ ।
    मानसिक रोगको १५ बर्षदेखि मासिक रु. २ हजारको औषधि सेवन गर्दै आउनुभएको दुर्गा सापकोटाले विगत २ बर्ष देखि निशुल्क औषधि खान पाइरहेको बताउनहुन्छ । यस योजनाले पैसा नभएकाहरुले पनि निशुल्क उपचार पाएका र औसधि खान पाएकोमा नगरलाई धन्यवाद दिनुभयो ।
    त्यस्तैगरि पनौती नगरपालिका वडा न ३ का केदारनाथ सापकोटाले निशुल्क औषधि पाउन थाले पछि औषधि किन्ने पैसाले अन्य भिटामिन किनेर काने गरेको बताउनु भयो । साथै उहाँले रोगसंग सम्बन्धित डाक्टर गाउँमै आउने हुँदा काठमाडौसम्म जानु पर्ने झन्झट नभएको बताउनुभयो ।
    निशुल्क स्वास्थ्य सेवा लिनको लागि पनौती नगरको मात्र नभएर पाँचखाल भकुण्डे र बनेपाबाट पनि बिरामीहरु आउने गरेको कुशादेवी स्वास्थ्य चौकीका इन्चर्ज प्रभुनारायण शाहा बताउनुहुन्छ । साथै उहाँले नियमित रुपमा डा. अनन्त अधिकारी आउनुहुने हुँदा मानसिक अस्पताल पाटनमा उहाँसंगै जाँच गराउनु भएका बिरामीहरुपनि आउने गरेको बताउनुभयो ।
    डाक्टर अनन्त अधिकारीले कोरोना पछि मानसिक रोगिहरु केही मात्रामा बढेको बताउदै ८५ प्रतिशत आत्महत्याका घटनाहरू मानसिक रोगिहरुबाटै हुने गरेको बताउनुभयो । साथै उहाले परामर्श र सतर्कता कक्षाल आत्महत्यालाई न्यूनीकरण गर्न सकिने पनि बताउनुभयो । उहाँले आफो मनमा केही विचलन आए वा मन अस्थिर भएको महसुस भएमा ११६६ मा निशुल्क रुपमा कलगरी मानसिक परामर्श लिन सकिने बताउनुभयो ।
    पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले आत्महत्याका घटनाहरु बड्दै गएकोमा चिन्ता व्यक्त गर्दै आगामी दिनमा नगरपालिकाले वडा अध्यक्ष, स्वास्थ्य स्वयं सेविका र शिक्षकहरुलाई समेत मानसिक स्वास्थ्य सम्बन्धि परामर्श तथा तालिम प्रदान गर्न गृहकार्य गरिरहेको बताउनुभयो । मानसिक रोगको उपचार तथा परामर्शको लागि यस बर्ष २४ लाख रुपैयाँ नगरपालिकाको आन्तरिक श्रोतबाट विनियोजन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    पनौतीको ढुङ्गा खानीमा पहिरो : डोजर अपरेटरको मृत्यु, एक घाइते

    एकीकृत ठेक्का प्रक्रियाबाट पनौती नगरपालिकामा योजनाको कार्यान्वयन, गुणस्तर र लागत दुवैमा सुधार

    समाचार

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    काभ्रे खबर

    बनेपामा १५ दिने विन्टर क्याम्प सञ्चालन हुँदै

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

    पनौती नगरपालिकाको भवन निर्माणका लागि १२ करोड, बन्ने संरचना सम्पदामैत्री तरिकाबाट गरिने लक्ष

    पनौती ५ मा बालमैत्री स्थानीय शासन सूचक मापन तथा कार्ययोजना कार्यशाला सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७६२९ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९४४ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८१५ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५७५३ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५५६३ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२७२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑