• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ४ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ५ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ६ दिन अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ६ दिन अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १८, बुधबार
    होमपेज /  काभ्रे खबर

    पनौती आधारभूत विद्यालयको ऐतिहासिक फड्को: सामुदायिक शिक्षामा नयाँ आयाम

  • राजन दाहाल
  • २०८१ चैत्र १४, शुक्रबार (३ महिना अघि)
  • ५५० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती/काभ्रेपलान्चोक
    पनौती आधारभूत विद्यालय, पनौती ७ ले दोस्रो दिक्षान्त समारोह तथा अभिभावक भेला भव्य रूपमा सम्पन्न गरी सामुदायिक शिक्षामा नयाँ आयाम थपेको छ। कार्यक्रमले सामुदायिक विद्यालयहरू पनि संस्थागत विद्यालयसरह गुणस्तरीय शिक्षा र गतिविधिहरू प्रदान गर्न सक्षम छन् भन्ने बलियो सन्देश दिएको छ।
    कार्यक्रममा बालविकास केन्द्रबाट कक्षा १ मा प्रवेश गरेका २० जना विद्यार्थीहरूलाई दीक्षित गरिएको थियो। यस कदमले बालबालिकालाई विद्यालयप्रति सकारात्मक भावना विकास गर्न र नियमित विद्यालय जान प्रोत्साहन गर्ने विद्यालयको विश्वास छ।
    कार्यक्रमका प्रमुख अतिथि, पनौती नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष सबिन ताम्राकारले विद्यालयको प्रगतिप्रति खुसी व्यक्त गर्दै सामुदायिक शिक्षाको विकासमा विद्यालयले पुर्‍याएको योगदानको प्रशंसा गरे। उनले विद्यालयमा कक्षा ८ सम्मको पढाइलाई कक्षा १० सम्म विस्तार गर्ने प्रतिबद्धता पनि जनाए । उनले यस बिद्यालयको स्तर र भालेश्वर बिद्यालयको स्तर एउटै भएकोले सम्पुर्ण अभिभावक ज्युहरुमा निर्धक्क भएर आफ्ना बाबुनानीहरुलाई बिद्यालयमा ल्याएर भर्ना गर्न आग्रह गरे ।
    विद्यालयका पूर्व प्रधानाध्यापक लक्ष्मीकृष्ण ताम्राकारले अभिभावकहरूलाई सामुदायिक विद्यालयमा आफ्ना बालबालिकाहरूलाई पढाउन आग्रह गर्दै यस विद्यालयबाट पास भएर गएका विद्यार्थीहरूले अन्य विद्यालयहरूमा पनि उत्कृष्ट नतिजा हासिल गरेको बताए।
    कार्यक्रममा विद्यार्थीहरूले प्रस्तुत गरेको राष्ट्रियता र संस्कृति झल्काउने नृत्यले उपस्थित सबैलाई मोहित तुल्याएको थियो । विद्यालयले तालिम प्राप्त दक्ष शिक्षकहरूद्वारा बालकेन्द्रित विधिबाट सिकाइ क्रियाकलाप सञ्चालन गरिरहेको छ। त्यस्तै अतिरिक्त क्रियाकलाप र प्राविधिक ज्ञानमा पनि जोड दिएको छ।
    विद्यालयमा हाल ३४० जना विद्यार्थी अध्ययनरत छन् भने बालविकास केन्द्रमा मात्र ८४ जना विद्यार्थी भर्ना भएका छन्। अभिभावक भेलामा उपस्थित अभिभावकहरू आफ्ना बालबालिकाहरूको प्रस्तुति देखेर हर्षित भएका थिए।
    यस कार्यक्रमले सामुदायिक शिक्षाको गुणस्तर अभिवृद्धि गर्न र अभिभावकहरूको विश्वास जित्न महत्वपूर्ण भूमिका खेलेको छ।
    कार्यक्रममा प्रमुख अतिथि तथा अतिथिहरु द्वारा दिक्षित विद्यार्थी भाइबहिनीहरुलाई प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रमका सभापति एवं बिद्यालयका प्रधानाध्यापक राजन कर्माचार्यले बिद्यालयले अहिले गरिरहेको काम र पछि हुने गतिविधिको बारेमा चर्चा गरे ।
    हाल बिद्यालयमा ३४०जना विद्यार्थी अध्ययनरत छन् भने बालबिकासमा मात्र ८४ जना विद्यार्थी भर्ना भएको बिद्यालयका प्र अ कर्माचार्यले बताए ।
    कार्यक्रममा प्रमुख अतिथि सबिन ताम्राकार, वडा सदस्यहरु,बालमैत्री सहजकर्ता सुबिना श्रेष्ठ, बिद्यालयका प्र अ तथा शिक्षकहरु र अभिभावक तथा विद्यार्थी भाइबहिनीहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    समाचार

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    काभ्रे खबर

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४३१ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१०२ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७८४ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६६७ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२५३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३३२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑