• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ मंसिर १५, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

      १ घण्टा अघि

      कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

      २ दिन अघि

      बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

      ६ दिन अघि

      थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

      १ हफ्ता अघि

      पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

      १ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

      १ हफ्ता अघि

      काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

      २ हफ्ता अघि

      पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

      २ हफ्ता अघि

      प्रवासीले बनाएका पशुपतिनाथको मन्दिर आगामी मङ्सिर २ गते उद्घाटन हुँदै

      २ हफ्ता अघि

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      ३ हफ्ता अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ हफ्ता अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ महिना अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      १ महिना अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      १ महिना अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      २ महिना अघि
    in
    आज: २०८२ मंसिर १५, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

  • राजन दाहाल
  • २०८२ मंसिर १५, सोमबार (१ घण्टा अघि)
  • ३२ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती

    पनौती नगरपालिकामा आयोजना हुने नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आज मंसिर १५ गतेबाट पनौती क्षेत्रीय रंगशालामा सुरु भएको छ। पनौती भरिका २९ विद्यालयका १,१४९ विद्यार्थीको सहभागितामा सुरु भएको प्रतियोगिता तीन दिनसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा भलिबल, कबड्डी, एथलेटिक्ससहितका खेल विधा समावेश छन्। भलिबलतर्फ १४ विद्यालयका छात्र टोली र ११ विद्यालयका छात्रा टोली सहभागी छन्। त्यस्तै कबड्डीमा ९ विद्यालयका छात्र तथा १० विद्यालयका छात्रा प्रतिस्पर्धामा छन्। एथलेटिक्समा १५ विधामा १ सय ९५ छात्र र १ सय ७० छात्रा गरी ३६५ विद्यार्थीले सहभागिता जनाएका छन्। समग्रमा ४०९ विद्यार्थी विभिन्न खेलमा प्रत्यक्ष रूपमा प्रतिस्पर्धा गर्नेछन्।

    उद्घाटन समारोह पनौती नगरपालिकाकी उपप्रमुख गीता बन्जाराको अध्यक्षतामा सम्पन्न भयो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्मा, शिक्षा शाखाका निर्देशक प्रणराज न्यौपाने, शिक्षा शाखा प्रमुख पुष्पा अर्याल, वडा अध्यक्षहरू, शिक्षक संघ–संगठनका प्रतिनिधि, विद्यालयका प्रधानाध्यापक तथा विद्यार्थीहरूको सहभागिता थियो।

    कार्यक्रममा बोल्दै प्रमुख प्रशासकीय अधिकृत दामोदर शर्माले खेलकुद अनुशासन, मेहनत र उज्ज्वल भविष्य निर्माणको महत्वपूर्ण आधार रहेको बताउँदै खेलकुदले जीवनयापन र पेशागत उन्नतिमा समेत सहयोग पुर्‍याउने धारणा व्यक्त गरे। शिक्षा निर्देशक प्रणराज न्यौपानेले सहभागी विद्यार्थीहरूलाई सफलताको शुभकामना दिँदै विगतका वर्षझैं यस वर्ष पनि पनौतीका विद्यार्थीहरूले उत्कृष्ट प्रदर्शन गर्दै नगरको प्रतिष्ठा उँचो राख्ने विश्वास व्यक्त गरे। उद्घाटन सत्रकी सभापति उपप्रमुख गीता बन्जाराले गत वर्ष पनौती नगरपालिका विभिन्न विधामा उत्कृष्ट प्रदर्शन गर्दै जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड हासिल गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै यस वर्ष पनि पनौतीले उत्कृष्ट नतिजा ल्याउने अपेक्षा व्यक्त गरिन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

    गिम्दी प्रवासी युवा समाजको नेतृत्वमा पुनर्निर्मित पशुपतिनाथ मन्दिर उद्‍घाटन

    काभ्रे तरुणद्वारा बृहत मोटरसाइकल र्‍याली, हजारौं युवाको उपस्थिति

    समाचार

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    थुम्की आधारभूत विद्यालयमा प्रा.वि. स्तरीय अतिरिक्त क्रियाकलाप सम्पन्न

    काभ्रे खबर

    पनौतीमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता : २९ विद्यालयका १ हजार १ सय ४९ विद्यार्थी सहभागी

    कांग्रेसभित्र ‘युवामाथिको अवरोध’ र ‘चरित्रहत्या अभियान’ चलेको छ : रोशन पाण्डे

    बुडोल सामुदायिक साकोसको २६ औँ वार्षिक साधारण सभा सम्पन्न

    पनौतीमा पशुधन बिमा कार्यक्रम, ४ हजार भन्दा बढी कृषक लाभान्वित

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५७५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९०२ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७५४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६९४ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५४६० पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२२९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑