• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ माघ १८, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

      १५ घण्टा अघि

      कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

      १ दिन अघि

      आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

      १ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

      २ दिन अघि

      वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

      ४ दिन अघि

      काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

      ५ दिन अघि

      रोशी–काठमाडौँ सम्पर्क समितिले चुनावी अभियान अन्तर्गत अन्तरक्रिया तथा चियापान कार्यक्रम गर्दै

      १ हफ्ता अघि

      काभ्रे क्षेत्र नं. १ मा उम्मेदवार बनेका गुणराज मुक्तान को हुन् ?

      १ हफ्ता अघि

      तिता – मिठा बिषय बिर्सेर फागुन २१ को निर्वाचनमा एकताबद्ध हुन काभ्रे कांग्रेसको आह्वान

      २ हफ्ता अघि

      सरकारद्वारा रवि लामिछानेविरुद्धको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा फिर्ता

      २ हफ्ता अघि

      महाँकाल गाउँपालिकाद्वारा उत्पादनमा आधारित दुग्ध प्रोत्साहन अनुदान कार्यक्रम सञ्चालन गर्दै

      २ हफ्ता अघि

      गिम्दीमा वडास्तरीय विद्यालय अतिरिक्त क्रियाकलाप समितिको चौथो कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      गोरेटो बाटोबाट लडेर काभ्रेमा प्रहरी हवल्दारको मृत्यु

      २ हफ्ता अघि

      विवादविनै सम्पन्न भयो पनौती नगरपालिकाको अठारौँ नगरसभा

      २ हफ्ता अघि

      विशेष महाधिवेशन : दल–सुधारको निर्णायक घडी – नेतृत्व परिवर्तन कि संस्थागत रूपान्तरण?

      २ हफ्ता अघि
    in
    आज: २०८२ माघ १८, आईतबार
    होमपेज /  अन्तरवार्ता

    बाहिर प्रचार भए जस्तो सहकारीहरुमा समस्या छैन

  • राजन दाहाल
  • २०८० आश्विन १७, बुधबार (२ साल अघि)
  • १८६१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    तिमाल महाभारत बहुउद्देश्यीय सहकारी संस्था लि.का कार्यालय प्रमुख सुमंग पाल लामा संग सहकारीको बिषयमा गरिएको कुराकानि यहाँ प्रस्तुत गरिन्छ ।

    आजभोलि के मा व्यस्त हुनुहुन्छ ?
    गत आवको लेखापरीक्षण अन्त्यसंगै साधारणसभाको तयारीमा जुटेका छौं ।
    तिमाल महाभारत बहुउद्देश्य सहकारी संस्था लिमिटेड लाई कसरी चिनाउनुहुन्छ ?
    यस सहकारी संस्थाले आफ्नो परिचय बनाइसकेको छ । लामो समयदेखि मंगलटार रोशी स्थित नार्के बजारमा आफ्नो कार्यालय स्थापना गरेर सेवा दिइरहेको छ । यस क्षेत्रका लागि वित्तीय कारोबारका अलावा सामाजिक उत्तरदायित्वका कामहरु पनि गर्दै आएको छ । सर्वसाधारणसँग जोडिएर विभिन्न व्यवसायिक कार्यहरु पनि गरेको छ त्यसैले यो संस्था स्थापित संस्था हो ।
    संस्थाको कार्यक्षेत्रका बारेमा पनि बताईदिनुस् न ?
    साविक का १५ वटा गाविसहरु यस सहकारीका कार्यक्षेत्र हुन्। । संघीयता कार्यान्वयन पछाडिका तेमाल, महाभारत, रोशी र नमोबुद्धसँगै छिमेकी जिल्लाको सुनकोशी गाउँपालिकाका केही क्षेत्रहरू रहेका छन्। । अहिले हामी कार्यक्षेत्र थप्ने चरणमा छौं । भौगोलिक विकटताका कारण डाँडापारी लगायतका क्षेत्र टाढा पर्छन्। । त्यसको व्यवस्थापन गर्नु हाम्रो चुनौती हो । अहिले एकै ठाउँबाट मात्र हामीले एकै केन्द्रबाट मात्र सेवा दिइरहेका छौं ।
    यस सहकारीलाई उत्कृष्ट सहकारीको रुपमा विकास गर्न के कस्ता प्रयास गर्नुभएको छ ?
    हाम्रो संस्था बहुउद्देश्यीय संस्था हो । यसको मुख्य उद्देश्य ग्रामीण क्षेत्रका नागरिकको कसरी आर्थिक विकास गर्न सकिन्छ भन्ने नै हो । बहुउद्देश्य अनुसार शेयर सदस्यलाई जोडेर कसरी आर्थिक क्रियाकलाप सञ्चालन गर्न सकिन्छ भन्ने हाम्रो मुख्य।उद्देश्य हो । आजभन्दा १५ वर्षअगाडि जतिखेर सहकारी स्थापना भयो । त्यस समयमा १० ÷ १५ हजार ऋण प्राप्त गर्ने कठिनाई थियो । त्यतिखेरको समयमा सो रकम शेयर सदस्यहरुलाई परेको बेला उपलबध गराउनका लागि आवश्यक व्यवस्थापन गर्नु नै सहकारीको पहिलो उद्देश्य थियो । बचतकर्ताबाट सानो सानो रकम संकलन गरी आवश्यक परेका मानिसलाई अथवा शेयर सदस्यलाई गर्जो टार्ने गरी ऋण उपलब्ध गराउनु नै हाम्रो थप उद्देश्य थियो । यसमा हामी सफल भयौं सानोतिनो रकम आवश्यक पर्दा साहु महाजनकोमा जानुपर्ने समस्या समाधान भयो । जसले गर्दा साहु महाजनको चर्को ब्याजबाट सर्वसाधारण मुक्त भए । त्यसैले हामीले त्यो सहकारी शिक्षा दिएर सहकारी अभियान चलायौं । हाम्रो अभियानमा स्थानीयले साथ दिनुभयो ।
    हाम्रा शेयर सदस्य धेरै कृषक हुनुहुन्छ । हाम्रो संस्थापनि बहुउद्देश्य संस्था हो । जसले गर्दा सहकारी प्रति शेयर सदस्यको विश्वास जुटाउन हामी सफल भयौं । यस क्षेत्रका कृषकको मुख्य उत्पादन दुध हो । त्यो समयमा निजी डेरी मार्फत दुध संकलन गरिन्थ्यो । हामीले कृषकलाई थप हितका कार्यक्रम सहित संस्थाले कम मार्जिन राखी दुग्ध संकलन गर्न थाल्यो । हाम्रो सोच अनुसार प्रशोधन सहित दुग्ध व्यवस्थापनमा जटिलता त भयो । यस क्षेत्रमा हामीले अध्ययन गरेर मात्र कार्य थालेका थियौं । जस अनुसार दुध संकलन शुरु गर्यौं । शुरुवाती समयमा अपेक्षा गरिएको भेल्युममा दुध संकलन गर्न नसके पनि निरन्तरको प्रयासमा हामीले सफता हासिल गर्यौं । लामो समयको हाम्रो दुग्ध व्यवसायलाई भूकम्पले पनि प्रभाव पार्यो । विभागका नियम संस्थाको अवस्थाका कारण हाल हामीले प्रत्यक्ष दुध संकलन नगरे ता पनि हामी भित्रैबाट आवश्यक व्यवस्थापन सहित अर्को संस्था मार्फत दुध संकलनको कार्यले अहिले पनि निरन्तरता पाइरहेको छ ।

    सहकारी संस्थाहरु समस्यामा छन् भनिन्छ ? कस्ता समस्याहरु छन ? अनि युवाको आर्कषण के छ ?
    अहिलेको अवस्थामा चाहिँ अलिकति सहकारीमाथि शंका उत्पन्न भएका छन् जुन स्वभाविक हो । केही सहकारीका कारण नकारात्मक देखिने तथा देखाउने प्रयासहरु भएका छन् । तर नियतबस सहकारीलाई गलत बनाउने कमै छन् । म लामो समय देखि सहकारी क्षेत्रमा छु सहकारी नियाली रहेको छु । सहकारीका नियममा रहेर संचालन हुने सहकारीहरु कमै मात्र संकटमा परेका छन् । सहकारी नियमानुसार जुन तरलता व्यवस्थापन गर्नुपर्ने हो त्यसलाई कम ध्यान दिने संस्थाहरु पनि संकटमा परेका छन् । अथवा भनौं अन्यकारोबार राम्रो भएर पनि समस्या भोगेका छन् । चर्चामा छन् । तरलता कम हुन्छ । शेयर सदस्य हल्लाको भरमा बचत फिर्ता गर्न आउँछ । तरलता व्यवस्थापन नहुँदा तत्काल फिर्ता गर्न सक्ने अवस्था हुँदैन । बचतकर्ताले समयमा बचत फिर्ता नपाए पछि चर्चा शुरु हुन्छ । अरु बचत कर्ता पनि बचत फिर्ता गर्न जान्छन । संस्थाले फिर्ता गर्न सक्दैन । उक्त संस्थाको कारोबार राम्रो होला । खराब ऋणि पनि नहोलान तर भनेकै समयमा भनेकै जति रकम अभाव हुँदा पनि सममस्या हुन्छ ।
    यस भित्र समस्या नभएका सहकारी पनि नभएका भने होइनन् । बचतकर्ताले त्यस्ता सहकारीको विषयमा बुुझ्नु जरुरी हुन्छ । सहकारी भनेको सहकार्य हो । यसको मर्म बुभ्mन नसक्ने संचालन संकटमा पर्नेहुन । सहकारी खोलौं न २ ÷४ पैसा नाफा खाउला भन्नेसोच यस क्षेत्रमा सम्भव छैन । संस्था संचालकले नियमको पालना गर्नुपर्यो । विश्वास दिलाउन सक्नुपर्यो ।
    राम्रो काम गर्नेलाई त समाजमा आफ्नो असल परिचय बनाउने प्लेटफर्म हो त यो । सहकारी मार्फत आर्थिक पाटोमा मात्र होइन नी समाजिक सम्बन्ध विस्तार पनि हुन्छ त ।
    पछिल्लो समय युवा वर्गमा महत्कांक्षा बढेको छ । सहकारी संचालकका रुपमा काम गर्न कमैको चाहना देखियोको छ । तर कर्मचारीका रुपमा युवाहरुनै सक्रिय छन । समुदाय तथा शेयरसदस्यले संचालक समितिमा अलिकति पाको मानिस नै खोज्दो रहेछ ।
    सहकारीले जनतालाई ऋण लगानी गर्छ जनताले ऋण तिर्न सक्दैन उसको उठिबास लाग्छ भन्ने पनि सुनिन्छ नी । यस विषयमा तपाईंको विचार के छ ?
    हो यस प्रकारको आरोप मैले पनि सुनेको छु । तर असल ऋणिबाट यस प्रकारको आरोप कहिल्यै लाग्दैन । यसमा चाहिँ मैले होइन भन्छु । किन भन्दाखेरी मैले सहकारी शिक्षाको कमी भयो भने यो अवस्था सिर्जना हुन्छ भन्ने मान्यता राख्छु । बचत कर्ता तथा ऋणिमा यस प्रकारको सहकारी शिक्षा प्रदान गर्नु संस्थाको जिम्मेवारी हो नी । खासमा सहकारी स्थापना अघि सम्म न्यूनतम २४ माथि व्याजदर थियो । उक्त व्याजदर हुँदा पनि साहुजन बाट रकम लिएर फाइदा नै गर्ने व्यवसायी थिए । अहिले त सहकारीले १६प्रतिशत भन्दा माथि व्याज लिएको थाहा छैन । जुन उद्देश्यका लागि ऋण लिइएको हो सो उद्देश्य पूरा गरे र व्यवसायको रकम अन्य क्षेत्रमा हिनामिना नगरे कसरी डुबाउँछ सहकारीले । लिएको ऋण अपचलन भए मात्र समस्या हो । अलिकति यो चाहिँ सहकारी सम्बन्धी ज्ञानको कमी वन सदस्यको कमजोरीपनका कारण यस्ता कुरा बाहिर आउने हुन् ।

    सहकारीले उत्तरदायित्वको कामहरु सामाजिक क्रियाकलापहरु धेरै गरेका होलान्। नि ?
    छ हामीले दुध संकलनको काम गर्यांै । जसले स्थानीयको कृषकको आय अर्जनमा सघाउ पुर्यायो । यस संगै संस्थाले शेयर सदस्यको सुख दुःखमा साथ दिएको छ । विकट दुर्गम गाउँका बासिन्दालाई आर्थिक सहजीकरण गरेको छ । अन्य संस्था तथा निकायहरु्र सँग मिलेर सामाजिक हितका कार्य गरेको छ ।
    मैले एउटा रोचक प्रसँग सुनाएँ । हाम्रो सहकारीको कार्यक्षेत्रबाट धेरै युवा बैदेशिक रोजगारीमा छन् । उनीहरुको घरपरिवार सँगको नियमित सम्पर्क तथा उनीहरुले पठाउने पैसा सहकारी मार्फत नै उपलब्ध गराउने हामीले योजना बनायौं सुरुवाती यहाँ इन्टरनेटको अभाव हुँदा भक्तपुरमा एकजना कर्मचारी व्यवस्थापन गरी विदेश बस्नेले पठाएको रकम यहीँ सरकारी संस्थामार्फत उपलब्ध गरायौं । अहिले इन्टरनेटको व्यवस्था छ हामीले सहज रुपमा त्यो सेवालाई निरन्तरता दिएको छौ । हाम्रो समुदायको लागि यो पनि सामाजिक उत्तर दायित्व अन्तर्गतको काम हो । जसलाई निरन्तरता दिइरहेका छौ । यस प्रकारका धेरै काम गरेका छौं ।
    तपाईंको विचारमा काभ्रेका जति पनि सहकारी संस्था छन्। यी सहकारीहरु आफ्नो विधि आफ्नो ऐन नियमअनुसार संचालन भएका छन् ?
    कति सहकारीले यी नियमलाई माने ती सफल भए जुन न्यून संख्यामा छन् । सबै सहकारीले सबै नीति नियमको पालना गरेका छन् भन्ने मलाई चाहिँ लाग्दैन । मैले पनि सहकारी क्षेत्रमा लामो अनुभव बटुृलेँ । जहाँसम्म लाग्छ मेरो विचारमा चाहिं यो नीति नियम सबै संस्थाहरुले पालना गर्न सकेको छैनन् । उदाहरणको लागि सहकारीको पहिलो भनेको बचत लिने र दिने भन्ने हुन्छ यी क्रियाकलाप सबै सहकारीमा छ । तर त्यस भित्रका विधि विद्यान, सहकारी ऐन नियम, नियमावलीले व्यवस्था गरेका विषय संस्थाको विनिमय अनि कार्यविधिहरु निर्माण र परिपालना संस्थामा हुनुपर्छ । यी कुरा मध्ये कुनै न कुनै विषमा धेरै संस्थाहरु चुकेका छन् । काठमाडौं विश्वविद्यालय तथा सहकारीको महासंघ मार्फत सहकारीको विषयमा जुन अध्यापन गराइएको छ त्यसले सहकारीलाई व्यवस्थित बनाउन सघाउ पुर्याउँछ । यस प्रकारका दक्ष जनशक्ति उत्पादन गर्नेहो भने तब मात्र सहकारीहरु व्यवस्थित बन्न सकछन् ।

    नियमनकारी संस्थाहरूले नै सहकारी संस्थाहरुको अनुगमन नगरेको भन्न खोज्नु भएको हो ?
    अहिले त सहकारी व्यवस्थापन तथा अनुगमन गर्ने निकायको नै टुङ्गो छैन त । पालिका स्तरमा सहकारी शाखा कति र कुन पालिकाले राखेका छन् । सहकारी हेर्ने जिम्मेवारी नै त्यहाँको अन्य कुनै एक सहकारी शाखा प्रमुखलाई दिइएको हुन्छ । संघियता कार्यान्वयन अघि सहकारी डिभिजनमा भएका तथ्याङ्क खोज्न कुन निकायमा जाने हो ? यस विषयमा हामीले नै ठूलो हण्डर भोगी सकेका छौ । एउटा नियमित संचालित स्थापित सहकारीको तथ्याङ्क प्राप्त गर्न त कठिन छ भने कमजोर सहकारीहरुको अवस्था के होला ? अहिले त गाउँ गाउँबाट सहकारी खोजी गर्ने तथ्यांङ्क राख्ने क्रममा स्थानीय तहरुका सूचना देखिन्छन । यसबाट सहकारीको अनुगमन नियमनको अवस्था के होला सहजै बुझ्न कठिनाइ भएजस्तो लाग्दैन ।

    अन्त्यमा के भन्न चाहनुहुन्छ ?
    समुदायका लागि सहकारी आवश्यक छ । समुदायबाट नै तयार भएको पुँजी समुदायमै परिचलान हुन्छ । केही गर्छु भन्नेले अवसर पाउँछ । रकम हुनेको व्याज सहित सुरक्षण हुन्छ । तर सहरकारी व्यवस्थापनमा भने ध्यान दिनुपर्छ । सहरकारी सम्बन्धि नीति नियमको पूर्ण पालना गरिनुपर्छ । नीति नियमको पालना सहित संचालित सहकारी समस्यामा नै पदैन । सरकारीका विषयमा गलत कुरा नसुनिएका पनि होइनन् । केही सहकारीले गलत गरेका पनि होलान तर कतिमा बाहिर कुरा आए जस्तो समस्या पनि छैन । तरलता न्यून भएको सहकारीमा एकै पटक बचत फिर्ता गर्न बचतकर्ता आए भने कुन सहकारीलाई सहजता होला र । तसर्थ वास्तविकता बुझेर कार्य गर्नु जरुरी छ । सहकारी हाम्रा लागि जरुरी छ । राष्ट्रको नीति अनुसार नै कमजोर तथा तल्ला वर्गाका नागरिकको हितमा छ । त्यसैले सहकारी बुझौ सहकारी मार्फत असल कारोबार गरौं । आयआर्जन बढाऔं भन्दै सहकारीका विषयमा भएका अनुभव तथा विचार राख्ने मौका दिनुभयो तपाई र तपाईका लोकप्रिय संचारमाध्यमलाई धन्यवाद दिन चाहान्छु ।

     

    प्रतिक्रिया दिनुहोस


    अन्तरवार्ता सम्बन्धि थप

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    काभ्रे–१ का उम्मेदवार मुक्तानलाई शिक्षा मन्त्रालयसंगै दर्जनौं संस्थाको सम्मान

    समाचार

    “आफू मेटिनु“ को अर्थ आफ्नो व्यक्तिगत स्वार्थलाई त्यागेर अरूको ओठमा मुस्कान ल्याउनु हो।

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    काभ्रे खबर

    कांग्रेस सभापति तीर्थ लामाको संयोजकत्वमा निर्वाचन परिचालन मुल समिति

    आदर्श विद्यामन्दिर स्कुलको २१औँ वार्षिकोत्सव आज सुरु, भोलि सम्पन्न

    श्याम फुलुमाया फाउन्डेसनद्वारा ग्रामोदय आधारभूत विद्यालयलाई खाद्यान्न सहयोग

    वडा तहसम्म निर्वाचन तयारीमा जुट्यो नेपाली कांग्रेस क्षेत्र नं. १

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७७१५ पाठक संख्या
  • २.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५९९५ पाठक संख्या
  • ३.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ५८७४ पाठक संख्या
  • ४.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५८१७ पाठक संख्या
  • ५.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५६८५ पाठक संख्या
  • ६.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ५३४७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑