डा.साब आज हामी विशेष गरी महिला स्वास्थ्यको विषयमा रहेर कुराकानी गर्दैछाँै । के हो ?महिला स्वाथ्य बताइदिनुस न ।
महिलाहरु भनेको समाजको अभिन्न अंग हो । उहाँहरु नै आमा, हजुरआमा छोरी महिला हो । उहाँहरुले नै घरमा निणर्यहरुमा आफ्नो स्वास्थ्य राम्रो भयो भने निर्णयमा पनि भाग लिन सक्ने परिवारलाई पनि राम्रो बनाउँदै लैजान सक्ने भएकोले उहाँहरुको स्वास्थ्य राम्रो हुन एकदमै जरुरी छ र उहाँहरु चाँही पटक पटक महीनावारी भै राख्ने गर्भवती हुनु पर्ने बच्चा जन्माउनु पर्ने आंङ खस्ने समस्याहरु पटक पटक भै राख्ने ले गर्दा महिलाले गर्दा परिवारमा असर गर्ने भएकोले उहाँहको स्वास्थ्य एकदमै ठिक हुनु जरुरी भएकोले महिला स्वास्थ्य बारेमा कुरा गर्न खोजेको ।
महिनावारी भनौ या मिन्स भएको समयमा महिलाहरुले के कस्ता कुराहरुमा ध्यान दिनु पर्दछ ?
महिलाहरुले महिनावारी हुँदा खेरी आफ्नो जिउको एकमदमै राम्ररी ख्याल गर्नु जरुरी छ । हाम्रो समाजमा विद्यमान छुवाछुतहरु नछोइकन बस्नु पर्ने यस्तो भएकोले चाहीँ त्यस्तो हुँदैन त्यस्तो नगर्दा पनी केहि हुन्न तर हाम्रो सरसफाइमा ध्यान दिनुपर्ने नुहाउनु पर्ने लुगाहरु राम्ररी धुनुपर्ने सफासुगर बस्नुपर्ने चाँही एकदमै महत्वपूर्ण हो । त्यसलाई हामीले गर्दै लैजादा नै राम्रो हुन्छ । अब महिनावारी भएको महिलाले चाँही पहिलो दिन दोस्रो दिन तेस्रो दिन गर्दै हरेक दिन नुहाउनु जरुरी छ । दिनभरीमा पनि त्यो आफुले प्रयोग गरेको प्याड, कपडाहरु पटक पटक चेन्ज गर्न जरुरी छ र दिशा पिशाव गरि सकेपछि आफ्नो योनी या गुप्ताङ्गहरु राम्रोसँग सफा गर्न जरुरी छ । नत्र त्यहाँबाट इन्फेक्सन फैलन सक्छ । त्यही भएर उहाँहरुले सरसफाइमा ध्यान दिनु प¥यो अर्को खानपिनमा पनि ध्यान दिनु प¥यो । जिउबाट फोहोर रगत जाने भन्ने जनमानसिकतामा छ तर त्यो महिनावारी भनेको बच्चा बस्न नसकेर बच्चाको लागि प्रिप्रेर भैराखेको इन्डोम्याट्रम भन्छौ हामी पाठेघरको भित्ताहरु यो चाँही बच्चा बस्न नसकेकोले निक्लने हो । र त्यो रगत नराम्रो भन्ने गएकोे हुँदैन राम्रो रगत गएकोे हुन्छ । त्यही भएर धेरै रगत जान हुँदैन रगत धेरै गयो भने तुरुन्त अस्पताल जनु पर्ने हुन्छ । त्यो याद गर्नु प¥यो । खानपानमा ध्यान दिनु प¥यो र प्रसस्त आरामा गर्नुप¥यो । उहाँहरुले चाँही इट्रेश बढी नै राख्ने भएकोले धेरै कामहरु गरिरहन खोज्ने सामान्य नै त हो नी भनेर सोचहरु लिने गर्दा खेर उहाँहरुको स्वस्थ्य अझ जटिल हुँदै जान सक्छ । त्यही भएर खान पानमा ध्यान दिन र विहान दिउँसो र बेलुकाको समयमा आरामा गर्नेु पर्ने हुन्छ । अनि तातो पानीहरु खाने हट ब्याग हरु छ भने हट ब्यागले पाठेघरमा सेक्ने र कोही महिलाहरुलाई एकदमै धेरै दुखाइ हुन सक्छ । दुखाइ छ भने पनि महिनावारी दुखाई भएको बेलामा औषधी खायो भने यसले पछि फर्टिलिटि जस्तै बच्चा पाउन असर गर्छ भन्ने मानसिकता छ त्यतो होइन बैज्ञानिक हरुले बषौँ महिनौ बसेर औषधि पत्ता लगाउनु भएको छ । त्यो औषधिले असर गर्दैन जबकि अझ उहाँहरुको क्वालिट अफ लाइफ दिन दिनै गर्नुपर्ने आफ्नो काम क्रियाकलापहरुमा सजिलो बनाइदिन्छ । त्यहिभएर औषधिहरु सेवन गर्नु पर्दछ दिनको ३ पटक सम्म महिनावारी हुँदा खेरी नै नदुखोस् भनेर बनेको औषधिहरु छन् छुटै सिटामोलहरु जस्तै हो । सामान्य सिटामोला जस्तै हो तर महिनावारी भएको बेलामा पाठेघरमा पनि त्यसले असर गर्ने भएकोले सुरक्षित रुपमा लिन सकिन्छ । पछि केही होला कि भन्ने नडराइकन २÷३ सम्म लियो भने उहाँहरुको काम गर्ने तरिका जिवन सैलिहरु बच्चाहरुलाई आफ्नो घरमा दिनु पर्ने समयहरु सबैमा असर नगर्ने भएकोले उहाँहरुले औषधि पनि सेवन गर्न सक्नुहुन्छ । अनि अरु प्याडको कुरा भयो । अहिले चाँही मेन्सुरेसन कपहरु आएको छ । अनि घरमा युज गर्ने कपडाहरु भयो । घरमा युग गर्ने कपडहरु छन् भने त्यो पनि एकदमै राम्रो हो नराम्रो भन्ने सोच्नु हुँदैन । तर त्यसलाई के गर्नुपर्छ भन्दा चाँही राम्रो सँग साबुन पानीले धोएर घाममा सुकाउने घामले स्टेवलाइजेसन गर्छ त्यो भनेको चाँही उमालेको बराबरै किटानुहरु मर्ने भयो । राम्ररी घाममा सुकाएको कपडा फेरी प्रयोग गर्न सकिन्छ । त्यो चाँही इको फ्रेन्डीपनि हुन्छ भनेको चाँही हाम्रो वातावरणलाई प्रदुषण नगर्ने जुन चाँही प्याडहरु युज गरिराखेको छ त्यो गर्न सकिन्छ । अनि हैन अब प्याड हरु हाइजिन मेनटेन गर्न सकिन्दैन सरसफाइमा ध्यान दिन सकिँदैन भने चाँही प्याडहरु युज गर्ने तर त्यो प्याडलाई राम्ररी डिस्पोज गर्ने राम्रो ठाउँमा फ्याँक्ने गर्नुपर्ने हुन्छ । यो दुईटै कुरालाई सजिलो बनाएको छ मेन्सुरेसन कमले । यो चाँही युज पनि गर्न मिल्यो पोलुसनहरु पनि भएन र एतापटि स्टेवलाइजेसन फोहोर होलाकी इन्फेक्सन होलाकी भन्ने डर पनि भएन
महिनावारी हुँदा चाँही महिलाहरुमा तल्लो पेट दुख्ने साथै ढाड दुख्ने समस्या बढी हुने भन्ने सुनिन्छ । यो चाँही के कारण ले गर्दा खेर हुन्छ ?
धेरै महिलाहरु आत्तिदै पनि आउनुहुन्छ हामीहरुकोमा क्लिनकहरुमा किन महिनावारी भएको बेला एति धेरै पेट दुख्छ भनेर अनि हामिले दुईटा कुरा हुन सक्छ फिजियोलोजिकल र प्याथोलोजिकल । फिजियोलोजिकल भनेको चाँही जिउको सामान्य तौर तरिका नै त्यस्तै भएर अनि कहिले काँही चाँही रोग भएरै अब जिउको सामान्य तौर तरिका कस्तो भने चाँही पाठेघरलेचाँही कुनै पनि कुरा त्याँहा भित्र भने त्यसलाई फरन बडी भन्छन् । यो मेरो जिउमा नराम्रो कुरा आयो भने त्यसलाई घकेल्न खोज्छ अनि त्यो पाठेघरको भित्ता बाक्लो भएकोलाई निकाल्न खोज्दा खेरी खुम्चने हुन्छ । त्यो खुम्चदाँ खेरी बेस्सरी नै दुख्ने हुन्छ यो भनेको फिजियोलोजिकल सामान्य उहाँलाई जिउमा केहिभएको छैन तर पाठेघर आफै खुम्चिएर जस्तै प्रसब क्रियामा पनि बच्चालाई धकेल्न लाई पाठेघर खुम्चेर दुख्ने हुने त्यसरी नै दुखेको छ भने यसलाई सामान्य रुपमा लिनु प¥यो । तर ढुक्क भएर यो यहित होनी भनेर बस्नु भएन जचाउनु प¥यो । अनि रोगहरु केहि छ कि भनेर त्यसलाई रुलअउट गरेर रोग चाँही छैन सामान्य हो भनेर औषधी लिन चाँही मिल्यो तर कतिपय समयमाचाँही पाठेघरमा समस्या हुन्छ जस्तै ट्युमरहरु पलाएको पाठेघर भित्रै पोलिपहरु भएको पाठेघरहरुको भित्ताहरुमा फाइभरहरु भएको अथवा वाहिर सिस्टहरु भएको इन्डोमेट्रोटिस्त भन्ने हुन्छ त्यसले एकदमै दुखाउछ अनि इन्डोमेट्रिभ पोलिभ भन्नेले पनि धेरै नै दुखाउँछ । महिनावारी हुँदा खेरी यो समस्या छ कि छैन चाँही हेर्नु प¥यो । कुनै स्त्रीरोग विशेषज्ञलाई देखाएर तपाईमा केही पनि रोग छैन यो फिजियोलोजिकल हो भन्नु भयो भने चाँही ढुक्क भएर बस्न मिल्यो । सामान्य तया हटब्यागहरुले सेक्ने तातोापानि खाने औषधि खाने बस्ने गर्ने मिल्यो । हैन केही रोग छ भने चाँही रोगको उपचारमा लाग्नु प¥यो । ट्युमर छ भने ट्युमर निकाल्नु प¥यो । सिष्ट छ भने सिष्ट निकाल्नु प¥यो । पलिट छ भने पलिटलाई काट्नु प¥यो । यसरी अगाडी बढ्न सकिन्छ ।
महिलाहरुमा आङ झर्ने आङ खस्ने समस्याहरु देखिन्छन् । के हो यो भनेको ?
अब आङ्ग भनेको कुनै पनि अंगलाई नै भनिन्छ । अब आङ्ग झर्ने भनेर हाम्रो सामाजमा चाँही कसरी लिएको छ भने पाठेघर भित्री अंगहो । भित्रहुनुपर्ने अंगचाँही बाहीर निक्लियो । वहाँहरुको योनी भन्दा बाहिर निक्लियो । योनी ७ सेमि हुन्छ । त्यो भन्दा माथि पाठेघर हुन्छ । त्यो पाठेघर चाँही आफ्नो ठाउँ छोडेर योनी छोडेर अझ बाहिर निक्लिने हुन्छ । कहिले काही पाठेघर आफ्नो ठाउँ छोडेर योनीमा आएर बसिदिन्छ । यो दुवै समस्यालाइ चाँहि आंग झर्ने भन्छ । यो चाँही पाठेघर झरेको भयो यो संग सगै कहिले काँही दिशाको थैली कहिले काँही पिसाको थैलि हरु पनि निक्लने हुन्छ । त्यसलाई पनि आंग झर्ने संग सगै लिन्छौँ हामी तर यसलाई हामीले मेडिकल भाषामा सिस्टोसिल युट्रोभर्जनल रेक्टोसिल भनेर नामाकरण गरेको हुन्छौँ ।
यसको उपचार सम्भव छ डक्टरसाब ?
बिल्कुलै उपचार सम्भव छ । धेरै आमाहरु चाँही के उपचार नै सम्भव छैन अथवा लाजको कारण ले नआइरहनु भएको हुन्छ । अप्रेसन गरेर पनि अथवा अप्रेसन नगरेर पनि दुवै थरिकाको उपचार गर्न सकिन्छ । कति आमाहरु चाँही म बुढी भैसके अथवा मलाई जिउले धान्दैन भनेर नगर्नु भाको त्यसमा चुरा राख्ने उपचार पद्धति छ । चुरा भन्छौ हामी उहाँहरु बझाउनको लागि तर हाम्रो भाषामा रिङपेसरी भन्छौँ । रिङ प्रेसरी राखेर अड्काइदिने अनि सामान्य अरु महिलाले जस्तै जिवन यापन गर्न सक्ने हुन्छ । शारिरीक सम्पर्क पनि गर्न सक्ने अरु घरको काम काज हरु पनि गर्न सक्ने अंग पनि बाहिर ननिक्लने अनि हैन यो चुरा राख्दा पनि समस्या भयो अझ पनि झर्याे हैन अथवा म चुरा नराख्ने अप्रेशन नै गर्ने भन्नुहुन्छ भने पाठेघर जुन बाहीर झरेको छ अथवा दिशा पिसाव थैलि खसेको छ । दिशा पिसाब थैली लाई आफ्नो ठाउँमा पु¥याउने र पाठेघरलाई निकाल्ने पनि गर्न सकिन्छ । तर जस्को प्रजनन शक्ति छ जसले बच्चा पाइ सक्नु भएको छैन उहाँहरुको लागि चाँही चुरा राख्ने उपचार नै राम्रो हुन्छ । किनभने उहाँहरुले अझ बच्चाहरु जन्माउन नै बाँकी हून्छ । बच्चा पाई सक्नु भएको महिलाहरुलाई अथवा अलि बुढेसकाल भैसकेको आमाहरुलाई पाठेघर निकाल्न पनि सकिन्छ ।
चुरा राख्ने भन्नेभयो, के हो चुरा ?
चुरा भनेको चाँही प्रेसरी भन्छौँ यो रबरको पनि बन्छ सिलिकनको पनि बन्छ । यो ठ्याक्कै चुरा जस्तै सेपमा हुन्छ । अलि मोटो हुन्छ । अनि यो इन्फेक्सन नहुने खालको हुन्छ । अनि सिलिकनको त अझै झिक्दै राख्दै गर्न पनि मिल्छ । रबरको चाँही एक पटक युज गरेपछि ३ महिनामा फालेर नयाँ हाल्नु पर्ने हुन्छ । यो चाँहि सिन्थेटिक मेटेरियल कुनै फ्याक्ट्रीमा बनाएको डिफरेन्ट साइजको हुन्छ । महिलाहरुको आंग कतिको झरेको छ । कति बाहिर निक्लेको छ । यसलाई कति चाहिन्छ भनेर हामिले साइजहरु लिएर त्यो साइजलाई अनुसार योनि भित्रहालेर पाठेघरलाई माथि धकेल्न सक्छौँ । यो चाँही एउटा उपचारको इन्ट्ररुमेन्ट हो ।
यो उपचारको पद्धति भयो । यसले गर्दा साइड इफेक्टहरु कुनै पर्छ ?
चुराले कुनै साइड इफेक्छ हुँदैन । चुरा त्यही बेलामा नै हामीहरुले आमा तपाईहरुको पिसाब अड्कििन्छ कि ? हिड्न अफ्ठेरो हुन्छ ? हेर्नुस भन्छौ । त्यसरी राखिसकेपछि ओ.पि.डि को बाहिर एकछिन हिड्न लगाउँछाँै । अनि हिड्न लगाउँदा उहाँहरुलाई हिड्न आफ्ठ्ेरो भयो पिसाब रोकियो भन्नु भयो भने चाँही त्यो भएन भनेर ठूलो साइजको अथाव सानो साइजको चेन्ज गर्ने अथवा सजिलो गराउने तिर लाग्छौँ । तर यो राखि सकेपछि वहाँहरुलाई साइड इफेक्ट चाँही केहि पनि हुँदैन तर कति महिलाहरु चुरा राख्यो भनेर ढुक्क भएर बसिदिनुहुन्छ । तिन महिना पछि चाँही वहाँहरु आउनै पर्ने हुन्छ । त्यसलाई झिकेर सफा गरेर फेरिहाल्ने कि सिलिकन छ भने ? र रबर छ भने अर्काे हाल्ने ?गर्ने पर्छ नत्र राखेको राखै गरिराख्यो भने यसले भित्र इन्फेक्सन गर्ने अनि योनिहरुको भित्ताहरु त्यसलाई घाउ बनाएर रतगहरु निकाल्ने समस्याहरु ल्याउन सक्छ ।
चुरा राखेको अवस्थामा पनि बच्चा जन्माउन सकियो ?
सकियो । त्यस्तो कति महिलाहरु हुनुहुन्छ ।
डा.साब निसन्तान पन के कारणले गर्दा हुन्छ ? यसको उपचार सम्भव छ कि छैन ?
निसन्तान पनको कारणहरु चाँही कहिले महिलामा हुन्छ २५ प्रतिशत कहिले श्रीमान अथाव मेल पार्टनर अथाव दुवैमा हुन सक्छ र कहिले काहीँ चाहि कसैमा नभई कन अन्नोन कज भन्ने पनि हुन सक्छ । श्रीमानमा चाँही सानो बेलामा अन्डासयमा चोटहरुलागेको हाडेहरु आएको सुक्रकीट नै नबन्ने ट्युमरहरु पलाएको अथावा राम्रो संग इरेक्सन नहुने समस्याहरु जसरी शारिरीक सम्पर्क गर्दा नहुने भएको छ भने । अनि इन्फेक्सन हरु केही छ भने कडी भन्छौ जुन गुप्ताङ सिधा नहुने घुमिरेको हुने त्यस्तो कन्डिसन हुनसक्छ । उहाँहरुलाई जाँचेर वृर्य जाँच गर्नु पर्छ । महिलामाचाँही कसैकसैको शारिरीक बनावट जन्म जातै पाठेघर दुईटा हुने पाठेघर नै नहुने योनी नै दुईटा हुने । अरुपनि अनेकौ कारणहरु हुन सक्छ । कहिकाहीँ चाँही जन्मजातै चाँही ठिक भाको तर पछि ट्युमरहरु पलाएको पटक पटक इन्फेक्सन भएर नलि ब्लक भएर अथवा पाठेघरमा ट्युमरहरु पलाएर बच्चा बसे पनि त्यसलाई अर्वोसन गराएर बच्चा बस्न दखिएर पनि त्यसलाई अवरोध गराएर त्यो कारणहरु हुन सक्छ । कति पटक त हर्माेन हरुको डिसव्याबालेन्स हुने ट्युमरहरु हाम्रो दिमागमै पलाएर अथवा पेटमै पलाएर पनि हुन सक्छ । अव कतिपटक चाँही सबै ठिक हुन्छ । महिलाहरुको रगतहरु आउने बाटो नै बन्द भएको हुन्छ । त्यस्तो कन्डिसन छ भने त्यसलाई सामान्य चिरफार गरेर फेरि बाटो बनाइदिएर गर्न सक्छाँै । कहिले काहीँ श्रीमान श्रीमती दुवैमा हुन सक्छ । कति पटक हामीले दुवैमा नभेटेको करणहरु पनि छ । सबै ठिक ठाकै पनि छ तर अन्नोक कजले गर्दा पनि निसन्तान पन भएको छ ।
अन्नोन कजहरुमा के पर्छ ?
अन्नोज कज भन्नाले हामिहरुले पत्ता नै लगाउन नसकेको जस्तै अब दुवैमा ठिक ठाक छ हर्माेन पनि ठिक छ शारिरीक बनावट पनि ठिक छ ट्युहरु पनि ठिक छ, श्रीमानको अन्डासय पनि ठिक छ शुक्रकिटको मात्रा पनि ठिक छ तर वहाँहरुको बच्चा चाँही बसिरहेको छैन भने । हामीहरुले पनि पत्ता लगाउन नसकेको के कारण हो भनेर ।
डा.साब महिलाहरुमा स्थन क्यानसर भएको देखिन्छ के कारणले गर्दा हुन्छ ?
स्थन क्यानसर धेरै नै देखिराखेको छ । मेन कलप्रिट भनेको चाँही स्ट्रोजन हर्माेन हो जिउमा धेरै ट्युमरहरु हुन सक्छ जस्तै डिम्बासयमा ट्युमर हुन सक्छ पाठेघरमा कति महिलाहरुले धेरै लामो समय सम्म पिल्सहरु खाइराखेको हुन सक्छ । कति महिलाहरुले स्थनपान नगराएको हरुमा पनि रिक्स हरु बढी हुन्छ । खानपानको तालमेलहरु नमिलेर पनि अतिकति रिक्स फ्याक्टरहरु बढी राखेको छ ।
धेरै महिलाहरु चाँही बच्चालाई बच्चा जन्मिसकेपछि स्थनपान नगराउने महिलाहरु पनि हुनुहुन्छ । त्यसले गर्दा स्थन क्यान्सकोलागि सहयोग पुग्छ कि नाई ?
अ । स्थनपान नगराउँदा क्यानसर रिक्स बढी छ भनेर देखाएको छ । नेचरले बनाएको बच्चा नपाएको महिलाहरुमा पाठेघरमा ट्युमरहरु हुनसक्ने सम्भावना बच्चा स्थनपान नगराएको महिलाहरुमा स्थनको क्यानसर हुन सक्ने सम्भावना बढी देखिएको छ रिसर्चमा ।
डा.साब महिलाहरुमा पाठेघरको समस्याहुने गर्छ कतिको त पाठेघरनै क्यानसर हुने गरेको पनि देखिन्छ । के कारणले गर्दा पाठेघरको क्यान्सर हुन्छ ?
पाठेघरको क्यान्सर भन्दा पनि पाठेघरको मुखको क्यान्सर भनेर बुझछौँ । त्यस्तो क्यान्सर चाँही महीलाहरुमा दोस्रो धेरै देखिने क्यान्सर भन्छौ । यसको कारण धेरै चाँडो बिवाह गरेर शारिरीक सम्पर्कमा होमिनु भएको बच्चा धेरै पाउनु भएको एक भन्दा बढी पाटनर भएको शारिरीक सम्पर्क २ ३ जना भएको श्रीमान को धेरै पार्टन भएर श्रीमतीको १ जना मात्र पार्टर भएमा हुन सक्छ । भनेको कारणहरु भने त्यस मध्ये भाइरस मुख्य कारण हुन्छ । श्रीमानबाट आए पनि श्रीमती बाट आए पनि मेन भाइसर चाँही धेरै श्रीमान श्रीमती जुनमा पनि हुन सक्छ । बच्चाहरु धेरै पाउँदा शारिरीक सम्पर्क धेरै गर्दा खेरी घाउहरु भयो भने क्यान्सर हुनसक्छ सम्भावना हुन्छ । वहाँहरुको लागी कारक तत्वहरु बन्न जान्छ । त्यस्तै गाउँघरतिर पाठेघर निकालेर फ्याँदा खेर क्यान्सर नै निकालेर फलिदियो भने राम्रो हुन्छ भन्छन् । पाठेघरको यो राम्रो पद्धति हैन पाठेघरको क्यान्सरको पूर्वा अवस्था प्रि सर्भाइकल क्यान्सर स्क्रिनिङ क्यान्सर हुनु भन्दा पहिला नै पत्ता लगाउने पद्धती आइसकेको छ । भि आई ए भन्छ पाठेघरमा एउटा एसिड राख्ने क्यान्सर छ भने लक्षण देखिने अर्काे एल बि सी भन्न मिल्छ । अर्काे प्याट स्मेयर भन्न मिल्छ । अर्काे डि एन ए टेस्ट भाइसर छ कि भनेर टेष्ट गर्ने यो सबै जाँचहरु गर्दा खेरी क्यान्सर हुनु भन्दा अगाडी नै पत्ता लगाएर पाठेघरको मुखलाई सेकीदिने पाठेघरको मुख कतिकति मात्र काटिदिने गरियो भने हामीले त्यसलाई रोकथाम गर्न सक्छौँ । अगाडी नै पत्ता लगाउन सक्छौँ । क्यान्सर नै भयो भने छुट्टै कुरा हो । क्यान्सर हुनु नदिन पाठेघर नै फाल्ने पद्धती राम्रो होइन ।
महिलाहरुले गर्भा अवस्थामा कुन कुन कुरामा ध्यान दिनु पर्छ ?
गर्भा अवस्थामा महिलाहरुले ध्यान दिनु पर्ने कुराहरुमा छ । वहाँहरुले खानपानमा ध्यान दिनु प¥यो । आफ्नो ब्लड प्रसरहरु बढेको छ कि छैन ध्यान दिनु प¥यो आफ्नो तौल कतिको बढेको छ ध्यान दिनु प¥यो । अनि अब हामीले गर्भाअवस्थामा ३ वटा टाइम अवस्था भन्छौ शुरुको बिचको र लास्टको शुरुको को र लास्टको टाइममा शारिरीक सम्पर्क गर्नु भएन अनि बम्पि रोडहरु त्यस्तो धेरै हिड्नु भएन । समय समयमा स्वास्थय चौकी वा कुनै अस्पतामा गएर जचाइराख्नु प¥यो । एकदमै डरलाग्दो अवस्थामा प्रेसर बढ्यो भने ज्यान जान सक्छ । सुगर बढ्यो भने सुगरले बच्चाको ज्यान लिन सक्छ अनी बच्चाको तौलहरु बढीराखेको छ की छैन भनेर पेट छामेर थाहा पाउन सक्छौ । बच्चाको ग्रोथ कतिको भईराखेको छ भनेर पनि जचाउन पनि उहाँहरु स्वास्थ्य चौकी जानु प¥यो । बच्चा सानो रैछ भने औषधी प्रयोग गरेर बच्चा हुर्कने गराउन सक्छौँ । अनी बच्चाको तौल धेरै बढी रैछ भने कन्ट्रोल गर्न सक्छौँ । बच्चा खेल्ने पानी कम रैछ भने पनि वहाँहरुले भिडियो एक्सरे गर्ने पानि कम रैछ भने पानि बढाउने औषधी हरु दिन मिल्छ । बढी रैछ भने त्यसलाई कियरफुल भएर हेरेर अलिकति मात्र पानि बग्यो भने तुरुन्त आउनु भनेर डेलिभरी समयमै गराउन सक्ने हुन्छ । त्यही भएर वहाँहरुले धेरैकुरामानै ध्यान दिनु पर्छ रगतको समुह पत्ता लगाएर राख्ने प¥यो कुनै समयमा ब्लिडिङ धेरै भयो भने समुह पत्ता लगाउन टाइम लाग्छ । ज्यान जान सक्छ । सुगर पत्ता लगाउनु प¥यो । पिसाब इन्फेक्सन एकदमै धेरै देखिने भएकोले समय समयमा पिसाब जाँच गर्न गई राख्ने प¥यो । ५ महिना कटेपछि बच्चा कतिको राम्रो चल्छ चल्दैन हेर्नु प¥यो । कति महिलाहरु बच्चा कम चलेको छ १ २ दिन पछि जाउँला भन्दा बच्चा खेर गैसकेको हुन सक्छ । तेहि भएर उहाँहरुले दिनमा कति पटक बच्चा चल्छ, पहिला भन्दा फ्रिक्यवन्सि कम भएको हो की यदा गर्नु प¥यो । बच्चा कम चल्ने बितिकै हस्पिटल गई हाल्नु प¥यो । विविध कुराहरु छन् ।
गर्भवतन तथा गर्भ तुहीने कारणहरु के के हुन सक्छन् ?
यो पनि धेरै नै कारणहरु छ । कति कारणहरु त कति अर्वोसनहरु त हामीलाई थाहा नै नभई हुन्छ । जस्तै श्रीमान श्रीमतीको वंशाणुगत डिएनए कसरी बनेको छ त्यसलेगर्दा पनि बच्चा अर्वाेशन हुने हुन्छ । कहिलेकाँही थाइराइडको कारणले पनि बच्चा बस्ने बसेको बच्चा अर्वाेड हुने हुन्छ । कहिलाई बस्नै नदिने हुन्छ । सुगर पनि एकदमै अनकन्ट्रोल छ भने पनि बच्चा नबस्ने हुन्छ । प्रेसर अनकन्ट्रोल छ भने पनि बच्चा खेर जाने हुन्छ । अनि अब महिलाको जिउमा पहिलेबाट कुनै रोगहरु छ रगत सम्बन्धि रोग हरु छ अरु इन्फेक्सन हरु छ भने पनि बच्चा अर्वाेसन हुने सम्भावना हुन्छ । सुरुको टाइम स्ट्रोम ३ महिनामा यो भयो । दोस्रो टाइम स्ट्रोम कति महिलाहरुको पाठेघरको मुखको एरीयानै खुल्ला हुने त्यस्तो अवस्थामा पेट पनि दुख्दैन तर बच्चा खेर गैसकेको हुन्छ । त्यो कारणहरु हुन सक्छ । इन्फेक्सन एच आइ भि, सिफिलिभ हरु भन्ने हुन्छ । यीनहरुमा पनि बच्चाहरु खेर जानो सम्भावना हुन्छ ।
धेरै महिलाहरुले जानेर वा नजानेर गर्भपतन गरेको पाइन्छ । भर्गपतन गर्दा महिला स्वास्थ्यमा कस्तो असर पर्छ ?
गर्भ पतन गर्ने तरिका के हो भन्ने त्यसले पनि फरक पार्छ । पहिला पहिला सुडिनिकोमा जाने, गोबरको कुराहरु झिरहरको कुराहरु आउँछ । त्यसलेगर्दा महिलाहरुमा एकदमै नराम्रो असर पर्छ त्यसले गर्दा उहाँहरुको ज्यानै गएको पनि छ । तर आजकाल सुरक्षित गर्भ पतनको कन्सेप्ट आउको छ। नेपालले कानुन ल्याएको छ । यसरी महिलाहरु अन्त अन्त गएर महिलाहरुको ज्यान नजाओस भनेर । त्यही भएर हामी कानुन नै लिएर आउँ । महिलाहरुलाई बचाउन सकियोस । बच्चा खेर गए पनि कानुन अनुसार कुनै पनि तालिम प्राप्त तर अर्वाेसन पनि जो पायो त्यहीले गर्न पाउँदैन गाईनोलोजिस्ट हो भने पनि उसले एक्ट्रा तालिम लिएको हुनु पर्छ । वहाँहरुलाई भेटेर सुरक्षित गर्भ पतन गरायो भने । अर्काे बच्चाहरुलाई असर चाँहि गर्दैन । तर पटक पटक गरि राख्दा उहाँहरुको शरिर कमजोर हुन्छ नै तर आज अर्वाेशन गर्नुभयो अर्काे बच्चा नै बस्दैन । अथाव उसको जिउ एकदमै खराब हुन्छ । त्यो चाँही हुँदैन । सुरक्षित गर्भपतन सेफ नै हुन्छ । तर धेरै पटक गरि राख्नु चाँही राम्रो होइन ।
गर्भपतन गर्ने ठाउँहरु नेपाल सरकारले कुनै एक ठाउँ तोकिदिएको होला ? कुन कुन ठाउँमा गएर गर्भपनत गर्न सकिएला ।
परिवार कल्याण शाखाले डाक्टरहरु काहाँ कहाँ गर्न मिल्छ संस्थातोकिदिएको हुन्छ लिष्ट बनाएको हुन्छ । जो जो डाक्टरले तालिम लिएको हुन्छ वहाँहरुलाई सटिर्फिकेट दिएको हुन्छ । वहाँहरुले लिष्ट गरेको हुन्छ र यो यो संस्थामा यो यो व्यवस्था छ । महिला आउने इर्मेजेन्सी कियर दिने निक्लिएको प्रडक्टहरुलाई राम्रोसँग डिस्पोज गर्ने अनि यो ठाउँमा इर्मेजेन्सि सर्भिस पनि पाउन भनेर लिष्ट गरेको छ नि । लिष्ट गरेको डाक्टरले लिष्ट गरेको संस्थामा गएर सुरक्षित गर्भ पतन गराउन सकिन्छ । जसले गर्दा महिलाहरुको स्वास्थमा नराम्रो असर नपरोस टिन एजहरुमा धेरै गर्भपनको समस्याहरु देखिने भएकोले नराम्रो निणर्यहरु नलियोस् । भनेर हाम्रो सरकारले यस्तो कानुन ल्याउको हो ।
सुचिमा भएको अस्पताल र डाक्टरभन्दा बाहेक गर्भपनत गरेको पाइन्छ । उहाँहरुलाई कस्तो कानुनी व्यवस्था छ ।
यस्तो छ । अब वहाँहरुले गर्भपतन गराइराख्नु भएको वहाँहरुलाई विरामीलाई केही नभए सम्म केही भएन तर विरामी लाई सक मा जाने अथवा पाठेघरमा प्वाल पर्ने अथवा अरु केही कम्पेलन हरु आउने भयो भने यो कानुन दायरामा पर्छ र कानुनमा तोकिए अनुसार सजाय लिस्ट नपरेको डा. र सस्थामा गरेको छ भने कानुन लाग्छ ।