काभ्रे / पनौती
पनौती नगरपालिका वडा नं. १ बागमारे घर भएका बर्ष करिब ६० का सिताराम तामाङ भक्तपुरको सिवाडोलमा मृत अवस्थामा फेला परेका छन् । कार्तिक १६ गतेदेखि कहिँकतै सम्पर्कमा नभएका तामाङ आज मृत अवस्थामा फेला परेको स्थानीयले जानकारी दिएका छन् । भक्तपुरका स्थानीय मर्निङ वाक जादा बाटोमा केही खराब बास्ना आएपछि एताउता हेर्दा तामाङको लास देखेको प्रत्यक्ष दर्शीको भनाइ छ । लास भेटेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । अहिले प्रहरी घटना स्थलमा पुगिसकेको र पोस्टमार्टमको लागि लासलाई धुलिखेल पठाउने तयारी गरेको बताइएको छ । तामाङ बनेपामा सुरक्षागार्डको नोकरी गर्दै आएका थिए । घटनाको बारेमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।




