• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ फागुन १५, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

      २ दिन अघि

      ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

      ३ दिन अघि

      काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

      ५ दिन अघि

      इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

      ५ दिन अघि

      काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

      १ हफ्ता अघि

      कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

      १ हफ्ता अघि

      रास्वपा बागमती प्रदेशका पूर्व महामन्त्रीसहित ७ जना कांग्रेस प्रवेश

      २ हफ्ता अघि

      गुणराज मुक्तानलाई जिताउन जापानबाट आइन् मुकुमाया

      २ हफ्ता अघि

      काभ्रे इङ्लिश माध्यमिक विद्यालयको २७औँ वार्षिकोत्सव सम्पन्न

      २ हफ्ता अघि

      कांग्रेस जिल्ला सभापति तीर्थ लामा प्रदेश सांसद भएपछि चौरीदेउरालीमा २५ करोड ५६ लाखका विकास योजना

      २ हफ्ता अघि

      मण्डनदेउपुरमा आजदेखि कांग्रेसको घरदैलो अभियान शुरु

      २ हफ्ता अघि

      तेमालका युवालाई काङ्ग्रेसप्रति विश्वास, २४ जना युवा काङ्ग्रेसमा प्रवेश गरे

      २ हफ्ता अघि

      संघर्षको मैदानबाट सेवाको उज्यालोसम्म : श्याम सार्की मगरातीको जीवन वृतान्त

      २ हफ्ता अघि

      तीर्थ लामा सांसद भएपछि महाभारतका हरेक वडामा सडक

      २ हफ्ता अघि

      नाइटिङ्गेल एकेडेमीमा पीबीएल प्रदर्शनी सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ फागुन १५, शुक्रबार
    होमपेज /  आर्थिक

    १५ प्रतिशत शेयर लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दै सामुदायिकको साधरणसभा सम्पन्न

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८० आश्विन २७, शनिबार (२ साल अघि)
  • १३८२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौती टौखालमा रहेको सामुुदायक बचत तथा ऋण सहकारी संस्थाले २९औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।
    ७ वटा एकाइमा एकै दिन सम्पन्न साधारण सभा मध्ये मुख्य कार्यालयमा संस्थाका अध्यक्ष प्रकाश बन्जाराको सभापतित्व र पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा रहेको थियो ।
    कार्यक्रममा प्रमुख अतिथि एवं पनौती नगरपालिकाका नगर प्रमुख रामशरण भण्डारीले सामुदायिक बचत तथा ऋण सहकारी काभ्रे जिल्लामा मात्र नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै उत्कृष्ट संस्थाको रुपमा रहेको उल्लेख गर्दै संस्था एकीकरणको अभियानलाई महत्वपूर्ण रुपमा अगाडि लैजाँदै गर्दा नेपालकै सहकारी अभियानमा अत्यन्तै महत्वपूर्ण भूमिका पुर्याउन सफल सहकारीको रुपमा स्थापित हुन सक्नु पर्ने बताए । सामाजिक र सामुदायिक क्रियाकलापलाई विशेष जोड दिँदै सदस्यको जिविकोपार्जन र आर्थिक स्तर वृद्धिका लागि योजनावद्ध रुपमा कार्य गर्दै सदस्यलाई व्यवसायिकतामा जोड दिई नमूना सहकारीको रुपमा स्थापित गर्न संस्था सफल रहन्छ भन्ने उनले विश्वास व्यक्त गरे ।
    कार्यक्रमका विशिष्ट अतिथि वागमती प्रदेश बचत तथा ऋण सहकारी संघका कोषाध्यक्ष केशव दंगालले साधारण सभाको सफलताको कामना गर्दैै दिगो र सुरक्षित संस्थाको रुपमा रही एकीकरण अभियान मार्फत सहकारी अभियानलाई अगाडि बढाई रहेको संस्थाले सुशासनमा पनि अब्बलता कायम राख्दै आएकोमा खुसी व्यक्त गरे ।
    अर्का विशिष्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष दिलिप शर्माले सहकारीहरुले सदस्य, समुदाय राष्ट्रकै आर्थिक स्तरोन्नतीमा गरेको योगदानको उल्लेख गर्दै सामुदायिक अभियानकै उत्कृष्ट संस्थाको रुपमा रही महत्वपूर्ण भूमिका निभाउन सफल रहेका विचार व्यक्त गरे । जिल्ला बचत संघका संचालक सदस्य विनोद सापकोटाले सहकारी अभियानमा एकीकरण अभियान मार्फत नेपालकै सबैभन्दा ठूलो संस्थाको रुपमा स्थापित हुन सकोस भन्ने शुभकामना सहित सवल र सुरक्षित संस्थाको रुपमा स्थापित यस संस्थाले अभियानमा अझै योगदान रहोस कामना गरे
    नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटाले एकीकरण अभियानमा उत्कृष्ट मात्र नभई देशकै ठूलो संस्थाहरुको स्थानमा स्थापित हुँदै गर्दा यसबाट आएका चुनौतीहरुको विषयमा समेत समीक्षा गर्नुपर्ने बताए । आन्तरिक सवलतालाई पनि प्राथमिकताको रुपमा राखी सवलताका साथ दिगो संस्थाको रुपमा स्थापित हुन सफल रहोस भन्दैे संस्था एकीकरण पश्चात नेफ्स्कुनका सदस्य संस्थाहरु मध्ये वासलात अंकको हिसाबले तेस्रो स्थानमा र सदस्य संख्याको हिसाबमा चौंथो स्थानमा पुग्न सफल रहेको उनले जानकारी दिए । 
    ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका निवर्तमान अध्यक्ष मुकुन्द प्रसाद दाहालले शेयर सदस्यहरुको विश्वासलाई जित्न सफल, उत्कृष्ट संस्थाको रुपमा स्थापित गर्न सफल रहेको उल्लेख गर्दै सदस्यले सबै प्रकारका सेवा एकै स्थानबाट प्राप्त गर्न सकियोस भन्ने उद्देश्यले ज्योति बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सामुदायिक सहकारी संस्था एकीकरणको सम्झौता भई अगाडि बढि सकेको जानकारी गराए ।
    संस्थाका उपाध्यक्ष कुमार प्रसाद लामिछानेले संस्थाको इतिहासको बारेमा जानकारी गराउँदै हाल १० वटा संस्था एकीकरण भई बनेको यस संस्थाले काभ्रेपलाञ्चोक लगायत काठमाण्डौ उपत्यका सहित ४ जिल्ला कार्यक्षेत्र विस्तार गरी सदस्यहरुलाई प्रत्यक्ष रुपमा सुरक्षित, दिगो र भरपर्दो सहकारी वित्तीय सेवा उपलब्ध गराएको जानकारी दिए । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उत्कृष्ट संस्थाको रुपमा पहिचान बनाउन संस्था सफल भएको भन्दै संस्थाको विकास विस्तार प्रत्यक्ष अप्रत्यक्ष रुपमा सबै क्षेत्रबाट सहयोग प्राप्त भएको उनको भनाई थियो ।
    संस्थाका प्रमुख सल्लाहकार दीपक थापाले सहकारी एकीकरण आजको आवश्यकता र अभियानको महत्वपूर्ण पाटो भएको उल्लेख गर्दै संस्थाले यस अभियानको सम्मान गर्दै अनुशासित रुपमा अभियानलाई अगाडि बढाउँदै संस्थालाई सधैं उत्कृष्टता कायम राख्न सक्नुपर्ने तर्क गरे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका कोषाध्यक्ष भिम बहादुर के सीले सहकारी संस्थाहरुका सदस्यले संस्थाप्रतिको चासोलाई कमि गर्न नहुने विचार व्यक्त गर्दै अपनत्वका साथ समुदायको हितका कार्यमा सुझाव र सल्लाह प्रदान गर्न आग्रह गरे । पनौती न.पा. वडा नं. ४, का वडाध्यक्ष श्री दिपक दाहाल सहकारीकर्मी रामहरी दाहाल लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको संचालन संस्थाका सचिव मुकुन्द शर्माले सञ्चालन गरेका थिए ।
    कार्यक्रममा नेफ्स्कूनका प्रमुख कार्यकारी अधिकृत डा. शिवजी सापकोटालाई नेपाल भरिका बचत तथा ऋण सहकारी संस्थाका विकास र विस्तारमा योगदान भएकोमा कदर स्वरुप सम्मान गरिएको थियो भने काभ्रेपलाञ्चोक जिल्लाका शानका रुपमा नेपालमा आयोजित मेरो भ्वाइस यूनिभर्समा सहभागी भई सेकेण्ड रनर अपको रुपमा सफलता प्राप्त गर्नु भएका संस्थाका शेयर सदस्य शरद हुमागाईंलाई उज्वल भविष्यको कामना सहित सम्मान गरिएको थियो ।
    संस्थाका अध्यक्ष एवं कार्यक्रमका सभाध्यक्ष प्रकाश बन्जाराले नीति, विधि र प्रविधिको अधिकतम सदुपयोग गर्दै सुशासनको पूर्ण पालनामा प्रतिवद्ध रहेको, सुशासनको अभियानमा सधैं साथ रहने प्रतिवद्धता व्यक्त गरे । संस्थाले १५ प्रतिशतको दरले शेयर लाभांश वितरण गर्ने, संरक्षित पँुजि फिर्ता कोष वितरण गर्ने, बनेपा स्थित ज्योति बहुउद्देश्यीय सहकारी संस्था लि., पनौती स्थित एकिकृत बचत तथा ऋण सहकारी संस्था लि., बनेपा स्थित ओम जगतगुरु शंकर बचत तथा ऋण सहकारी संस्था लि. र धुलिखेलको विश्वरुपा बचत तथा ऋण सहकारी संस्था लि.सँग एकीकरण गर्ने लगायतका प्रस्तावहरु पारित गर्दै २९ औं वार्षिक साधारण सभाको समापन भएको छ ।
    संभामा प्रस्तुत प्रतिवेदनमा उल्लेख भए अनुसार संस्थाको आ.व. ०७९।०८० को अन्त्य सम्ममा शेयर सदस्य र बाल सदस्य ५१०१५ जना, वासलात ४ अर्ब ४६ करोड, शेयर पुँजी ३९ करोड ४४ लाख, जगेडा कोष ३६ करोड ३१ लाख, अन्य कोषहरु १८ करोड ७२ लाख, बचत निक्षेप २ अर्ब ९२ करोड, ऋण लगानी ३ अर्ब ५९ करोड रहेको छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

    समाचार

    ललितपुर क्षेत्र नं. १ का उम्मेदवार उदय शमशेर राणा को हुन् ?

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे खबर

    ललितपुर क्षेत्र नं.१ को गिम्दीमा पुराना दलप्रति तीव्र असन्तोष, रास्वपा पक्षमा बढ्दो लहर

    काभ्रे–२ मा बसुन्धरा हुमागाईँद्वारा निर्वाचन प्रतिबद्धता सार्वजनिक

    इन्जिनियर–आर्किटेक्टहरूसँग प्रतिनिधि सभा उम्मेदवारहरूको साक्षात्कार

    काभ्रे क्षेत्र नं. २ का उम्मेदवार बसुन्धरा हुमागाँई को हुन् ? यस्तो छ हुमागाईँ को पृष्ठभुमि

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७९५ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७४५० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६०६६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५९२८ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८७६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५७६८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑