• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २५, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      २ घण्टा अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ७ घण्टा अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      १ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      ३ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      ६ दिन अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      १ हफ्ता अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      १ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      १ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      १ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      २ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      २ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २५, सोमबार
    होमपेज /  काभ्रे खबर

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

  • राजन दाहाल
  • २०८३ जेष्ठ २५, सोमबार (२ घण्टा अघि)
  • ५१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • पनौती

    पनौती नगरपालिकाभित्र रहेका तीन स्वास्थ्य संस्थाको सामाजिक परीक्षणबाट प्राप्त नतिजा सार्वजनिक गरिएको छ। पनौती नगरपालिकाको आयोजना तथा एकीकृत सामुदायिक विकास नेपाल (आईसीडीएन) को प्राविधिक सहयोगमा नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रम मार्फत सामाजिक परीक्षणको नतिजा सार्वजनिक गरिएको हो।

    नगर प्रमुख रामशरण भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा एकीकृत सामुदायिक विकास नेपालका अध्यक्ष श्याम तिमल्सिना, स्वास्थ्य शाखा प्रमुख जनक केसी, विभिन्न स्वास्थ्य संस्थाका प्रमुख, स्वास्थ्य स्वयंसेविका तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

    कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख जनक केसीले सामाजिक परीक्षणको उद्देश्य तथा नगरपालिकाले प्रदान गरिरहेका स्वास्थ्य सेवाबारे जानकारी गराएका थिए।

    उनले सामाजिक परीक्षणबाट प्राप्त नतिजा सार्वजनिक गर्दै स्वास्थ्य सेवामा नागरिकको पहुँच, सेवाको गुणस्तर, प्रभावकारिता तथा स्वास्थ्य संस्थाको जवाफदेहिताबारे सुझाव संकलन गरी सुधारका योजना बनाउने उद्देश्य रहेको बताए।

    पनौती नगरपालिकाले यो बर्ष तीन वटा स्वास्थ्य संस्थाको सामाजिक परीक्षण गरेको छ । यस वर्ष पनौती–१० खोपासीस्थित पनौती नगर अस्पताल, पनौती–७ स्थित पनौती स्वास्थ्य चौकी र पनौती–२ कुशादेवीस्थित अन्टेटार आधारभूत स्वास्थ्य केन्द्रमा सामाजिक परीक्षण गरिएको थियो।

    सामाजिक परीक्षणकर्ता विष्णु पराजुलीले नेपाल सरकारले २०७७ सालमा जारी गरेको सामाजिक परीक्षण निर्देशिकाका आधारमा अध्ययन गरिएको जानकारी दिए। स्वास्थ्य क्षेत्रमा पहुँच र उपयोग, स्वास्थ्य सेवाको गुणस्तर, औजार तथा उपकरणको अवस्था, भौतिक पूर्वाधार, स्वास्थ्य संस्थाको आम्दानी तथा खर्च, पारदर्शिता र जवाफदेहिता, स्वास्थ्य सेवाबारे नागरिकको जानकारी तथा स्वास्थ्य संस्था सञ्चालन तथा व्यवस्थापन समितिको भूमिकालगायतका विषयमा विस्तृत अध्ययन गरि सामाजिक परिक्षण गरिएको उनले बताए ।

    उनले परीक्षणका क्रममा देखिएका सबल पक्षसँगै सुधार गर्नुपर्ने केही कमजोरीहरू पनि औँल्याउँदै स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्नुपर्ने आवश्यकता रहेको बताए।

    कार्यक्रममा सामाजिक परीक्षणबाट प्राप्त नतिजाको सार्वजनिककरणसँगै सहभागीहरूबाट स्वास्थ्य सेवाको पहुँच, सेवा प्रवाह, प्रभावकारिता तथा व्यवस्थापनसम्बन्धी राय, सुझाव र प्रतिक्रिया संकलन गरिएको थियो। उठेका सवालमाथी प्रष्ट पार्ने काम समेत भएको थियो ।

    कार्यक्रमका अध्यक्ष तथा नगर प्रमुख रामशरण भण्डारीले सामाजिक परीक्षणलाई अझ विस्तृत बनाउनुपर्ने धारणा व्यक्त गरे। उनले स्वास्थ्य संस्थाको आर्थिक तथा प्रशासनिक पक्षलाई थप व्यवस्थित बनाउन केन्द्रीकृत लेखा प्रणालीमार्फत लेखापरीक्षण गर्न सकिने सुझाव दिँदै छुट्टाछुट्टै स्वास्थ्य संस्थामा अडिट गर्दा आर्थिक भार बढ्ने बताए।

    नगर प्रमुख भण्डारीले गुणस्तरीय र प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका निरन्तर प्रतिबद्ध रहेको उल्लेख गर्दै स्वास्थ्य संस्थाहरूले नागरिकलाई कस्तो सेवा प्रदान गरिरहेका छन् भन्ने विषयमा नगरपालिकाले नजिकबाट निगरानी गरिरहेको बताए।

    प्रतिक्रिया दिनुहोस

    काभ्रे खबर सम्बन्धि थप

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    समाचार

    पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

    काभ्रे खबर

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०५८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६७० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२६८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१२४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०८९ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९९५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑