• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ भाद्र २३, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

      ६ दिन अघि

      फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

      ६ दिन अघि

      पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

      १ हफ्ता अघि

      राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

      १ हफ्ता अघि

      आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

      १ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

      १ हफ्ता अघि

      फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

      २ हफ्ता अघि

      बनेपामा ‘तीज बनेपा महोत्सव २०८२’ आयोजना हुने, सांस्कृतिक र आर्थिक प्रवर्द्धनमा बल पुग्ने बिश्वास

      २ हफ्ता अघि

      राष्ट्रिय स्वतन्त्र पार्टी पनौतीद्वारा ‘संगठन सबलीकरण’ अभियान सुरु

      २ हफ्ता अघि

      सामुदायिक विद्यालयका चुनौती र समाधानका उपायहरु

      ३ हफ्ता अघि

      पनौतीमा अन्तर्राष्ट्रिय युवा दिवस : समृद्ध पनौतीका लागि युवा सहभागितामा जोड

      ३ हफ्ता अघि

      समृद्धिको खोजीमा हराइरहेको समाज

      १ महिना अघि

      लम्पि स्किन रोग देखिएपछि गिम्देली जनता त्रासमा

      १ महिना अघि

      भुलुनको उपचारमा ललितपुरका युवाहरूको सहयोग

      १ महिना अघि

      नेपालकाे खाद्यतेल व्यापारमा लुकेको वित्तीय अपराध: राजश्व छली एवं मुद्रा निर्मलीकरणका व्यापारिक चालहरू

      १ महिना अघि
    in
    आज: २०८२ भाद्र २३, सोमबार
    होमपेज /  काभ्रे खबर

    सम्पदा संरक्षण गर्न पनौतीमा भिन्तुना र्याली हुने

  • राजन दाहाल
  • २०८० कार्तिक २०, सोमबार (१ साल अघि)
  • ११६६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौतीमा रहेको सम्पुर्ण सम्पदाहरुको संरक्षण गर्न पनौतीमा सम्पदा र्यालि हुने भएको छ । पनौती नेपाल र पनौती नेपाल महिला समूहद्वारा नेपाल सम्बत् ११४४ को शुभ अवसरमा भिन्तुना पनौती सम्पदा र्यालीको आयोजना गर्न लागिएको हो ।
    शुभ दीपावलीको चौथो दिन गोवर्धन पूजा (म्ह पूजा) को दिन आयोजना गर्ने भिन्तुना सम्पदा र्याली कार्यक्रममा बालबालिका, युवा तथा महिला, बृद्ध तथा बूढा, समाजसेवी, मान्यजनहरु, विशिष्ट व्यक्तिहरुको सहभागिता रहने आयोजक पनौती नेपालले बताएको छ । साथै पनौती आसपासका क्षेत्रहरुमा रहेका विभिन्न साँस्कृतिक झाँकीहरु, बाजा, नाच, विभिन्न जातजातिका भेषभूषा जादिलाई कार्यक्रममा सहभागी गराई सहभागीहरुमा विभिन्न झाँकीहरुको जानकारी गराउने तथा प्रवर्द्धन र प्रचार गर्ने उदेश्यले सम्पदा र्यालिको उद्देश्य रहेको पनि आयोजकको भनाइ छ ।

    शक्तिवर्द्धक एवं स्वादिष्ट योमरीको उद्गम स्थल समेत मानिने यस भूमि कला, संस्कृति, रीतिरिवाजले भरिपूर्ण रहेको छ । पाइलै पिच्छे मठ मन्दिर, हप्तै पिच्छे जात्रा पर्व, पनौती नगरको गौरव हो । हाम्रा पूर्खाले हामीलाई सुम्पेका यी मूर्त, अमूर्त सम्पदालाई जोगाउँदै आगामी पुस्तामा हस्तान्तरण गर्नु नै यस संस्थाको मुख्य उद्देश्य रहेको पनौती नेपालका अध्यक्ष श्रीनिवास श्रेष्ठले बताए ।
    पनौती नेपालले भिन्तुना सम्पदा र्याली आयोजना गर्नुको उदेश्यलाई बुदागत रूपमा यसरी प्रष्ट पारेको छ ।
    • नेपाल सम्बतलाई राष्ट्रिय सम्बत्‌को रुपमा प्रचार गर्ने ।
    • स्थानीय कला, संस्कृति जर्गेना गर्ने ।
    • सम्पूर्ण नेपालीहरुमा सुख, शान्ति, समृद्धिको कामना गर्दै शुभकामना आदान प्रदान गर्ने ।
    • पनौती न.पा. र सेरोफेरोमा रहेको सम्पूर्ण झाँकी, बाजा तथा भेषभूषाहरुको प्रस्तुति र प्रचार प्रसार राष्ट्र भर गर्ने ।
    • समाजमा रहेका हरेक वर्ग, लिङ्ग, जात जाति, भाषाभाषीहरु विच भाइचाराको विकास गरी आत्मियता कायम गर्ने ।
    • हाम्रो हराएका वा मासिएका मौलिक परम्परालाई खोज अनुसन्धान गरी उजागर गर्ने ।
    • हाम्रो मौलिक परम्परा एक पुस्तादेखि अर्को पुस्तामा हस्तान्तरण गर्ने ।

    पनौती नेपालले पहिलो कार्यक्रम स्वरुप २०६८कार्तिक २८ गते “भिन्तुना मोटर तथा मोटरसाइकल -याली” आयोजना गरेको थियो । यस संस्थाले आजको दिनसम्म आइपुग्दा समाज र सामाजिक हितका लागी विविध सामाजिक कार्यहरू गर्दै आइरहेको छ । युगौं युगसम्म रहिरहने परिकल्पना सहितको यस संस्थाको सामाजिक अभियानको पहिलो पाइला चालेसँगै यस संस्थाको विविध दायित्त्वहरू पनि थपिदै गएको छ । विभिन्न मठ मन्दिर, विभिन्न टोल जादि सरसफाई, विद्यालयहरुमा शैक्षिक सामाग्री हस्तान्तरण, स्वास्थ्य शिविर, विभिन्न अन्तकृयात्मक कार्यक्रम, जात्रापर्वहरुमा प्रत्यक्ष वा अप्रत्यक्ष सहभागिता जस्ता विविध कार्यहरु यस संस्थाले संचालन गर्दै आइरहेको छ । हरेक वर्ष नेपाल सम्बत्‌का अवसरमा याली आयोजना गर्ने यस संस्थाले हरेक वर्ष माघ महिनामा साँखुबाट ल्याइने माधव नारायणका व्रतालु तथा भक्तजनहरुको लागि भोजन अन्य आवश्यक सामाग्रीहरुको समेत व्यवस्था गर्दै आएको सस्थाका अध्यक्ष निवास श्रेष्ठले बताए ।

    आयोजकले हाम्रो परम्परा, हाम्रो संस्कृति हामीले जर्गेना गर्ने हो भन्दै चाहे जाकीडोलको लाखे होस्, चाहे तामाङको झाँकी नृत्य नै किन नहोस्, चाहे खैजडि भजन नृत्य होस्, चाहे पनौतीको देवी नाच नै किन नहोस् यी सबैलाई जर्गेना गर्दै एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरण गर्दै लैजाने र पनौतीमा भएका झाँकीहरु, कला संस्कृतिहरुलाई विश्व बजारमा पहिचान गराउने यस कार्यक्रमको उद्देश्य रहेको छ । अतः सम्पूर्ण कला, संस्कृति प्रेमीहरुलाई यस कार्यक्रममा सहभागी हुन अनुरोध गर्दै हाम्रो अभियानलाई साथ दिइदिनुहुन अनुरोध समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    फोहोर व्यवस्थापनमा देवता बागमतीको नजर, दुई विद्यालयले पाए डस्ट्बिन

    समाचार

    डा. लेखजंग थापाको उम्मेदवारी छनोट : नेपाली राजनीतिमा पद्धतिगत रुपान्तरण

    फोहरमा सुन खोज्ने शहर : जापानको प्रशोधन पार्कबाट सिक्नुपर्ने पाठ

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    काभ्रे खबर

    पनौतीको वडा स्तरमै संचालन हुने भयो राष्ट्रिय परिचयपत्र वितरण शिविर

    राष्ट्रिय परिचयपत्र बेथानचोक गाउँपालिकामै वितरण हुने

    आशिका तामाङसहित दुई जनालाई पाँच दिन कैद सजाय

    राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) द्वारा लिम्पियाधुरा, लिपुलेक र कालापानीको मुद्दामा सरकारलाई खबरदारी

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७३३६ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५७१९ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५५५६ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५४७९ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५०६९ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४९५३ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑