मोहन बहादुर भण्डारी पनौती नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष हुन् । जनप्रतिनिधिको रूपमा उक्त वडामा उनले उक्त वडामा तेस्रो पटकको जिम्मेवारी पाएका छन् । नागरिकको काममा व्यस्त भण्डारीसँग वडाको योजना तथा विकास निर्माणको कार्य सम्बन्धमा.गरिएको कुराकानीको अंश यहाँ प्रस्तुत गरिन्छ. ।
वडामा कार्यसम्पादनको अवस्था के छ ?
वडागत योजनाहरु नगरस्तरीय योजनाहरु.प्रदेशका योजनाहरूको उपभोक्ता समिति बनाउने भेला गराउने जस्ता कार्य तिब्र रुपमा भइरहेका छन् । अहिले विशेषगरी नगर अस्पतालको लागि भारत सरकार द्वारा बनाईएको भवन नगरपालिकालाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ यसको तयारीममा हामी व्यस्त छौं
तेस्रो कार्यकालको पनि डेढ वर्ष बितिसक्यो । कसरी हुदैछन् नियमित कार्य ?
दैनिक प्रशासकीय कामहरू सम्पादनमा कर्मचारीलगायतको सहयोगमा सम्पादन भइरहेका छन । जहाँसम्म विकास निर्माणको कुरा छ हाम्रो टिम सशक्त छ । एक ढिक्का भएर हामी लागेका छौं. त्यसैगरी दुईहजार चौहत्तर भन्दा पछाडि हामीले जनतालाई दिएका आश्वासनहरु.त्यतिखेर हामी पूरा गर्ने चरणमा छौ । तथापि खुद्रा कामहरु धेरै भइसकेका छन् । .बाहिर देखिने ठूला किसिमका कामहरु चाहिँ अहिलेसम्म हामीले खासै गर्न सकेका छैनौ । विगतमा लामो समय स्थानीय निकायमा जनप्रतिनिधिहरूको रिक्तता रह्यो ठूला कामहरु सम्पन्न गर्न नसक्नुको कारण त्यो पनि हो । तर यतिखेर हाम्रो कामले गति लिएको छ । नागरिकहरूका धेरै आशा, आकांक्षा इच्छा छन् । सीमित बजेटबाट ती सबै आशा अपेक्षाहरु पुरा गर्न कठिन छ । ठूला कामहरु गर्न नसके पनि नागरिकका दैनिक जीवनमा आवश्यक पर्ने धेरै कार्यहरु गरेका छौं तथापि नगर अस्पताल खोपासीमा स्थापना गर्न सफल भएका छौं.जसका लागि भारत सरकारको सहयोगमा एउटा भव्य भवन निर्माण भएको छ खोपासीबाट साविक १२ र १३ नं वडा र शंखु जोड्ने बाटो कालोपत्रे गर्ने कार्य पनि सम्पन्न भएको छ ।. तर पनि हामीले अपेक्षा अनुसार काम गर्न सकेको महसुस गर्न सकेका छैनौं । विशेष गरी पनौती, खोपासी सडक.जसले राष्ट्रीय राजमार्ग को महत्व पाइसकेको थियो । जुन सडकलाई अहिलेसम्म पनि हामीले कालोपत्रे गर्न सकेनौं । जसका कारण पनौतीबाट पूर्वी क्षेत्रमा हामीले गरेका विकासका प्रयासहरू.छायाँमा परेका छन् । यसपटक भने प्रदेश सांसद तिर्थ लामाबाट हामीले आश्वासन पाएका छौँ । यसै आर्थिक वर्षमा खोपासी पनौती सडक कालोपत्रे गर्न सक्दछौं भन्ने आशा छ । यस वडाको प्रत्यक्ष देखिने भनेकै पनौती खोपासी सडक हो अर्कोपटक तपाईंले यसैगरी प्रश्न सोध्न आउँदा त्यही सडक निर्माण भए पश्चात हाम्रो वडामा भएका धेरै विकास देख्न सक्नुहुनेछ.। साना साना योजनाहरु जस्तै बाटाहरु खानेपानीका कामहरू मठमन्दिरहरु जस्ता विषयमा भने हामी निरन्तर लागेका छौ काम भइरहेको छ ।
वडाबाट विनियोजित हुने बजेटमा विशेष कुन कुन क्षेत्रलाई प्राथमिकता दिनुभएको छ ?
विगतमा त हामीले विशेषगरी बाटो र खानेपानीलाई नै महत्व दिएका थियौं । यस पटकको बजेटमा भने हामीले पनौती खोपासी सडकलाई नै प्राथमिकतामा राखेका छौं. जसका लागि विनियोजित वडामा आएको एकमुष्ट १ करोड ३० लाख त्यही मौजुदा छ । त्यसलाई हामीले रकमान्तर गरेका छैनौं । तर हामीलाई नगर पालिका र प्रदेशका तर्फबाट यो ठूलो रकम त्यसरी एउटै योजनामा नराख्नुहोस् भन्ने सल्लाह दिनुभएको छ । फिर्ता लिएर साना साना योजनामा राख्नुहोस् , ठूलो योजना तपाईंको वडाको जिम्मेवारी होइन भनेर भन्नुभएको छ । तर हामीले.प्रदेश माननीय ज्यू तिर्थ लामालाई समेत पनि अन्य स्रोतबाट रकमको व्यवस्था भई टेण्डर भएको खबर नसुने सम्म हामी यो पैसा रकमान्तर गर्दैनौं भनेर लिएको छैन अथवा लिने छैनौं । साविकका वडा नम्बर ३ वडा नम्बर ४ वडा नम्बर १२ क्षेत्र गरि वटा क्लस्टरका रूपमा रहेका छन् , ती सबै क्षेत्रका नागरिकको अपेक्षा थियो वडाको बजेटमा हाम्रा क्षेत्रका साना साना योजनाहरु पनि सम्बोधन हुनेछन् । .हाम्रा बाटा खानेपानी लगायतका योजनाहरुमा बजेटको व्यवस्था हुने.छ । . तर हामीले पनौती खोपासी सडकको दुर्दशाका कारण उक्त सडक निर्माणका लागि भनेर.यहाँ सबै बजेट एकै सडकमा हाल्यौं जसले गर्दा नागरिकमा रुष्टता, असन्तुष्टि छ ।. मैले महसुस गरेको छु त्यो असन्तुष्टिले म माथि पनि समस्या छ । हुन पनि यहाँ अर्को जटिलता छ । पनौती खोपासी सडक भनिन्छ जुन सडक रहेको धेरै क्षेत्र वडा नम्बर ७ वडा नम्बर ९ को क्षेत्र पर्छ त्यो भित्र पनि वडा नम्बर ९ को सबै भन्दा ठूलो क्षेत्र छ । भूमिको हिसाबमा अन्य वडा रहेपनि वडा नम्बर १० को सबै बजेट त्यहीँ लगेर खर्च गर्नु पनि उपयुक्त भने हुँदैन । तर पनि हामीले त्यो पैसा फिर्ता लिएका छैनौं.जुन दिन.प्रदेश माननीय ज्यूबाट यस सडकका लागि बजेट व्यवस्थापन भएको शुभ समाचार सुनिन्छ. त्यसपछि मात्र हामी उक्त पैसा फिर्ता लिनेछौं र सबै क्षेत्रका साना साना योजनाहरुमा उक्त रकम खर्च गर्नेछौ ।
यसरी वडाको सबै रकम एउटै सडकमा एकमुष्ट खर्च गर्दा अन्य विकासका आयोजनाहरू ओझेलमा पर्दैनन् ?
अवश्य पनि यसले असर गर्छ.। मैले अघि नै हजुरलाई निवेदन गरिसकें हामीलाई समस्या भइसकेको छ । हामीले प्रतिनिधिलाई पनि विश्वास गर्नुपर्छ. हाम्रा प्रदेश सभासदबाटनै आश्वासन पाएका छौँ.उहाँले रकम फिर्ता लिन अनुरोध समेत गर्नु भएको छ र म मंसिरसम्म जहाँबाट रकम व्यवस्था गरेर टेण्डर गराउँछु भन्नुभएको छ. यस सडकलाई कालोपत्रे मात्र नभएर धेरै टिपर चल्ने भएका कारण आस्पाल सिस्टमको सडक भनिन्छ. उक्त सडक निर्माण थालिएपछि. मात्र हामी उक्त बजेटको व्यवस्थापन गर्नेछौं । अथवा पैसा फिर्ता लिनेछौ । उहाँबाट आश्वासन पाएअनुसार आस्पाल सिस्टमको सडक नै हाम्रो माग हो । उहाँले हिलो धुलोबाट बचाउँछु भन्नुभएको छ हामी त्यसकै आशामा छौं ।
नगर नै बालमैत्री घोषणा भइसेको सन्दर्भमा बोलमैत्री वडाका हैसियतले कस्ता कार्य गर्नुभएको छ ?
२०७६ साल पछि जब म जनप्रतिनिधि भएर आएँ.त्यसपछि बालबालिकाको क्षेत्रमा धेरै बैठक गोष्ठी सेमिनार भए यस विषयमा धेरै छलफलहरू भए बहसहरू भए नगरसँगै वडालाई बालमैत्री बनाउनका लागि हामीले धेरै कामहरु गरेका छौं । वडाले बालमैत्री क्रियाकलापहरू कार्यक्रमहरू सञ्चालन गरिरहेको छ ।
महिला लक्षित कार्यक्रमहरु पनि भएका होलान ? अवस्था के छ बताईदिनुस् न ।
यस विषयमा पनि विभिन्न कार्यक्रमहरु गर्ने प्रयासमा छौं । यसअगाडि भनौ या अघिल्लो कार्यकालमा नगरमा एउटै दलको प्रभुत्व थियो जसको कारणले उहाँहरुले महिलासँग सम्बन्धित कार्यक्रमहरु सबै नगरमै बोलाएर आफ्ना नजिकका महिला दिदीबहिनीहरु मात्र समावेश गरेर गर्नुभयो । जुन कार्यक्रमहरु वडास्तरसम्म समावेश हुन सकेनन तर यो पटक महिलासँग सम्बन्धित कार्यक्रमहरु अलि विकेन्द्रीकृत भएका हामीले महसुस गरेका छौं. नगरप्रमुखले नै तपाईंहरुले महिलासँग सम्बन्धित कार्यक्रमहरु वडास्तरमा गर्नुहोस है भन्ने निर्देशन दिनुभएको छ । जसअनुसार हामीकोमा पनि महिला लक्षित कार्यक्रमहरु सञ्चालन संचालनमा छन् ।. हामीले अहिले यतिखेर महिला लक्षित गरेर सिलाइ बुनाइसँग सम्बन्धित तालिम सञ्चालन गरिरहेका छौं । योसँगै महिलाहरूको तथ्याङ्क लिने र आवश्यकताको आधारमा उहाँहरुलाई अवसर प्रदान गर्ने हाम्रो लक्ष्य छ । अहिले हामीले सञ्चालन गरेको तालिममा घरेलु कार्यालयको सहयोग छ । त्यसैगरी हामीले नगरपालिका संगै प्रदेशबाट समेत.प्रस्तावना ल्याउन र महिला लक्षित कार्यक्रम सञ्चालन गर्नको लागि.आश्वासन पाएका छौँ ।
शिक्षा र स्वास्थ्यको विकासका लागि वडाका कस्तो कार्यक्रम रहेका छन् ?
वडा भित्र भएका विद्यालयहरुलाई व्यवस्थित बनाउन हाम्रो लक्ष्य रहन्छ । जुन गरिरहेको छौ । त्यसैगरी मैले भनिसकेँ नगर अस्पताल नै यहीँ स्थापना हुँदैछ.। अस्ति मात्र हामीले के एम सी को सहयोगमा डाक्टरहरुको उपस्थित गराई एउटा शिविर सञ्चालन गर्यौं । बाल आदर्श विद्यालयमा जहाँ ४ सय १३ जना व्यक्तिहरुले स्वास्थ्य परीक्षण भयो । त्यसैगरी यहाँ पीएससी संचालनमा छ । विकासका आधारभूत पक्षहरु शिक्षा स्वास्थ्य जस्ता विषयमा खोपासीलाई विकसित क्षेत्र भन्न सकिन्छ ।
खोपासीमा पछिल्लो समय बस्ती विस्तारको क्रम देखिन्छ. वस्ती विस्तारको व्यवस्थापनका लागि वडास्तरबाट कुनै कार्यक्रम छ की ?
यस विषयमा वडाले खासै गर्न सक्दै । यसका लागि नगरले सहरी विकासबाट नै गुरु योजनासहित आउनुपर्छ. । चाहेर पनि गर्न सक्दैनौं यसका लागि.ऐन कानुन नियम बनाएर त्यहीअनुसार डिपिआर हुनुपर्छ. । अनावश्यक रुपमा रहेका खेतिपाती नभएका जग्गामा बासस्थान बनाउने हिसाबले नगरले कार्यक्रमकै रुपमा ल्याउनु जरुरी छ .यो हाम्रो पनि चाहना हो यो विशाल उब्जनी योग्य जमिनको संरक्षण गर्दै बस्ती विकासको योजना बनाउनुपर्छ ।.
वडा क्षेत्रमा खानेपानीको अवस्था कस्तो छ ? अनि वडावासीलाई सफा स्वच्छ खानेपानी उपलब्ध गराउनको लागि के कस्ता कार्य गर्नु भएको छ ?
खानेपानीको कुरा गर्नुहुन्छ भने दालटार भेगमा खानेपानीको चरम संकट नै छ । त्यो समस्यालाई निराकरण गर्ने प्रयासमा हामी छौं । यो पटक मात्रै पस्थलीमा बृहत् खानेपानीका लागि ४० लाख, खोपासी खानेपानीलाई. १५ लाख दालटार खानेपानीलाई बजेट विनियोजन भएको छ । .प्रदेश माननीय ज्यु खानेपानी मन्त्री भएपछि यहाँ खानेपानीका लागि यी बजेटहरु बिनियोजन भएका छन् । मलाई लाग्छ यी योजना सम्पन्न भएसँगै खानेपानीसँग सम्बन्धित धेरै समस्याहरू समाधान हुनेछन् ।
सफा र स्वच्छ खानेपानी उपलब्ध गराउन थप केही पहल छन् कि?
खोपासी अथवा पनौती नगरपालिका वडा नम्बर १० भनेको अत्यन्तै चेतनशिल मानिसहरु बसोबास गरेको क्षेत्र हो । उहाँहरुले आफ्नै पहलमा विभिन्न स्रोतका खानेपानी परीक्षण गरेर पनि ल्याउने गर्नुभएको छ । त्यसका लागि हामीले पनि सहयोग गर्ने गरेका छौं । खानेपानी मुहानबाट नै पानी लिएर परीक्षण गरेका छौं । पानी अपर्याप्त छ त्यो हाम्रो समस्या हो तर उपलब्ध पानी सफा र स्वच्छ छ । यो विषयमा हामी ढुक्क छौं ।
वडा र वडाका जनप्रतिनिधि तथा कर्मचारी बीचको सम्बन्ध चाहीँ कस्तो छ ? .
एकदम नङ र मासु जस्तो, उहाँहरुबाट हामीले सोचेभन्दा राम्रो सहयोग पाएका छौं । विशेषतः वडा सचिवबाट .आफ्नो कर्तव्य नै सोचेर उहाँले हामीलाई काममा एकदमै सहयोग गर्नुभएको छ । इमान्दारीतापूर्वक गर्नुभएको छ । त्यसकारण म उहाँप्रति अत्यन्तै सन्तुष्ट छु. ।
तपाईंको वडाको विकासका लागि स्थानीय तह अथवा नगरपालिका तथा प्रदेश तहबाट कस्तो सहयोग पाउनुभयो ?
सहयोग पाएको छु.यो भन्दा अघिल्लो कार्यकाल पनि म नै यहाँको वडा अध्यक्ष हुँ । तर त्यो समयमा मैले ५ वर्ष बिताउँदा पनि मेरो वडामा प्रदेश सरकारको तर्फबाट मैले १ सुका पैसा मेरो वडामा विकासको लागि पाइन.अथवा भनौँ तत्कालीन प्रदेश सभासद्ले मेरो वडामा १ सृुका विनियोजन गर्नु भएन । मैले सत्य र प्रमाणका आधारमा बोल्नुपर्छ.जुन प्रमाण मसँग सुरक्षित छ । मेरा वडाबासीहरुले हेर्न आउन सक्नुहुन्छ. अहिलेको पटक अहिलेका सभासद् तीर्थ लामा जब मन्त्री हुनुभयो अहिले १० नम्बर वडामा मात्र ६ करोड पैसा विनियोजन गर्नुभएको छ ।. यसका लागि म तपाईको मिडियामार्फत पनि उहाँलाई धन्यवाद दिन चाहन्छु.।
नगरबाट प्राप्त गरिने १ करोड ३० लाख बाहेक अन्य रकम सिलिङ कति विनियोजन छ ?
यो पटक नगर पालिका प्रमुख ज्यूले पनि १ करोड ९० लाख रुपैयाँ विभिन्न शीर्षकमा राख्नुभएको छ ।.
कस्ता र कुन कुन क्षेत्रमा विनियोजित छन् ती बजेट ?
यी बजेटहरु जनताका मागका आधारमा विनियोजन भएका छन् । .जनताले जुन विषयमा माग.भएको थियो तिनै विषयमा विनियोजित छ । सडक खानेपानी मठमन्दिर, सामुदायिक भवन जस्ता विषयमा छन् ।.
तेस्रो पटक निर्वाचनमा सहभागी हुँदै गर्दा मतदाताका बीचमा अथवा नागरिकका बीचमा गर्नुभएका प्रतिबद्धताहरू कति पूरा गर्नुभयो.अनि कति पूरा हुने चरणमा छन् ?
मैले गत निर्वाचनमा गरेका प्रतिबद्धता अनुसार धेरै काम पूरा गरेको छु. । कति पूरा गर्ने चरणमै छ ु?४ वटा बजेट मेरो कार्यकालमा अझै विनियोजन हुन बाँकी छ । हाम्रो वडामा विकास कार्य देखिनुलाई सबैभन्दा पहिलो त पनौती खोपासी सडक नै व्यवस्थित देखिनुपर्छ.उक्त बाटोे पिच भएसंगै भित्री बाटोहरु कति निर्माण भइसकेका छन् । कति पिच भइसकेका छन् ।. त्यससंगै अन्य विकासका पुर्वाधारहरु पनि विकास हुने क्रममा छन् । म ढुक्क छु , मेरो कार्यकालको अन्त्य सम्ममा मैले गरेका प्रतिबद्धताहरू सबै पूरा गर्नेछु. ।
तपाईंको वडामा पर्यटकीय स्थलहरु पनि छन्. तिनको विकासको योजना के छ ?
हाम्रो वडामा पर्यटकीय पुरातात्विक स्थलहरू छन् .हिन्दु तथा वैष्णवहरूको महत्वपूर्ण मन्दिर द्रौपदा मन्दिर.फड्के स्वर मन्दिर. त्यसैगरी पहिलो मदन पुरस्कार पाउने नरबहादुर भारती को घर विभिन्न गुम्बाहरु छन् । त्यसैगरी डोलेश्वर मन्दिर.काली देवी मन्दिर नेपालकै तेस्रो जलविद्युत आयोजना लगायतका पर्यटकीय स्थलहरू प्रशस्त छन् । .त्यसैगरी यहाँको खोपासी फाँट र शंखु फाँट.यी सबै क्षेत्रहरू अत्यन्तै मनमोहक छन् घुम्न हेर्नलायक छन् । यी स्थानको विकासमा वडाकार्यलय निरन्तर लागेको छ ।
समय उपलब्ध गराइदिनुभयो. धन्यवाद.!
तपाईंको लोप्रिय सञ्चार माध्यममा आफ्ना विचारहरु प्रस्तुत गर्ने मौका दिनुभयो । यसका लागि तपाईं र तपाईंको सञ्चारमाध्यमलाई पनि धन्यवाद दिन चाहन्छु.।