• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ १५, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      ४ घण्टा अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      २ दिन अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      २ दिन अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      ४ दिन अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      ५ दिन अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      १ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      १ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      १ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      २ हफ्ता अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      २ हफ्ता अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      २ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      २ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      ३ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ १५, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेका प्रधानाध्यापकहरुको छलफल काठमाडौमा : नयाँ सत्रको सुरुवातको समय भएकाले खासै शैक्षिक क्षति नभएको निष्कर्ष

  • राजन दाहाल
  • २०८२ बैशाख ४, बिहिबार (१ साल अघि)
  • ७२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काठमाडौं
    विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने र पुराना सम्झौताहरु कार्यान्वयनको माग गर्दै देशभरका शिक्षकहरुले १५ औं दिन पनि राजधानीमा प्रदर्शन जारी राखेका छन् । यसैबीच, शिक्षकहरुको आन्दोलनमा सहभागितालाई लिएर काभ्रेपलाञ्चोक जिल्लाका प्रधानाध्यापकहरुले बुधबार काठमाडौंमा छलफल कार्यक्रम सम्पन्न गरेका छन् ।
    बानेश्वरस्थित श्री रत्नराज्य माध्यमिक विद्यालयमा भएको छलफलमा आन्दोलनको अहिलेसम्मको उपलब्धि, आन्दोलनको स्वरूप र आगामी कार्यक्रमबारे गहन छलफल भएको थियो । कार्यक्रमको सभापती आन्दोलन परिचालन समितिको संयोजक
    शम्भु प्रसाद घिमिरे ले गर्नु भएको थियो ।

    नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीको आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष सुवेदीले सरकारले ऐन जारी गर्ने विषयमा आशंका उत्पन्न गराएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको बताए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने उनको अडान थियो । उनले आन्दोलनलाई थप सशक्त बनाउन प्रधानाध्यापकहरुको महत्वपूर्ण भूमिका रहने भन्दै सक्रियता बढाउन आग्रह गरे ।
    अध्यक्ष सुवेदीले विद्यार्थीको पढाइलाई लिएर अनावश्यक चिन्ता व्यक्त गरिएको भन्दै शैक्षिक सत्रको अन्त्य र नयाँ सत्रको सुरुवातको समय भएकाले खासै शैक्षिक क्षति नभएको दाबी गरे । यो सबै नयाँ शिक्षा ऐन र आन्दोलनको विपक्षमा रहेकाहरुले फैलाएको अफवाह भएको उनको भनाई थियो । उनले भने, ‘कोरोना महामारी र भूकम्प जस्तो विपत्तिको समयमा पनि यति धेरै शैक्षिक चिन्ता व्यक्त भएको थिएन, जति अहिले सुनिएको छ। महासंघ विद्यार्थीको पढाइप्रति गम्भीर छ र पठनपाठनमा असर नपरोस् भन्नेमा सचेत छ । शिक्षा ऐन जारी गराउन सबै सचेत नागरिकको सहयोग आवश्यक छ ।’
    महासंघ वार्ताको पक्षमा रहेको तर विगतका धोकाका कारण अर्थहीन वार्तामा नबस्ने सुवेदीले स्पष्ट पारे । प्रमुख तीन दलसहितको वार्तामा महासंघ सहभागी हुन तयार रहेको उनले बताए । माग पूरा नभएसम्म आन्दोलन जारी रहने र देशभरका शिक्षकहरुको संख्या सडकमा अझै बढ्ने उनको दाबी थियो ।
    कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका उपमहासचिव राम प्रसाद ढकाल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका अध्यक्ष शंकर अधिकारी, शिक्षक संघका केन्द्रीय अध्यक्ष सोमनाथ गिरी लगायत विभिन्न शिक्षक संगठनका नेताहरुको उपस्थिति थियो । सहभागीहरुले आन्दोलनलाई अझ सशक्त बनाउनुपर्नेमा जोड दिएका थिए ।

    नेपाल शिक्षक महासंघ आन्दोलन परिचालन समितिका संयोजक शम्भु प्रसाद घिमिरेको संयोजनमा भएको कार्यक्रममा काभ्रे जिल्लाका सबै पालिकाका प्रधानाध्यापकहरुको सहभागिता रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

    समाचार

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    काभ्रे खबर

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

    बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

    नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०४१ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६५५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२५३ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१०१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०७६ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९७७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑