• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ जेष्ठ ३२, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २१ घण्टा अघि

      पुरुषमाथि यौन दुर्व्यवहार: एक ‘प्रैंक’ले तोडेको मौनता

      ३ दिन अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ५ दिन अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ५ दिन अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ५ दिन अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      १ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      १ हफ्ता अघि

      ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

      २ हफ्ता अघि

      तामाङ संघको केन्द्रीय महाधिवेशन आगामी भदौमा हुने

      २ हफ्ता अघि

      तामाङ संघ बागमती प्रदेशको बैठक : असार २७ र २८ गते अधिबेशन गर्ने तयारी

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुर ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न : सभापतिमा तिर्थ घलान सर्वसम्मत

      ३ हफ्ता अघि

      निर्यातको भ्रमजाल: तेल व्यापार, डलरको चाप र दिगोपनको खोजी

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ ललितपुरको ऐतिहासिक जिल्ला अधिवेशन जेठ १० गते हुँदै : तामाङ समुदायको हकहित र पहिचान संरक्षणमा नयाँ अध्याय सुरु हुने विश्वास

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको बैठक : अधिवेशन भव्य रूपमा सफल पार्ने तयारी

      ३ हफ्ता अघि

      रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ…

      ३ हफ्ता अघि
    in
    आज: २०८२ जेष्ठ ३२, शनिबार
    होमपेज /  काभ्रे खबर

    बेथानचोक अध्यक्ष कप फूटबलको उपाधि भूमेमातालाई

  • सिरुपाते खबर
  • २०७९ मंसिर २५, आईतबार (२ साल अघि)
  • ५३६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    चलाल गणेशस्थान
    बेथानचोक गाउँपालिका, बेथानचोक खेलकुद विकास समितिद्वारा आयोजित चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ को उपाधि वडा नं. ४ को भूमिमाता युवा क्लबले चुमेको छ ।
    प्रतियोगितामा वडा नं. ४ कै गणेशस्थान युवा क्लब दोश्रो भयो भने वडा नं. ६ को स्टार युवा क्लब तृतीय भयो । मंसिर २० देखि २५ गतेसम्म वडा नंं ४ को चलाल गणेशस्थानमा सम्पन्न प्रतियोगिता शनिबार सम्पन्न भयो । कूल समय अवधिमा दुवै तर्फ २÷२ गोल भई थपिएको समयमा पनि कुनै गोल हुन नसकेपछि प्रतियोगिता ट्राइब्रेकर तर्फ धकेलिएको थियो ।
    प्रतियोगिता समापन कार्यक्रमलाई सम्बोधन गर्दै बेथानचोक गाउँपालिका अध्यक्ष भगवान अधिकारीले बेथानचोक गाउँपालिकाले खेलकुदको विकासमा ध्यान दिएको बताउँदै समय समयमा यस्ता प्रतियोगिता गर्दै जाने बताउनु भयो । खेलले शरीर र मन दुवै स्वस्थ रहने बताउँदै उहाँले खेलकुदले एकाग्रता, अनुशासनको भाव बनाउने त छँदैछ यसका अलावा खेलकुदले आपसी सदभाव र भाइचारा वृद्धि हुने पनि बताउनु भयो ।
    वडा स्तरबाटै खेलकुद विकासका लागि र युवाहरुमा खेलभावना वृद्धि गर्न यस्ता प्रतियोगिता सहायक हुने उहाँको भनाई थियो । नयाँ प्रतिभा जन्मिने र क्रियाशीलहरुको शैली र शिल्पीमा निखारपन आउने हुँदा पनि खेलकुदको विकाससँगै यसका पूर्वाधार विकासका लागि पनि आफूहरु जिम्मेवार भएर लागि रहने उहाँको भनाई छ । खेलकुदका पूर्वाधार विकास गर्न सके कृषि र पर्यटनसँगै खेलकुदबाट पनि बेथानचोकले केही गर्नेमा आफू विश्वस्त रहेको उहाँको भनाई छ । खेलकुद मनोरञ्जनका लागि मात्र नभएर राष्ट्रको आधार पनि भएकोले खेलकुदलाई गाउँपालिकाले प्राथमिकतामा राखेको उहाँको भनाइ थियो ।
    चौथो बेथानचोक अध्यक्ष कप वडा स्तरीय फूटबल प्रतियोगिता २०७९ मा प्रथम हुने टिमले नगद ६० हजार प्रमाण पत्र र ट्रफी, दोश्रो हुने हुने टिमले नगद ३० हजार प्रमाण पत्र र ट्रफी र तेश्रो हुने टिमले हुने टिमले नगद १५ हजार प्रमाण पत्र र ट्रफी हाता पारेको छन । प्रतियोगितामा भूमेमाताका सुन्दर तामाङ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । त्यस्तै भुमिमाताकै प्रकाश तामाङ उत्कृष्ट स्ट्राइकर, गणेशस्थान युवा क्लका सुवास तामाङ उत्कृष्ट गोल रक्षक र गणेशस्थान युवा क्लबका सौभाग्य लामा उच्च गोलकनर्ता हुन सफल हुनुभयो । सेभेन ए साइड कूल १६ वटा टिम सहभागी प्रतियोगिता नक आउट चरणमा खेलाइएको थियो । प्रतियोगिताको संयोजक चिरञ्जीवी लामा रहनु भएको छ । प्रतियोगिता सम्पन्न पार्न विभिन्न क्षेत्रबाट सहयोग गर्ने करिब १८ जना व्यक्ति तथा संघसंस्थालाई सम्मान गरिएको कार्यक्रममा वडा नं. १ का अध्यक्ष मधुसुधन तिमल्सिना, ३ का अध्यक्ष कुबेर ढकाल तथा ५ का अध्यक्ष राजकुमार लामाको पनि उपस्थिति रहेको थियो । प्रतियोगितामा “गेम विनिङ मोमेन्ट” सिर्जना गर्ने खेलाडीलाई इन्जिनियर अनिष ब्लोनले नगर रु ५ हजार प्रदान गर्नु भएको थियो । प्रतियोगिता समापन समारोहको अध्यक्षता बेथानचोक गाउँपालिका खेलकुद विकास समितिका उपाध्यक्ष भोज बहादुर तिमल्सिनाले गर्नु भएको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

    “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

    ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

    समाचार

    नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

    पुरुषमाथि यौन दुर्व्यवहार: एक ‘प्रैंक’ले तोडेको मौनता

    नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

    “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

    काभ्रे खबर

    पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

    श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

    ११ वर्षीया अग्रिमा कुँवरले फिलिपिन्समा जितिन् ‘लिटिल मिस ग्लाम युनिभर्सल’को उपाधि

    सामुदायिक सहकारीमा करोडौंको हिनामिना, सस्थाले निकाल्यो विज्ञप्ति

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५३३४ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ४९९४ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४६८६ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४५९२ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४१७२ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३२३० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑