• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २८, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      १ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ३ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ४ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २८, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौतीमै पहिलो पटक बालबालिकासंग मेयर कार्यक्रम सम्पन्न

  • राजन दाहाल
  • २०८१ जेष्ठ १०, बिहिबार (१ साल अघि)
  • ५२१ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती
    पनौती नगरपालिकाको स्वाभिमान दिगो बालमैत्रीयुक्त पनौती हाम्रो अभियान भन्ने मूल नाराका साथ पनौती नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम सम्पन्न भएको छ । पनैती नगरपालिका बालमैत्री शाखाको आयोजना र पनौती नगर स्तरीय बाल समुह संजालको समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हो । पनौती नगरपालिकामा बालबालिकासंग मेयर कार्यक्रम गरेको यो पहिलो हो ।
    कार्यक्रमको सुरुवातमा बालमैत्री शाखाका प्रमुख केशव बन्जाराले भाइबहिनीहरुलाई कार्यक्रमको उदेश्य र औचित्यबारे जानकारी गराएका थिए । बालबालिकाको माग आबश्यक्तालाई सम्बोधन गर्न साथै बालबालिकाको अधिकार संगसंगै कर्तव्यको समेत बोध गराउने लगाएतको उदेश्यले यस किसिमको कार्यक्रमको आयोजना गरेको बालमैत्री शाखा प्रमुख केशव बन्जाराले जानकारी दिए ।
    कार्यक्रममा वडा बाल समुह संजालबाट १२ वटा र नगर बाल समुह संजालबाट १ वटा गरि १३ वटा समुह निर्माण गरिएको थियो । उक्त समुहहरुले हालसम्म भए गरेका कामको बारेमा जानकारी गराएको थियो । साथै सोही समुहबाट साझा धारणा बनाइ आ आफ्नो समुहको तर्फबाट नगरपालिका प्रती अपेक्षा समेत प्रस्तुत गरेका थिए ।
    बालबालिकाहरुले नगरपालिकाका मेयरसंग प्रत्येक वाडामा बलमैत्री सार्बजनिक सौचालय, बालमैत्री पार्क, विद्यालयमा सेनिटरी प्याड डिस्पोजल कीटको व्यवस्था, पुस्तकालयको व्यवस्था, सामुदायिक विद्यालयले उठाएको शुल्क सम्बन्धि, खेल मैदान संगै खेलकुदका सामाग्री, सार्वजनिक स्थानमा धूम्रपान र मध्यपान बेचबिखन र प्रयोग रोक्न, गाडी भाडामा छुट नभएको, विद्यार्थीहरु शिक्षकहरुबाट दण्डित हुनु परेको लगाएतका कुराहरूलाई सुधार सहितको अपेक्षा राखेका थिए । साथै उनीहरुले निजि विद्यालयमा सेनिटरी प्याड बितरण गर्न पनि मेयर संग अनुरोध गरेका छन् । राज्यले सामुदायिक विद्यालयमा धेरै लगानी गर्दा पनि सामुदायिक विद्यालयको शिक्षाको स्तर खस्किएको कुराले आफुहरुलाई चिन्ता लागेको र यसको अनुगमन गर्न कसले छेक्यो ? भन्दै प्रश्न गरेका थिए । विद्यार्थीहरुले मेयरसंग बालमैत्री नगर भनेको छ तर एक जना अभिभावक आफ्नो छोराछोरी विद्यालय बाट फर्केर आउँदा सुरक्षीत आउँछन की आउँदैनन भन्ने डरमा बस्नु परेको धारणा समेत राखेका छन् । त्यस्तै गरि बालबालिकाले नग्रको महिला तथा बालबालिका शाखाबाट प्रदान गरिएको किशोर किशोरी शिक्षा तालिम सामुदायिक बिद्यालयमा दिएको तर सस्थागत बिद्यालयमा नदिएकोमा गुनासो राखेका थिए । उनीहरुले पनौतीमा मिति सकिएका खाद्य सामाग्री बिक्री भएको र यसले बालबालिका संगै समग्र मानव जीवनमा प्रतिकुल असर पार्ने भएकोले यसको अनुगमनमा ध्यान दिन नगर प्रमुखको ध्यान आकर्षण गरेका थिए ।
    पनौती नगरपालिका २०७८ साल असर ३० गते बालमैत्री नगर घोषणा भएको थियो भने निकट भविस्यमा नै बालश्रममुक्त नगर घोषणा गर्ने तयारिमा पनि नगरपालिका रहेको छ । बालबालिकाले वडा तथा नगरमा बाल समुह संजाल गठन पछि बालबालिकाको पक्षमा धेरै कामहरू भएको र यसलाई दिगोपना दिन जरुरी रहेको धारणा पनि राखेका छन् । उनिहरुले नगरपालिकाबाट हुने विभिन्न सडक नाटक र जनचेतना मुलक कार्यक्रममार्फत वडामा हुने बालविवाह रोक्न, बालश्रम हटाउन , धूम्रपान र मद्यपान सेवनमा न्युनिकरण गरिएको पनि धरणा राखेका छन् ।
    समुहबाट आएका अपेक्षा र प्रश्नहरुलाई नोट गरि नगर प्रमुख रामशरण भण्डारी र उप प्रमुख गीता बन्जाराले अपेक्षाहरु माथी प्रतिबद्धता जनाउदै सम्बोधन गरेका थिए । कार्यक्रममा पनौती नगरका १२ वटै वडाबाट वडा बालसंजालका विद्यार्थी भाइबहिनीहरु, नगर बाल समुह संजालका भाइबहिनी र १२ वटै वडाका बालमैत्री सहजकर्ताहरुको उपस्तिथि रहेको थियो ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७८ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१५० पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८२३ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०८ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२९१ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३७१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑