• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १८ घण्टा अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  आर्थिक

    बागमतीमा सहकारीलाई नियम विपरीत पटकपटक अनुदान, सम्झौता र रकम भुक्तानीमा पनि मनोमानी

  • राजन दाहाल
  • २०८० जेष्ठ २८, आईतबार (२ साल अघि)
  • १२८७ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ११ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    ललितपुर/ बागमती
    बागमती गाउँपालिकाले नियम विपरीत गरेका कामको तथ्यहरु एकाएक बाहिरी रहेका छन् । सोही अनुरुप गाउँपालिकाले नियम विपरीत नाफामुलक संस्थालाई पनि अनुदान दिएको तथ्य बाहिरिएको छ । बागमती गाउँपालिकाले नाफा कमाउने उद्देश्यले स्थापना भएको सहकारी संस्थालाई पालिका बाट अनुदानमा रकम उपलब्ध गराएको पाइएको छ । पालिकाले सहकारीलाई अनुदान मात्र दिएन, अनुदान रकम भुक्तानी गर्दापनि गैर कानुनी हिसाबले रकम भुक्तानी दिएको पाइएको छ ।
    आर्थिक बर्ष ०७७/०७८ मा बागमती गाउँपालिकाले पालिकाको वडा न ४ प्युटारमा रहेको जोसिलो महिला बचत तथा ऋण सहकारी संस्था लि.लाई भवन निर्माण गर्न १० लाख रुपैयाँ बजेट छुट्टयाइएको थियो । तर उक्त बजेटको लागि वडा न ४ प्युटारमा हुँदै नभएको सहकारी सस्था प्युटार महिला बचत तथा ऋण सहकारी सस्था लिमिटेडसंग सम्झौता गरि रकम भुक्तानि भएको पाइएको छ । पालिकाले संस्थागत रकम भुक्तानी गर्दा संस्थाको खातामा जम्मा गर्नुपर्ने कानुनी प्राबधान रहेको छ । तर दर्ता नै नभएको प्युटार महिला बचत तथा ऋण सहकारी संस्था लि .लाई पालिकाबाट रकम भुक्तानी हुनु शंकाको बिषय भने पक्कै हो । तर पालिकाले सम्झौता प्युटार महिला बचत तथा ऋण सहकारी संस्था लि. संग गरेर रकम भुक्तानी चाहिँ जोसिलो महिला बचत तथा ऋण सहकारी संस्था लि.लाई दिएको पाइएको छ ।
    पालिका भित्र संचालन भएका विभिन्न योजनाहरुको रकम फरफारक गर्दा केही डकुमेन्ट नपुग्दा नियम अनुसार कागजपत्र पुगेन भोलि आउनु भन्ने तर पहुँच हुनेहरुले चाहिँ जसरी पनि रकम भुक्तानीलिन मिल्ने पलिकाको कार्यशैली प्रती पालिकाका आम नागरिकले चासोका साथ हेरिरहेको एक स्थानीयले सिरुपाते खबरलाई बताउनुभएको छ ।

    जसरी गएपनि जुन नियम, विधि, पद्धति र कार्यकौशल पालिकाले प्रयोग गरेपनि विनियोजित रकम भने हिनामिना नभएको पाइएको छ । जोसिलो महिला बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्ष राममाया घलानले गत बर्ष पलिका बाट ९ लाख ७० हजार रुपैयाँ ल्याएर भवन निर्माण गरेको बताउनु भएको छ । गत बर्ष मात्र होइन पालिका बाट पटकपटक नाफामुलक जोसिलो सहकारी सस्थालाई रकम अनुदानमा दिएको पाइएको छ । जोसिलो महिला बचत तथा ऋण सहकारी संस्था लि. कि अध्यक्ष राममाय घलान ले यस अघि पनि पालिका बाट बजेट ल्याएको बताउनुहुन्छ । साथै उहाँले पटकपटक गरेर करिब १६ लाख रुपैयाँ रकम भुक्तानी लिइएको बताउनुभएको छ ।
    नाफामूलक संंस्थालाई अनुदान
    महालेखा परीक्षकको प्रतिबेदनले पालिकाबाट सहकारी संस्थालाई भुक्तानी भएको रकम नियम सम्मत नभएको बताएको छ । प्रतिबेदनमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७६ मा वितरणमुखी खर्चलाई नियन्त्रण गर्दै संघ तथा प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पुँजी निर्माण हुने कार्यमा खर्च गर्नुपर्दछ भनि स्पष्ट रुपमा उल्लेख गरेको छ । त्यस्ता रकमलाई नाफा कमाउने उद्देश्यले स्थापित संस्थालाई अनुदान उपलब्ध गराउन मिल्दैन भनि औंल्याएको छ । तर पालिकाले प्यूटार सहकारी संस्था लि. लाई भवन ्र निर्माण गर्न रु.९ लाख ७० हजार रुपैयाँ भुक्तानी दिनु नियम सम्मत नदेखिएको उल्लेख छ । त्यति मात्र होइन प्रतिबेदनले प्युटार सहकारी सस्था लि.को आफ्नै नाममा भएको जग्गाको लालपुर्जा, नक्सा पास लगायतका प्रमाण बेगर भुक्तानी दिएकोले उक्त भुक्तानी नियमसम्मत नदेखिएको भन्दै बेरुजु देखाएको छ ।
    बागमती गाउँपालिकामा रहेका बस्तीमा बिजुली बत्ति बाल्न नपाइ टुकि बत्तिमा निर्भर पर्नु परेको अबस्थामा यसरी गाउँपालिकाले नाफामुलक सस्थाहरुलाई धमाधम रकम बाढ्नु कति सम्म उचित होला ? पालिकाका अग्रपंक्तिमा रहेका कर्मचारी र जनप्रतिनिधिले यस्ता कु संस्कारलाई बढवा दिने हो भने पालिका भित्र रहेका गरिब नागरिकप्रती न्याय नहुने निश्चित छ । त्यसैले सम्बन्धित सरोकारवालाहरुले बेलैमा सोचबिचार पुर्याउनु आबश्यक देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४६ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑