• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २७, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      २ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ६ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २७, शुक्रबार
    होमपेज /  आर्थिक

    कमाउने अड्डा बन्दै अजिमा साकोस, मलाई अन्याय गरियो जस्पाउ, ऋण लिएपछी तिर्नुपर्छ साकोस

  • राजन दाहाल
  • २०८० भाद्र २७, बुधबार (१ साल अघि)
  • १५४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    बनेपा
    बनेपाका बैंकर्स निरन्जन जस्पाउ बनेपामा रहेको अजिमा बचत तथा ऋण सहकारी सस्था लि. ले आफुलाई अन्याय गरेको बताउछन् । आफू विगत १५ बर्षदेखि उक्त सस्थामा आबद्ध रहेको बताउँदै जस्पाउले पहिला सचीव हुँदै हाल अध्यक्ष रहेको बताएका छन् । उनी विगत ११ महिनादेखि डेङ्गु र निमोनिया रोगले ग्रसित छन् । यस्तो विषम परिस्थितिमा पनि अजिमा साकोसले आफुले लिएको ऋणको सावाँ र ब्याज तिर्न गरेको ताकेताले आफुलाई झन् चिन्ता बढेको जस्पाउ बताउँछन् ।
    निरन्जन जस्पाउले विगत ५ बर्षमा पटकपटक गरि ३ करोड ९० लाख रुपैयाँ अजिमा बचत तथा ऋण सहकारी सस्था लि. बाट ऋण लिएको बताएका छन् । उनले आज आफ्नै घरमा पत्रकार सम्मेलन गरि आफुले लिएको ऋण भन्दा बढी रकम ऋण लिएको बताउदै ऋणको सावाँ र ब्याज बापतको रकम भुक्तानी गर्न साकोसले ताकेता गरेको बताए । जस्पाउ भन्छन् अजिमा साकोसले ६ करोड ९० लाख ६३ हजार ५ सय रुपैयाँ ऋण बाकी बक्यौता रहेको बताएको छ तर कसरी यति हिसाब भयो मलाई थाहा छैन । मैले पटक पटक साकोसलाई मेरो सावाँ र ब्याज गरि कति तिर्नुपर्छ भनी मौखिक रुपमा सोध्दा हिसाबकिताब साकोसले नदिएको उनको गुनासो छ ।
    त्यतीमात्र नभएर आफ्नै सस्था हो भनी आफ्नो श्रीमतीको नाममा रहेको जग्गा अजिमाको तर्फबाट काभ्रेपलान्चोक जिल्ला बचत तथा ऋण सहकारी संघमा धरौटी राखेर अजिमा साकोसले २ करोड ऋण लिएको र अजिमाले ऋण नतिरेपछि मलाई ऋणि बनाई मेरो मानहानी र प्रतिष्ठामा आच पुग्ने गरि ऋण नै नलिएको धितो लिलाम बिक्री सम्बन्धि सुचना आउँदा आफुलाई अन्याय भएको जस्पाउ बताउछन् । यसरी लिलामनै गर्नु थियो त मैले धितो राखेर खाएको ऋणको जग्गा राखेर लिलाम निकाल्नु पर्नेमा उनको जोड छ । आफ्नो करोडौं पर्ने जग्गालाई अजिमा साकोसले सस्तोमा लिलाम गर्न खोजेको उनको आरोप छ ।
    साथै जस्पाउले अजिमा इन्भेस्टमेन्ट र अजिमा हाइड्रोपावर अजिमा सहकारी भन्दा फरक रहेको बताउँदै तिनका अध्यक्षले एउटै हो भनी भ्रम सृजना गरि व्यक्तिहरुबाट शेयर लगानी गराई लाखौं रुपैयाँ संकलन गरेको र इन्भेस्टमेन्टको भवनलाई अजिमा सकोसको भवन भनी भ्रम फैलाएकोमा आफुलाइ दुख लागेको बताउँछन् । उनले अजिमा इन्भेस्टमेन्टको भवन निर्माणको क्रममा र जग्गा खरिद गर्ने क्रममा लाखौं रुपैयाँ अनियमिता भएको आरोप लगाउँदै त्यसको छानबिन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गराएका छन् ।
    मलाइ अजिमा साकोसले अध्यक्ष भएर पदको दुरुपयोग गर्यो भनेको छ, मैले पदको दुरुपयोग नगरेको बताउँदै जति पनि ऋण लिएको छु पुर्ण रुपमा संचालन समितिको बैठकले स्वीकृत गरेपछी मात्र लिइएको र नियम बिपरित कार्य नगरेको जस्पाउ ठोकुवा गर्छन् ।
    जस्पाउ भन्छन् अजिमाका केही कार्यसमिति सदस्यहरुले ऋणि हरुलाई थप ऋण दिदा व्यक्तिको घर जग्गा आफ्नो नाममा राजिनामा पास गराइ अजिमा साकोसको रकम दिने गरेको भेटिएको पनि उनी बताउँछन् । धितो बिक्रि गर्दा पनि बढी रकममा धितो बिक्री गरि ऋणिलाई कम रकम दिने गरेको पनि उनको ठम्याइ छ ।
    उता अजिमा साकोसले भने निरन्जन जस्पाउले यस सस्थाबाट कर्जा लिएको र कर्जाको मासिक रुपमा हुन आउने किस्ता र ब्याज सस्थाबाट पटकपटक टेलीफोन र पत्राचार गर्दा पनि नतिरेको कारण धितो सुरक्षणमा राखिएको जग्गा लिलाम बिक्रीको लागि सुचना निकालिएको बताएको छ । साथै साकोसका सचीव सोक सुधार भैलले २०८० भाद्र १ गतेको संचालक समितिको बैठकले कर्जाको भाका नघाइ बाकी बक्यौता राखी बसेकोले जस्पाउ लाई अध्यक्ष पदबाट निलम्बन गरेको जानकारी दिए । साथै भैलले जस्पाउले कार्यालयबाट ६ करोड ९० लाख ६३ हजार ५०० रुपैयाँ रकम कर्जा लगेको बताएका छन् ।

    प्रतिक्रिया दिनुहोस


    आर्थिक सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४७ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२१ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०५ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६९ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑