काभ्रे/पनौती
पनौती नगरपालिकाको नगरसभा पुनः २५ गते बस्ने भएको छ । यस अघि असार १० गते नगरसभा सुरु भएको थियो । तर सभा सुरु हुने बितिक्कै एमालेबाट निर्वाचित भइ जनप्रतिनिधि भएका नगरसभा सदस्यहरुबाट भएको अबरुद्धका कारण नगर सभा स्थगन हुन पुगेको थियो ।
पनौती नगरपालिकामा असार १० गते नगर सभा स्थगित भएपछि पनि पटकपटक कार्यपालिकाको बैठक बसेको छ तर सहमति भने जुट्न सकेको छैन तरपनि नगरप्रमुख भण्डारीले २५ गते नगरसभा बैठक बोलाउनु भएको छ ।
यस अघि नगरसभा किन स्थगित हुन पुग्यो ? पनौतीका नागरिक अचम्मित भएका छन् । नगरप्रमुख रामशरण भण्डारीले निति तथा कार्यक्रम प्रस्तुत गरिसकेपछि चित्त नबुझेको भए यो कुरा चित्त बुझेन भनी अबरुद्ध गर्नु स्वभाविकैले राम्रो हुन्थ्यो तर नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत हुनै नदिइ अबरुद्ध गर्नु अचम्मको बिषय रहेको नगरका बुद्धिजीवीहरु बताउँछन् ।
पनौती नगरमा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधीहरु दोहोर भुमिकाखेल्न माहिर देखिएका छन् । कार्यपालिकामा नगरले गरेको काम र प्रस्ताव राम्रो भन्दै प्रशंसा गर्ने तर नगर सभामा प्रस्ताव अघि बढाउन नदिएकाले उनिहरुको भुमिका दोहोरो देखिएको हो ।
यसअघि बैठक स्थगित गर्दै नगर प्रमुख भण्डारीले नगरवासीको नाममा अपिल समेत जारी गरी सो घटनाक्रमका बारेमा नागरिकलाई सुसूचित गराइसक्नु भएको छ ।
त्यतिखेर नगरप्रमुख भण्डारीले नगरसभा किन चल्न दिनुभएन भन्ने त्यो उहाँहरुले जान्ने कुरा भयो, कर्मचारीको संगठन संरचना, वृति विकासको बारेमा उहाँहरुले कार्यपालिका बैठकमा सहमति राख्नुभएको थियो तर नगरसभामा किन विमति राख्नुभयो ? नगर प्रमुख भण्डारीले गुनासो पोख्नुभएको थियो । नगरसभा लाई अवरुद्ध गरेर नगरलाई अनिर्णयको बन्दी कसैले पनि बनाउन नहुने भन्दै आगामी नगरसभा सौहार्द वातावरणमा सम्पन्न हुने बिश्वास लिएको प्रमुख भण्डारीले बताउनुभयो ।
हिजोका दिनमा जस्तै नगरसभा अबरुद्ध हुने, अबरुद्ध पश्चात् स्थगित हुने हो या नगरको समग्र विकासकोलागि निति, कार्यक्रम तथा बजेट ल्याइ बाटो खुल्ला गर्ने हो त्यो हेर्न भने पनौतीका जनताले आगामी २५ गतेको नगरसभा कुर्नैपर्ने हुन्छ । जे कुराको सहमति हुनुथ्यो सबै कार्यपालिकाको बैठकमा हुनुपर्छ, उठेका तिक्तता, बाझिएको कुरो, हटाउनु पर्ने र समाबेश गर्नुपर्ने कुरा सबै कार्यपालिकामा गरेर आउनुपर्ने र नगरसभा बैठक अबरुद्ध गर्न नहुने आम पनौती बासिको बुझाइ रहेको छ ।