• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ ३०, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

      ४ दिन अघि

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      ६ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      १ हफ्ता अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      १ हफ्ता अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      २ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      २ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      २ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      ३ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ४ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      १ महिना अघि
    in
    आज: २०८२ अषाढ ३०, सोमबार
    होमपेज /  काभ्रे खबर

    जनाताको मन जित्ने गरी काम गर्न नेता तथा कार्यकर्तालाई देउवाको निर्देशन

  • राजन दाहाल, सिरुपाते खबर
  • २०८१ आश्विन ५, शनिबार (९ महिना अघि)
  • ५४६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    धुलिखेल

    पूर्वी नेपाल प्रवेश गर्ने सबै भन्दा छोटो राजमार्ग विपी राजमार्गको शुरुवाती विन्दु धुलिखेलमा नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला (विपी) को पुर्ण कदको सालिक अनावरण गरिएको छ ।

    काभ्रेपलाञ्चोक जिल्लाको धुलिखेल स्थित जरनडाँडामा निर्माण भएको पूर्णकदको सालिकको पूर्व प्रधानमन्त्री तथा नेपाली काग्रेसका केन्द्रीय सभापति शेरबहादुर देउवाले शनिवार अनावरण गरेका हुन् ।

    सालिक अनावरण गर्दै सभापति देउवाले विपी राजमार्ग सडक निर्माणको ऐतिहासिक पृष्ठभूमिको चर्चा गरेका थिए । सडक निर्माणको क्रम शुरु भएपछि विपीकोइराला आफ्नो घरभएको क्षेत्रबाट बाटो निर्माण भएको आरोप लागेको प्रसंग उल्लेख गर्दै सिन्धुुलीको दुम्जा छाडेर बसाई सराई गरी सक्दा पनि उनलाई त्यसकिसिमको आरोप लागेको तर सडक निर्माण सम्पन्न भएपछि सडक पूर्वी क्षेत्रको तराई पहाड र हिमाल तीननै क्षेत्रलई जोडने महत्वपूर्ण सडकको रुपमा निर्माण भएको उल्लेख गरे । बर्तमान राजनीतिक समिकरणका विषयमा देउवाले कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा जनमानसमा सकारात्मक सन्देश गएको बताएका छन् । यिनै दुई पार्टीको कचकच अन्त्य भएको भन्दै जनमानसबाट प्रतिक्रिया सुनिन थालिएको उनको भनाई थियो । उनले धेरै साना दलहरु मिल्नुभन्दा ठूला दलहरु मिलेर सरकार बनाउनुलाई नागरिकले दिगो हुने विश्वास लिएका बताएका हुन् ।

    महामानव बिपी कोइरालाले देखाएको बाटो कांग्रेसका लागि सधैं प्रेरणादायी रहने भन्दै आम कांग्रेसजनले उनका सिद्धान्तलाई कहिल्यै भुल्न नहुने उनको भनाई थियो । हामी अहिले काम भएन भएन मात्र भन्छौं तर किन भएन भनेर खोजी गर्दैनौं भन्दै देउवाले नेताहरुलाई गाली मात्र गरेर भन्दा आफ्नो तहबाट काम गरेर मात्र देशको विकास सम्भव हुने बताए ।

    अग्रज नेताहरुले छोडेर गएका अधुरा कामहरु पूरा गर्ने जिम्मेवारी अब पछिल्लो पुस्ताको काँधमा आएको बताउँदै देउवाले अप्ठ्याराहरुलाई पन्छाउँदै अघि बढ्नुपर्नेमा जोड दिए । उनले जनताका कामहरुमा सबैले जिम्मेवारीपूर्णरुपमा कर्तव्य पूरा गरेर जानुपर्ने आवश्यकता औंल्याए । आगामी दिनमा पार्टीलाई कसरी राम्रो गरेर अगाडी लैजान सकिन्छ भन्नेमा सबैले सोच्नु पर्ने र पार्टीलाई पहिलो पार्टी बनाउन लाग्नुपर्ने भन्दै नेता कार्यकर्तालाई यसमा लाग्न निर्देशन पनि दिए ।

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवम् बिपी पुत्र शशांक कोइरालाले पार्टीमा युवापुस्ताको सहभागीताको खाँचो रहेको बताए । देशमा भएका सबै जसो विकासमा कांग्रेसको ठूलो योगदान रहेको बताउँदै कोइरालाले युवाहरु विदेश गएर होइन, स्वदेशमै काम गरेर देश विकास गर्नुपर्ने बताए । नेपाली काग्रेस नेता केन्द्रित भएको र कम आवसर पाएको भन्दै युवा विदेश पलायन रोक्न काग्रेसका भूमिका अपरिहार्य रहेको बताए । बिपीले देखाएको त्यागलाई हामीले भुल्नु नहुने भन्दै कोइरालाले काग्रेसमा एकाताको भावना अझै जरुरी रहेको बताए ।
    कांग्रेस काभ्रेका सभापति तिर्थ लामाले कांग्रेस अब सबै सधैं सँगै मिलेर जाने भन्दै बिपी कोइरालाको शालिक निर्माण गर्दाका समस्या र अहिलेको अवस्थामा आइपुग्दासम्मका घटनाक्रमहरुका बारेमा जानकारी दिए ।

    कार्यक्रममा केन्द्रिय सदस्यहरु शिव प्रसाद हुमागाई,मधु आचार्य,मोहनबहादुर बस्नेत गणेशलामा,कञ्चनचन्द्र वादेलगायतले वीपी राजमार्गले पुर्याएको फाइदाका विषयमा चर्चा गरेका थिए ।

    २०७१ सालमा शिलान्यास गरिएको ९ वर्ष पछि सालिकले पूर्णता पाएको हो । कुल १५ लाख रुपैयाँ लागतमा सालिक निर्माण गरिएको प्रतिमा निर्माण मूल समितिका संयोजक जितकृष्ण धिनान्जु श्रेष्ठले जानकारी दिए । प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वर प्रसाद (वी.पी.) कोइरालाको परिकल्पनामा वि.सं २०१६ सालमा शुरुवात भएको यस सडक निर्माण प्रधानमन्त्री कोइराला अपदस्थ गरी २०१७ सालमा पञ्चायती व्यवस्था लागू भएपछि सफल हुन सकेको थिएन ।

    यसै सन्दर्भमा, वी.पी.को परिकल्पना र उहाँकै नाम रहेको राजमार्ग (वी.पी. राजमार्ग) को सुरुवाती विन्दु धुलिखेलमा वी.पी. कोइरालाको प्रतिमा स्थापना गर्नु वाञ्छनीय ठानेर वी.पी. कोइराला प्रतिमा, निर्माण समिति’ र नेपाली कांग्रेस धुलिखेल नगर समितिको अग्रसरतामा धुलिखेल नगरपालिका वडा नं ६, जरणडाँडास्थित हस्पिटल चोकमा प्रतिमा स्थापना गरिएको नेपाली कांग्रेस काभ्रेका सचिव माधब ढकालले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    समाचार

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    काभ्रे खबर

    नेपाल विद्यार्थी संघ काभ्रेले भोलि विद्यार्थी सम्मान गर्दै

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४८६ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१६३ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८३२ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७२० पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४३०० पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३८१ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑