• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १८, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ४ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ५ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      ५ दिन अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      ६ दिन अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      १ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि

      ट्रम्पको डलर रणनीति: लाभ अमेरिकालाई, घाटा सारा संसारलाई?

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १८, बुधबार
    होमपेज /  समाचार

    एम्बुलेन्स चढेर गाउँ पुग्छन् उपाध्यक्ष लक्ष्मीका यादहरू

  • सिरुपाते खबर
  • २०७८ चैत्र १५, मंगलबार (३ साल अघि)
  • ३९६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ३ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे । कोभिड १९ को महामारीका बेला रोशीका गाउँगाउँमा सङ्क्रमित भेटिनेक्रम बढ्दै थियो ।कसैको स्वास्थ्य अवस्था गम्भीर,ज्यान जोगाउनुपर्ने त कसैलाई जाँचेर कोरोना भए नभएको पुष्टि गराउनुपर्ने ।रोकथामका लागि सरकारले पटकपटक जारी गर्ने निषेधाज्ञाका कारण सार्वजनिक सवारी साधन चल्थेनन् । कोरोनाको उपचारका लागि मात्रै होइन, गर्भवती, सुत्केरीको उपचार तथा जाँचका लागि मुस्किल भइरहेको थियो ।

    यस्तो अवस्थामा प्रदेश ३०१००२ ज ५१०२ र ५१०३ नम्बरका एम्बुलेन्स रोशी गाउँपालिकामा पुग्दा जतिसुकै गाह्रो भए पनि बाँच्न र बचाउन सकिने आशा जोकोहीलाई हुन्थ्यो ।२०७६ सालको फागुनबाट सञ्चालनमा आएका दुवै एम्बुलेन्स खरिदमा भने रोशी गाउँपालिकाका उपाध्यक्ष लक्ष्मी बर्तौलाको मुख्य भूमिका छ ।दुवै एम्बुलेन्समा सुत्केरीलाई निशुल्क सेवा दिने गरिएको छ । रोशी गाउँपालिकाका ३५ हजार बासिन्दा मात्रै होइन नमोबुद्ध नगरपालिका, महाभारत, तेमाल गाउँपालिकाका नागरिक पनि एम्बुलेन्सबाट लाभान्वित भएका छन् ।

    आर्थिक वर्ष २०७५÷७६ मा आफ्नो सवारीसाधन खरिदका लागि छुट्टाइएको २४ लाख रुपैयाँ उहाँले दुईवटा एम्बुलेन्स किन्न खर्च गर्ने निणर्य लिनुभयो ।‘आफ्नो सुविधाभन्दा पनि जनताको समस्या समाधान केही हदसम्म कम होला भन्ठानेर गाडी किन्ने बजेट एम्बुलेन्सको लागि कार्यपालिकाबाट निणर्य गरेर हिउँदे गाउँ सभाबाट अनुमोदन गरेँ ।’ उपाध्यक्ष बर्तौलाले भन्नुभयो ।त्यसबेला कतिपय जनप्रतिनिधिले नै भनेका थिए’यस्तो सुविधा फेरिफेरि आउँदैन आफू चढ्ने गाडी किन्नु ।’तर आफूले एम्बुलेन्सबिना अकालमा ज्यान गुमाउनुपर्ने भौगोलिक रूपमा विकट नागरिकको दुखमा साथ दिन यसो गरेको उहाँको भनाइ छ ।

    ‘जनप्रतिनिधि हुँदैमा मैले पाएको सुविधा लिनुपर्छ भन्ने होइन।जनतालाई दिनुपर्छ भन्ने सोचेर गाडी किन्ने पैसा यता लगाउने निणर्य गरेँ ।’बर्तौलाले थप्नुभयो ।रोशी गाउँपालिका वडा नम्बर ५ र ११ केन्द्र बनाइ चल्ने एम्बुलेन्सबाट बितेको २ वर्षमा २ हजारभन्दा धेरै नागरिकले सेवा पाएका छन् ।सवारीसाधन किन्ने, चढ्ने विषयमा जनप्रतिनिधिबीच विवाद बढेका खबर यसबीचमा धेरै सुनियो । तर काभ्रेको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला भने गाडी किन्ने सुविधावापद्को रकम नागरिकको स्वास्थ्योपचारमा खर्चिनुभयो ।आफू हिड्दै उकालीओराली गर्न तयार भइरहँदा नागरिकस्तरबाट आउने प्रतिक्रिया र प्रोत्साहनले उपाध्यक्ष बर्तौलालाई सन्तुष्टि दिने गरेको छ ।उहाँका अनुसार बिरामी स्वास्थ्य सस्थामा पु–याउन एम्बुलेन्स गाउँ पुग्दा गाउँपालिका उपाध्यक्ष नै आएको महसुस् गर्नेहरू पनि छन् ।दुवै एम्बुलेन्समा सुत्केरीलाई निशुल्क सेवा दिने गरिएको छ ।

    रोशी गाउँपालिकाका ३५ हजार बासिन्दा मात्रै होइन नमोबुद्ध नगरपालिका, महाभारत, तेमाल गाउँपालिकाका नागरिक पनि एम्बुलेन्सबाट लाभान्वित भएका छन् ।गाउँपालिका कार्यालय पुग्न वा कुनै कार्यक्रममा सहभागी हुन कहिले आफ्नै खर्चमा भाडामा गाडी प्रयोग गर्ने त कहिले सार्वजनिक गाडी चढ्ने गरेको उपाध्यक्ष बर्तौलाको भनाइ छ ।

    वार्षिक रुपमा इन्धनबापत आउने तीन लाख रुपैयाँ पनि उहाँले अभिभावक नभएका तथा अपाङ्गता भएका १४ विद्यालयका बालबालिकाका लागि खर्च गर्दै आउनु भएको छ ।स्थानीय सरकार आएको ५ वर्ष पुग्दै छ । सवारीसाधन किन्ने, चढ्ने विषयमा जनप्रतिनिधिबीच विवाद बढेका खबर यसबीचमा धेरै सुनियो ।

    तर काभ्रेको रोशी गाउँपालिका उपाध्यक्ष लक्ष्मी बर्तौला भने गाडी किन्ने सुविधावापद्को रकम नागरिकको स्वास्थ्योपचारमा खर्चिनुभयो ।यसले उहाँलाई सन्तोष र त्यस क्षेत्रका नागरिकलाई सुविधा दिएको छ ।

    प्रतिक्रिया दिनुहोस


    समाचार सम्बन्धि थप

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

    समाचार

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    काभ्रे खबर

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४३१ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१०२ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७८४ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६६७ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२५३ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३३२ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑