• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २८, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ४ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २८, शनिबार
    होमपेज /  काभ्रे खबर

    काभ्रे क्षेत्र नं २ का मतदाता भन्छन्,‘भ्रष्ट हैन प्रष्ट नेता चाहिन्छ, काभ्रे २ मा शिव हुमागाईले मात्रै विकास दिन सक्छन्

  • सिरुपाते खबर
  • २०७९ कार्तिक ३०, बुधबार (२ साल अघि)
  • ७६९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    कसैले एक जेष्ठ नागरिकलाई सोध्छन्, ‘चुनावको माहौल के छ, बा?’
    घरको पेटीमा टुसुक्क बसेका उनले जवाफ दिन्छन्, ‘राम्रो छ बाबु’
    फेरी उनलाई सोधिन्छ, ‘अरु के भइरहेको छ त ?’
    उनले जवाफ दिन्छन्, ‘ यो पटक शिब हुमागाई निर्वाचन लडेका छन् । रुख चिन्हमा छाप लगाउने, शिव हुमागाईलाई जिताउने, त्यही भइरहेको छ, ।’
    प्रश्नकर्ताले अरु भन्न नपाउँदै उनी भन्छन्, ‘विकास गर्या छ, हामीलाई बत्ती बालिदिए । हामी जो कोहिले समस्या पर्दा सम्झने नेता हुन् । अहिले सांसदमा उठेका छन् । उनलाई एक छाप नहानी हुदैन ।’
    गोकूल बास्कोटाबारे चाही के थाहा छ त बा ? प्रश्नकर्ताका सवाल भुइमा खस्न नपाउँदै उनी भन्छन्, ‘खै हामीलाई के थाहा र, भ्रष्ट्राचार गर्यो भन्छन् । हामी बुढालाई के थाहा ?’ अरुको वास्ता गर्दैनौ । जसले हामिलाई सहयोग गर्छ परेको बेला काम गर्छ उसैलाई चिन्ने हो ।
    काभ्रेका एक मतदातालाई गरिएको सवालमा उनले दिएको जवाफ अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । विशेष गरी टिकटकमा यो भिडियोले राम्रो चर्चा पाइरहेको छ ।
    भिडियोले केही कुरा संकेत गरेको छ, लोकतान्त्रिक–बाम गठबन्धनको तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का साझा उम्मेदवार शिवप्रसाद हुमागाई, काभ्रेका विकासप्रेमी नेताका रुपमा चिनिन्छन् । अर्को निर्वाचन क्षेत्रबाट निर्वाचन जित्दा पनि जनताको समस्या बुझेर उनले विभिन्न विकाल्प अपनाएर गाउँ गाउँ सम्म विजुली बत्तीको व्यवस्थापन गरिदिए । अहिले धेरै गाउँका मतदाताले उनलाई विजुली बालिदिने नेताको रुपमा चिन्छन् । विकासको लागि निर्वाचन क्षेत्रले उनलाई फरक पर्दैन, त्यसकारण उनलाई भोट नहालिन हुँदैन । उनको जो सँग प्रतिस्पर्धा छ । उनको बारेमा देशभरका सबैले बुझेका छन् । काभ्रेका हरेक नागरिक (बालक देखि बृद्धासम्म)ले थाहा पाएका छन्, गोकुल बास्कोटा, ७० करोड भ्रष्टाचार काण्डमा मुछिएका व्यक्ति हुन्, उनको कारण काभ्रेको गलत पहिचान बनेको छ । काभ्रे र ७० करोड भन्ने शब्द अहिले पर्याय जस्तै बनिसकेको छ ।
    भिडियोमा ती बृद्धाले बताए जस्तै काभ्रेका धेरै टोल बस्तीमा शिवप्रसाद हुमागाईंको नेतृत्वमा विजुली बत्ती बलेको छ । उनका प्रत्यासी उम्मेदवार गोकुलप्रसाद बास्कोटाको गाउँ नयाँगाउँ देउपुरमा पनि हुमागाईकै नेतृत्वमा विजुली बलेको हो । जिल्लामा सडक निर्माण पुल निर्माण खानेपानी आयोजनासँगै न्युन दरबन्दी रहेका विद्यालयमा शिक्षक दरन्दी थप गर्नका लागि उनको विशेष पहल रहेको थियो । सेक्युरिटी प्रेस खरिद खरिदमा ७० करोड प्रकरण मुछिएका बास्कोटालाई नै काभ्रेमा ‘विकासका बादशाह’ भनेर गलत प्रचार गरिएपछि मण्डनदेउपुरकै एक चुनावी कार्यक्रमा गठबन्धनका उम्मेदवार हुमागाई यसो भन्न बाध्य भए, ‘विकासको बादशाह भनेर झुटो प्रचार गराइएको छ, गर्दै नगरेको काम ड्रोन उडाएर, भिडियो बनाएर देखाइएको छ, हेक्का होस्, गोकूलजी हजुरको घर जाने बाटो मैले बनाएको हो, उहाँको टोलमा बत्ती मैले बालेको हो ।’
    हुमागाईले दाबी गरेजस्तै, २०५६ सालमा प्रतिनिधी सभा सदस्यमा निर्वाचित भएका उनले आफ्नो कार्यकालमा काभ्रेमा धेरै काम गरेका छन् । धेरै बस्तीमा उनकै नेतृत्व विजुली बलेको छ । २०५६ सालमा तत्कालिन क्षेत्र नं २ (हाल पनि प्रतिनिधी सभा क्षेत्र नं २ मा पर्ने सम्पूर्ण क्षेत्र) बाट प्रतिनिधी सभा सदस्य निर्वाचित शिवप्रसाद हुमागाईले काभ्रे उपत्यका एकिकृत खानेपानी आयोजनाको शुरुवात र पहल गरेका थिए । आसन्न प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा उम्मेदवार रहेका उनले आफू विजयी भएपछि त्यसलाई प्राथमिकतामा राखेर सम्पन्न गर्ने बताउँदै आएका छन् । बनेपा बहुप्राविधिक महाविद्यालय, सूचना प्रविधि पार्क निर्माणमा अहम भुमिका खेलेका हुमागाईको गुण बनेपावासीले विर्सेका छैनन् । भकुण्डे –तेमाल सडक, बनेपा–नाला भक्तपुर सडक, दाप्चा–पनौती–लामाटार–लुभु सडक कालोपत्रे आफू उनले नै शुरु गरेका हुन् । विकट क्षेत्र डाँडापारी पुग्ने खोपासी–तालढुङ्गा सडक, सिपाघाटको पुल, कोशिपारीको पुल, नौविसे फाँट, मल्पी –लिलावती, सिपाघाट सिंचाई उनका कार्यकालमा सम्पन्न भएका पछि सम्म सम्झने काम हो । नौंविसे फाँट, सिपाघाटमा शुरु गरेको सिँचाईको काम अहिले पनि स्थानीयले प्रशंसा गर्ने गरेका छन् ।
    यसअघि पनि काभ्रेको विकासमा योगदान गरेका शिवप्रसाद हुमागाईले आफू निर्वाचित भएपछि प्राथमिकतामा राखेर गर्ने कामको सूची पनि तयार गरिसकेका छन् । पाँचखालको सेज, पाँचखालकै बृहत्तर खानेपानी, काभ्रे एकिकृत खानेपानी, मण्डन उपत्यका खानेपानी आयोजना, हिले जलजले बहुृउद्धेश्यीय ताल, हवेली–सिमथली –बेखसिम्ले सडक, बनेपा–पनौती–खोपासी–ढुर्खक–च्याम्राङबेशी हुँदै प्रदेश रजधानी हेटौंडा जोड्ने सडक पुरा गर्ने उनको योजना छ । ‘तपाईहरु मत दिनुहोस हामी विकास दिन्छौं । काभ्रेली माटोको कसम खाएर भनेको छु जिल्ला र जिल्लाबासीको इज्जतमा दाग लाग्ने कुनै काम गर्ने छैन, हुमागाई बताउँछन् ।’
    लामो समयदेखि राजनीतिमा सकृय, केन्द्रमा पहुँच राख्ने, काभ्रे कांग्रेसको नेतृत्व गर्दै केन्द्रीय सदस्य समेत भइसकेका, पूर्व सांसद, अनुभवी राजनीतिज्ञ उम्मेदवारको रुपमा पाउँदा मतदाता पनि खुशी छन् । चुनावी अभियान लिएर घरदैलो पुग्दा उनीसहित गठबन्धनका उम्मेदवारले न्यायो स्वागत पाइरहेका छन् । बाक्लो उपस्थिती, बाजागाजा, घर घरमा घडा, गालाभरी मालाले हुमागाईको उम्मेदवारीमा स्थानीयले साथ दिइरहेका छन् । वेदाग रुपमा निष्ठा र इमान्दारिताको राजनीति गरिरहेका हुमागाईलाई मतदाताले प्रतिनिधी सभा सदस्यको रुपमा हेर्न चाहेका छन् । ‘पहिला जित्दा पनि विकासका धेरै काम गर्नुभयो, अब पनि यस्तै गर्नुहोला,’ बनेपाको घरदैलोमा एक मतदाताले भने, ‘त्यही कारण तपाईलाई यसकारण जिताउनैपर्छ, हामी भ्रष्ट हैन, प्रष्ट नेता चाहन्छौं, तपाईको विकल्प छैन ।’

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७८ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१५० पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२३ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०८ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२९१ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३७१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑