• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ कार्तिक २४, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

      १४ घण्टा अघि

      रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

      ३ दिन अघि

      गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

      १ हफ्ता अघि

      सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

      ३ हफ्ता अघि

      उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

      ३ हफ्ता अघि

      खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

      १ महिना अघि

      जेन जी आन्दोलनबाट फरार कैदीले गरे श्रीमतीको हत्या

      १ महिना अघि

      संविधान दिवसमा बनेपामा नेपाली कांग्रेस काभ्रेको विशेष कार्यक्रम हुने

      १ महिना अघि

      सुनियोजित ढंगबाट राजनैतिक पुर्वाग्रह राखी आन्दोलनको नाममा जुन कार्य भयो त्यसको छानबिन हुनुपर्छ – नेता हुमागाईँ

      १ महिना अघि

      ललितपुरको बागमती गाउँपालिकाबाट सुरु भयो “हाम्रो नेपाल हामी आफै बनाऔं” अभियान

      १ महिना अघि

      काभ्रे प्रहरीले आन्दोलनमा भागेका ३७ कैदीबन्दी पक्राउ गरी पुनः कारागार पठायो

      १ महिना अघि

      काभ्रे प्रहरीले भन्यो हाम्रो सामान हराएको छ छिट्टै बुझाउनु होला

      १ महिना अघि

      कांग्रेस नेता गणेश लामाको आग्रह : “संवाद र सहमतिको बाटो नै समाधान”

      १ महिना अघि

      पनौतीमा कांग्रेस र एमालेको संयुक्त विज्ञप्ति, घटनाको निन्दा गर्दै कारबाहीको माग

      १ महिना अघि

      काभ्रे कांग्रेसले सुरु गर्‍यो सहानुभूति दिन

      २ महिना अघि
    in
    आज: २०८२ कार्तिक २४, सोमबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेको दुबै क्षेत्रमा गठबन्धनको जीत सुनिश्चित :नेता हुमागाई

  • सिरुपाते खबर
  • २०७९ आश्विन २९, शनिबार (३ साल अघि)
  • ६५३ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १० मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    नेपाली काङ्ग्रेसका नेता शिब प्रसाद हुमागाईले काभ्रेमा दुबै क्षेत्रमा गठबन्धनका उम्मेदवारहरुको जित सुनिश्चित भएको बताएका छन  । उनले दुई तिहाइ सरकार हुँदा पनि उपलब्धिहरुलाई रक्षा गर्न नसकेको र विधिको शासन संचालन नभएको भन्दै दिगो सरकार र सुशासनका
    लागि  लोकतान्त्रिक–बाम गठबन्धनको आवश्यकता परेको  बताएका छन् । शनिवार बनेपामा आयोजित पत्रकारहरुसँगको अन्तक्रिया कार्यक्रममा उपस्थित गठबन्धनका नेताहरुले उक्त कुरा बताएका हुन् ।

    कार्यक्रममा सहभागी गठबन्धनका नेताहरुले गठबन्धन गरेर निर्वाचनमा सहभागी हुनु लोकतन्त्रमा सुहाँउदो कार्य नभए पनि लोकतन्त्र नै संकटमा पर्ने अवस्था सृजना भएपछि बाध्य भएको उल्लेख गरे । २ तिहाई मत पाएर पनि दुई–दुई पटक सरकार विघठन गर्ने कार्य गरेको भन्दै गठबन्धनद्वारा सरकार निर्माण  गरी जनअपेक्षा अनुरुप दिगो सरकार संचालन गर्ने बताए । गठबन्धन भित्रको एकता र विश्वासले नै सरकार संचालनको जिम्मेवारी पाउने उनीहरुको भनाई थियो ।

    कार्यक्रममा नेपाली काग्रेसका उप–सभापति रमेश हुमागाई, माओवादी नेतृ रुकु चौंलागाई ,नेता अक्कल ब थिङ, समाजवादी नेता टोक बहादुर वाइवा, लगायतले गठबन्धनको औचित्य तथा जिल्लाको राजनीतिक अवस्थाबारे प्रकाश पारेका थिए ।

    पत्रकारहरुले उठाएको प्रश्नको जवाफ दिँदै काभ्रे क्षेत्र नं २ का उम्मेदवार शिव प्रसाद हुमागाईले केन्द्रबाट पार्टीको घोषणापत्र प्राप्त गरेसँगै जिल्लाका एजेण्डाहरु समेटिएको गठबन्धनको अवधारणा सार्वजानिक गर्ने बताए । जिल्लाका टोल–टोलका समस्याको वियषयमा जानकारी राख्ने । आगामी निर्वाचनका लागि क्षेत्र तथा प्रदेशमा योग्य सक्षम स्वच्छ छवि भएका उम्मेदवारहरु गठबन्धको तर्फबाट प्रस्तुत गरिएको दावी गरे ।पत्रकारबाट गरिएको प्रश्न प्रति लक्षित गर्दै हुमागाईले जिल्लाको सडक, खानेपानी, स्वास्थ्य, शिक्षा लगायतका क्षेत्रमा दशकौं अघि देखि सक्रिय रहेको बताउँनुभयो । विपक्षीहरुले  विकास निर्माणका कामलाई मिडिया तथा सामाजिक संजालमा प्रचार गरेपनि फिल्डमा अवस्था जिउँका तिउँ रहनेगरेको उल्लेख गर्दै आफुहरुले काम गरेपनि प्रचार नगरेको उल्लेख गर्नुभयो । वि.पी राजमार्ग निर्माण, कोशीपारी सडक निर्माण, भक्तपुर नाला सडक , नमोबुद्ध पनौती लामाटार सडक, तेमाल सडक, कस्का पहलमा कहिले निर्माण भए ? काभ्रे उपत्यका खानेपानी बनेपाको बहुप्राविधिक शिक्षालय लगायतको निर्माणको इतिहास हेर्न उहाँको सुझाव थियो ।
    नेपाली काग्रेसका जिल्ला सभापति समेत रहेका प्रदेश सभा उम्मेदवार तिर्थ लामाले प्रविधिमैत्री समयको विकास भएको र त्यसकै प्रभावमा निर्वाचन हुने भन्दै लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउन सबै लाग्नुपर्ने बताए । आफ्नो क्षेत्रका प्रतिनिधि सभा उम्मेदवार सूर्यमान दोङ स्वास्थ्य समस्याका कारण स्वास्थ्यलाभ गरिरहनुभएको र दोङको मंसिर ४ अघि सम्म नै मतदाता माझ उपस्थिति नरहेपनि प्रदेश उम्मेदवारहरुको प्रयासबाटै विजयी गराउने दावी गर्नुभयो ।
    वि.पी राजमार्ग निर्माण, कोशीपारी सडक निर्माण, भक्तपुर नाला सडक , नमोबुद्ध पनौती लामाटार सडक, तेमाल सडक, कस्का पहलमा कहिले निर्माण भए ? काभ्रे उपत्यका खानेपानी बनेपाको बहुप्राविधिक शिक्षालय लगायतको निर्माणको इतिहास हेर्न उहाँको सुझाव थियो ।            कार्यक्रममा उपस्थित नेकपा माओवादी तर्फका प्रदेश सभा उम्मेदवार रत्न ढकालले निर्वाचन क्षेत्र नं १ मा कुनै क्षेत्र भन्दा कम बजेट विनियोजन नभएको बताए । क्षेत्र नं १ मा विभिन्न महत्वका योजनाहरु संचालन भइरहेको उनको भनाई थियो । प्रादेशिक विश्व विद्यालय संचालन लगायत प्रदेशमा २ मल उत्पादन कारखाना संचालन हुने र ती मध्ये १ काभ्रेमै संचालन हुने । दोलखा ,सिन्धुपाल्चोक, काभ्रेको महाभारत खानीखोला हुँदै प्रदेश राजधानी हेटौंडा जोडने सडक निर्माण हुँदैछ । यी हाम्रा प्रयासमा भएका हुन । हामीले यस्ता थुप्रै योजनाहरु संचालन शुरुवात गरेका छौ । आफ्नो गाउँ र क्षेत्र निर्माण गरेर मात्र जिल्ला विकसित हुने बताउँदै ढकालले विकासका सम्पूर्ण पूर्वाधारका क्षेत्रहरु विकासका कार्य भइरहेका छन् र अब पनि यसलाई निरन्तरता दिइरहने उनको भनाई थियो । नेकपा एकीकृत समाजवादी तर्फबाट प्रदेशसभा उम्मेदवार लक्ष्मण लम्सालले गठबन्धन मुलुकको आवश्यकता भएको बताउँदै आफ्नो जनता प्रति गरेको वचाप्रति पार्टी र नेतृत्व हैसियत विमुख भए पछि गठबन्धनको आवश्यकता परेको उल्लेख गर्नुभयो ।
    बाटो सांसदआफूले बनाउँदै हिडने होइन तर यो बाटो मैले बनाएँ, यो खोला मैले थुँने भन्ने जस्ता प्रचार बढि भएको उल्लेख गर्दै जनप्रतिनिधिको हैसियतमा पूर्वाधारका सबै क्षेत्रको विकासको लागि पहल आवश्यक पर्ने बताउँनुभयो । तर प्रदेशका तर्फबाट भएका कार्यलाई छायाँ पार्दै मिडियाबाजी गरेर अनावश्यक प्रचार गरेको आरोप लगाउनु भयो । प्रदेश सभाको बजेटले पूर्वाधार निर्माण भइरहँदा पनि यो बजेट व्यवस्था भइसक्यो मैंले गरे भन्ने जस्ता कु–प्रचार गरेको भन्दै त्यस्ता नेतालाई पानी मैंले पारेँ भन्ने महादेवको संज्ञा दिनुभयो । प्रदेश सरकारको तर्फबाट खानेपानी, सडक लगायतका विषयमा उल्लेखनीय काम भए पनि महादेव बन्नेहरुको अनावश्यक चर्चाले सर्वसाधरणलाई भ्रममा पारेको बताउनुभयो ।कार्यक्रममा नेपाली काग्रेस तर्फका अर्का प्रदेश उम्मेदवार कञ्चनचन्द्रवादे तथा गठबन्धनदल भित्रका समानुपातिक उम्मेदवारहरु लगायतको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    समाचार

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    गिम्दी प्रवासी युवा समाजको अगुवाइमा पशुपतिनाथको मन्दिर पुन: र्निर्माण,युवाको समर्पण र एकताको गतिलो उदाहरण

    सम्पादकीय : रोशीलाई बचाउँ, भविष्यलाई सुरक्षित गरौं

    काभ्रे खबर

    फागुन २१ गतेको निर्वाचनबाटै नयाँ संसद आउनेछ – गगन थापा

    रोशी गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर हुने

    उज्यालो पनौती कार्यक्रमले त्रिवेणी घाट भयो झलमल्ल

    खानीखोलामा वडास्तरीय भलिबल प्रतियोगिता हुँदै

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७५३३ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५८७२ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५७३३ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५६७३ पाठक संख्या
  • ५.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५२०७ पाठक संख्या
  • ६.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ५०८९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑