• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ जेष्ठ १२, आईतबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल तामाङ संघ ललितपुर ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न : सभापतिमा तिर्थ घलान सर्वसम्मत

      ११ घण्टा अघि

      निर्यातको भ्रमजाल: तेल व्यापार, डलरको चाप र दिगोपनको खोजी

      २ दिन अघि

      नेपाल तामाङ संघ ललितपुरको ऐतिहासिक जिल्ला अधिवेशन जेठ १० गते हुँदै : तामाङ समुदायको हकहित र पहिचान संरक्षणमा नयाँ अध्याय सुरु हुने विश्वास

      ५ दिन अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको बैठक : अधिवेशन भव्य रूपमा सफल पार्ने तयारी

      ६ दिन अघि

      रोम जलिरहेछ, नीरो बाँसुरी बजाइरहेछ…

      ६ दिन अघि

      सामुदायिक सहकारीमा करोडौंको हिनामिना, सस्थाले निकाल्यो विज्ञप्ति

      १ हफ्ता अघि

      सामुदायिक साकोसका प्रमुखले नै गरे ९८ लाख अपचलन : बनाए फर्जी कागज, चलाए ऋणीको पैसा

      १ हफ्ता अघि

      सन् २०२५ को आतंकवाद सूचकांकः बदलिंदो युद्ध, बदलिंदो मोर्चा

      १ हफ्ता अघि

      सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

      १ हफ्ता अघि

      उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले प्रस्तुत गरेका प्रमुख प्रस्तावहरू

      १ हफ्ता अघि

      गिम्दीमा वडा स्तरीय खुल्ला भलिबल प्रतियोगिता आयोजना हुँदै

      २ हफ्ता अघि

      पनौती नगरपालिकाद्वारा भ्रामक सूचना र अमर्यादित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

      २ हफ्ता अघि

      पनौतीमा “श्रमको सम्मान राष्ट्रको अभियान” सम्बन्धि अन्तर्क्रिया सम्पन्न

      ३ हफ्ता अघि

      माओवादी कार्यकर्ताबाट कुटिए कांग्रेसका सभापति, कांग्रेसद्वारा कडा कार्वाहीको माग

      ३ हफ्ता अघि

      युसुन मासुनागाको सालिक अनावरण: रेयुकाई एइको मासुनागा अस्पतालको नगर प्रमुखद्वारा प्रशंसा

      ४ हफ्ता अघि
    in
    आज: २०८२ जेष्ठ १२, आईतबार
    होमपेज /  काभ्रे खबर

    टिपिकल रैथाने खानेकुराहरुकोे लागि पनौतीको भ्यु पोइन्ट रिसोर्ट

  • राजन दाहाल
  • २०८१ भाद्र १७, सोमबार (८ महिना अघि)
  • ८६० पटक पढिएको
  • अनुमानित पढ्ने समय : १५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    भ्यू प्वाइन्ट रिसोर्टको अवस्थितिको बारेमा बताइदिनुस न ।
    भ्यू प्वाइन्ट रिसोर्टका विषयमा जानकारी दिनुपर्दा हामी काठमाडौबाट मात्रै २७ किलोमीटरको दुरीमा छौं । भ्यू प्वाइन्ट रिसोर्ट पनौती नगरपालिका वडा नं ४ मा रहेको छ । पनौती नगरपालिकाको पनि एउटा सुन्दर गाउँ चामखरम अवस्थित छ । यो ठाउँ समुन्द्र सतहबाट १ हजार ७ सय ६० मिटरको उचाईमा रहेको छ । यहाँबाट ऐतिहासिक तथा पर्यटकीय नगरी पनौतीका १२ वटै वडाहरुको दृश्य अवलोकन गर्न सकिन्छ । यो संगै फूलचोकी, नमोबुद्ध, बेथानचोक, धुलिखेल, नगरकोट, बल्थली नागी डाँडा लगाएतका पर्यटकीय स्थलहरुपनि देख्न सकिन्छ । यतिमात्र होइन यहाँबाट लाङटाङ, लाक्पादोर्जे, गौरीशंकर लगाएतका हिमालहरु छर्लङ्ग देखिन्छ । मनोरम दृश्यको आनन्द लिन सकिन्छ । चिसो हावा संगै मनै लोभिने फाँटहरु र जङ्गलहरु हेरेर आनन्द लिन सकिन्छ । समग्रमा शहर नजिकको एक सुन्दर गाउँमा रहेको छ ।

    देशका युबाहरु धमाधम बिदेश गइरहेको अवस्थम्थामा तपाई भने यहीँ व्यवसाय तर्फ आवकर्षित हुनुभएछ । कसरी आकर्षित हुनुनभयो यो व्यवसायमा ?

    महत्त्वपूर्ण प्रश्नको लागि तपाईंलाई धेरै धेरै धन्यवाद । म पनि १० बर्ष बिदेश बसेर आएको हुँ । बिदेशमा बस्दा मलाई के अनुभुति भयो भने म कुनै पनि दोश्रो दर्जाको नागरिक हुन्न । पासपोर्ट लिएर दोस्रो दर्जाको नागरिक भइन्न । देशमा नै केही न केही न केही गर्छु । चाहे सानो काम नै किन नहोस् आफ्नै देशमा गएर गर्छु भनेर बिदेशबाट आएको हुँ । मान्छेले भन्न चाहिँ नेपालमा कम गर्ने वातावरणनै छैन भन्छन् तर पनि यही वातावरणमा धेरैले राम्रै काम गरिरहेका छन् । अरु टिक्न सक्छन् भने म किन टिक्न सक्दिन ? मैले किन गर्न सक्दिन भन्ने प्रश्न सधैं मनमा आउँथ्यो । नेपालमै बसेर अब मैले म मात्र होइन अरुलाई पनि प्रेरणा मिल्न सक्ने किसिमको काम गरौं भन्ने सोच पलायो । हामीले गरेको कार्य अरुका लागि मार्गदर्शक बनोस भन्ने लाग्यो । साधन र स्रोत छ उपयोग गर्न सकियो भने विदेश नै जानुपर्छ भन्नै छैन भन्ने भावना उब्जियोस भन्ने लाग्यो । अरुले गरेको भन्दा फरक ढङ्गले चाहे कृषि होस् चाहे अन्य व्यवसाय । आफूले अपनाएको पेसा व्यवसायमा आफ्नो खुबी देखाएर काम गर्न सकियो भने पक्कै सफल भइन्छ । बिदेशमा भएका सबै नेपालीलाई मैले गरेको उदाहरणीय कामले नेपालमै पनि केही गर्न सकिन्छ भन्ने बनाउन चाहान्छु । नेपाल फर्क अभियानमा मैले पनि एक इट्टा थप्ने काम गर्छु भन्ने लागेको थियो । त्यसकै उदाहरण हो यो भ्यू प्वाइन्ट रिसोर्ट हेर्दै जाउ कत्तिको सफल भइन्छ ।

    बढ्दो आर्थिक मन्दि छ । तपाईको व्यवसायलाई आर्थिक मन्दीले कस्तो असर पारेको छ ?

    हरेक चुनौतीलाई अबसरको रुपमा हेरिनुपर्छ भन्ने मलाई लाग्छ । हिजो कोरोनाको बेलामा पनि मान्छेहरुले अबसरको रुपमा लिएर प्रतिस्थापित भएको उदाहरणहरु धेरै छन् । अहिले मन्दिको समय छ यो मन्दि त सधैं त नरहलानी एक न एक दिन त हट्ला नि होइन । तर मेरो सोच भनेको चाहिँ मन्दी हट्ने बेला सम्म म स्थापित भैसक्नु पर्छ भन्ने हो । अहिलेको समयमा मन्दी नै मेरा लागि चुनौतीहो यसलाई अवसरको रुपमा लिएर अगाडि बढेको छुु । नियमित गर्ने कर्मले सबैलाई पक्कै सफल बनाउँछ भन्न कुरामा ढुक्क छु ।

    अन्य रिसोर्ट तथा होटेलहरु भन्दा तपाइको रिसोर्टमा फरक विशेषता के छ ?

    हो,तपाइँले भन्नु भएको जस्तै हाम्रा वरपर ठुलाठुला होटल तथा रेस्टुरेन्टहरु छन् । उनीहरु ठूलो पूँजीले सम्पन्न छन् । उनीहरुको आ आफ्नै विशेषता पनि होलान । तर भ्यु पोइन्ट नै किन त ? यस रिसोर्टको विशेषता के छ त भन्नु पर्दा तपाइँले भ्यु पोइन्टमा अन्य भन्दा फरक आतिथ्यता या भनौ हस्पिटालिटी पाउनुहुन्छ । जुन तपाइले अन्य ठाउँमा आउनुहुन्न । यसको स्थापनाको उद्देश्य नै पृथकता सहित सेवा प्रदान गर्नु हो । त्यसको अनुभव गर्नको लागि भ्युपोइन्ट रिसोर्ट हो । यहाँ आउँदा तपाईले साँच्चै काभ्रेको एउटा गाउँमा आएको । गाउँले परिवेशको अनुभव गर्न सक्नुहुने छ । संगसंगै यहाँ हामीले प्रदान गर्ने टिपिकल रैथाने खानेकुराहरु को अनुभवको लागि पनि भ्यु पोइन्ट रिसोर्टनै हो । अहिलेका युवाले बिर्सन लागेका खानेकुरा जस्तै कोदोको ढिडो, मकैको रोटि÷ ढिडो, सिस्नु, पुवा, लोकल कुखुराको मासु , गुन्द्रुक ,भटमास, कोदोको मःम लगाएतको परिकार चाख्नको लागि र पारिवारिक वातावरण संगै मनोरम दृश्यको अवलोकनको लागि होटल भ्युपोइन्ट एक उचित गन्तव्य हो । हामी ढुुक्क छौं यहाँ आएर एकपटक सेवा लिएकाहरु पक्कै पुनः आउनुहुने छ । उहाँहरुको अनुभवले अरुलाई पनि आउन आकर्षित गर्नेछ ।
    रैथाने खानेकुरा जुटाउन गा¥हो छ । टाढाबाट ल्याउनुलर्ने होला यसो गर्दा कत्तिको सर्वसुलभ छ ?
    तपाइँले सहि भन्नू भयो । रैथाने खानेकुरा पाउन कठिन छ । रैथाने खानेकुरा लोपुन्मुख छन् तथा लोप हुँदैछन् । वर्णशंकर जातको प्रवेश तथा धेरै उब्जाउ गर्ने अभिलासाले यस प्रकारका खानेकुरा पाउन छाडिएको हो । यसले गर्दा यस प्रकारका खानेकुरा छिमेकी गाउँहरुबाट पनि ल्याउछौ । टाढाबाट ल्याउदा केही महँगो पक्कैपर्छ । तर पनि हामीले हाम्रो ग्राहकवर्गलाई महङ्गोको अनुभूति गराएका छैनौं । हामीले लो मार्जिन राखेरै भए पनि महङ्गो गरेका छैनौं । प्रतिस्पर्धाको जमाना छ त्यसैले बजारमा आइने जस्तै गरि हामिले सेवा दिइराखेका छौं ।

    तपाइँकै रिसोर्ट वरपर ठुलठुला होटल तथा रिसोर्ट छन् । यस बीचमा व्यवसाय गर्न कत्तिको चुनौती छन् ?

    चुनौती भन्दा पनि म चाहिँ यसलाई खुसिको कुरा ठान्छु । खुसिको कुरा किन भने हामीले पनौतीलाई टुरिजम हब बनाउनु छ र भएको पनि छ । ग्राहकलाई विकल्प पनि दिनुपर्छ । आ आफ्नो विशेषता पस्कने हो । राम्रो गर्न सक्यौं भने ग्राहक पक्कै आउँछ्न । ग्राहकलाई आकर्षित गर्ने हाम्रो बोलिचालीले पनि हो र हाम्रो व्यवहारए पनि हो । अन्य भन्दा हामी फरक छौं । अहिलेका ग्राहकले फरक कुरा खान खोज्छ । फरक ठाउँमा बस्न रुचाउँछ । त्यसैले हामिलाई ठुलाठुला रिसोर्टले असर पार्दैन । चुनौती खासै छैन ।

    स्थानीय निकायको सहयोगबाट कस्तो सहयोग पाउनुभएको छ ?

    अब मैले स्थानीय तहलाई सबै गर्दिनुस । होटल चलाइदिनुस त म भन्दिन । उहाँहरुले केही आश्वासन पनि दिनु भएको छ । तर मलाई अहिलेको अवस्थमा सबैभन्दा ठुलो चुनौती भनेको बाटो रहेको छ । कमसेकम बिकास आधारभुत कुराहरू जस्तै बाटो, बत्ती खानेपानी भैदियो भने राम्रो हुने थियो । नगर र वडा भन्दा पनि पनौती पर्यटन बिकास केन्द्र पनौतीमा छ । उहाँहरुले पनि हामिलाई साथ सहयोग गर्न सक्नुहुन्छ । उहाँहरुले गर्ने तालिम गोष्ठी तथा कार्यक्रम गर्दा हाम्रो होटललाई पनि प्राथमिकतामा राख्ने गरे हुने जस्तो लाग्छ । किनकी हामी पनि पनौतीमा पर्यटक भित्र्याउन पर्छ है भनेर लागेका मान्छे हौं नि त होइन ।

    तपाइँले यहाँ रिसोर्ट संचालन गर्दै गर्दा यहाँका स्थानीय हरुलाई के फाइदा भएको छ ?

    स्थानीय समुदायको साथ र सहयोग बिना व्यवसाय सफल हुनै सक्दैन । समुदाय र हामीबिच अहिले नङ र मासुको सम्बन्ध भएको छ भने स्थानीय नागरिकले उत्पादन गरेका कृषि चिजलाई हामिले किनिदिन्छौ । जस्तै आलु साग, गुन्द्रुक,अदुवा÷बेसार, लसुन , प्याज, बोडिको कोसा, कुखुरा ,दुध , बोका÷ बाख्रा लगाएत हामिलाई आवश्यक पर्ने सबै चिज किन्छौ । यसले गर्दा हामिलाई पनि अर्गानिक खानेकुरा पाउने र अर्कि तिर स्थानीयको जिविकोपार्जन पनि हुने दुबैजनालाई फाइदा छ । यश कार्यलाईहामिले निरन्तर गरिरहेका छौँ । स्थानीयहरु पनि खुसी हुनुहुन्छ र हामी पनि खुसी नै छौं ।
    अब भावी योजना के छ ?
    अहिलेसम्म आउनुभएको पाहुनाको सल्लाह सुझाव अनुसार मैले केही नयाँ कार्ययोजनाहरु तयार पारेको छु । केहि रुमहरु बढाउने र चारै सिजनमा बस्न मिल्ने खानको लागी कटेजहरु बनाउने । साथै हामिले अहिले जति जनाले रोजगार पाउनु भएको छ । त्यसलाई बढाउने योजना बनाएको छु ।

    तपाईंको रिसोर्टमा कहाँकहाँबाट आन्तरिक पर्यटकहरु आउने गरेका छन् ?

    हाम्रो रिसोर्टमा पनौतीका धेरै मानिसहरु आउनु हुन्छ । साथै बनेपाको सिमाना भएको कारण बनेपाबाट पनि आउनु हुन्छ । साथै कुशदेबी, रयालेबाट पनि आउनुहुन्छ । बेथान्चोकबाट, धुलिखेलबाट पनि धेरै पर्यटकहरु आउनु हुन्छ । त्यतिमात्र होइन हाम्रो रिसोर्टमा अनलाइन बूकिङबाट भक्तपुर र काठमाडौबाट पनि उत्तिकै पर्यटकहरु आउने गरेका छन् ।

    अन्तमा यस मिडिया मार्फत के भन्न चाहानुहुन्छ ?

    सर्वप्रथम तपाईं लगाएत तपाईंको सम्मानित मिडियालाई धेरै धेरै धन्यवाद भन्न चाहान्छु । यदि तपाईं तनावमा गुज्रिनु भएको छ भने र साथीभाइ सँंग फ्रेस हुन मन लागेको छ भने हाम्रो यो पनौतीमा रहेको होटल भ्युपोइन्ट रिसोर्टमा आउन सक्नुहुनेछ । काठमाडौबाट मात्र २७ किलोमिटरको दुरिमा रहेको पनौतीको चामखरको डाँडामा आएर फरक किसिमको हस्पिटालिटी र फरक किसिमको खाने कुराहरू, टिपिकल खानेकुराहरू, मनोरम दृश्य हेर्दै आनन्ंद लिनको लागि उपयुुक्त थलो यो हुनसक्छ । तपाईंले सोचेभन्दा राम्रो अनि मीठो खाना र पारिवारिक रमाइलो वातावरण मा रम्न हाम्रो भ्यु पोइन्ट रिसोर्टमा आउनुहोला । हामी सेवाको लागि तयार छौ भन्न चाहान्छु । धन्यवाद

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल तामाङ संघ ललितपुर ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न : सभापतिमा तिर्थ घलान सर्वसम्मत

    नेपाल तामाङ संघ ललितपुरको ऐतिहासिक जिल्ला अधिवेशन जेठ १० गते हुँदै : तामाङ समुदायको हकहित र पहिचान संरक्षणमा नयाँ अध्याय सुरु हुने विश्वास

    नेपाल तामाङ संघ कोशी प्रदेशको बैठक : अधिवेशन भव्य रूपमा सफल पार्ने तयारी

    सामुदायिक सहकारीमा करोडौंको हिनामिना, सस्थाले निकाल्यो विज्ञप्ति

    सामुदायिक साकोसका प्रमुखले नै गरे ९८ लाख अपचलन : बनाए फर्जी कागज, चलाए ऋणीको पैसा

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

    समाचार

    नेपाल तामाङ संघ ललितपुर ऐतिहासिक जिल्ला अधिवेशन सम्पन्न : सभापतिमा तिर्थ घलान सर्वसम्मत

    निर्यातको भ्रमजाल: तेल व्यापार, डलरको चाप र दिगोपनको खोजी

    नेपाल तामाङ संघ ललितपुरको ऐतिहासिक जिल्ला अधिवेशन जेठ १० गते हुँदै : तामाङ समुदायको हकहित र पहिचान संरक्षणमा नयाँ अध्याय सुरु हुने विश्वास

    नेपाल तामाङ संघ कोशी प्रदेशको बैठक : अधिवेशन भव्य रूपमा सफल पार्ने तयारी

    काभ्रे खबर

    सामुदायिक सहकारीमा करोडौंको हिनामिना, सस्थाले निकाल्यो विज्ञप्ति

    सामुदायिक साकोसका प्रमुखले नै गरे ९८ लाख अपचलन : बनाए फर्जी कागज, चलाए ऋणीको पैसा

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

    पनौती नगरपालिकाद्वारा भ्रामक सूचना र अमर्यादित गतिविधिप्रति गम्भीर ध्यानाकर्षण

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५२७१ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ४८५४ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४६२३ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४५१८ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४११० पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३१६५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑