• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ बैशाख ३, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

      ५३ मिनेट अघि

      अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

      ३ दिन अघि

      विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

      ५ दिन अघि

      बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

      ६ दिन अघि

      खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

      १ हफ्ता अघि

      खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

      १ हफ्ता अघि

      गिम्दीमा एकीकृत नमुना बस्ती निर्माण गर्न वडा अध्यक्षको ऐतिहासिक पहल

      २ हफ्ता अघि

      300+ MCQ Based on “भदौ २३–२४ आन्दोलन जाँचबुझ आयोग प्रतिवेदन”

      ३ हफ्ता अघि

      भदौ २३ र २४ आन्दोलनको जाँचबुझ आयोग प्रतिवेदन : एक समग्र सारांश

      ३ हफ्ता अघि

      जेनजी आन्दोलनको दमनबारे जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन बाहिरियो (पुर्णपाठ सहित )

      ३ हफ्ता अघि

      मानिसमा लगानी: रोजगारी र आर्थिक वृद्धिका लागि नेपालको सबैभन्दा ठूलो अवसर

      ३ हफ्ता अघि

      वे टु विज्डम मण्टेश्वरी स्कुलको अभिभावक दिवस र दीक्षान्त समारोह सम्पन्न

      ३ हफ्ता अघि

      पनौतीमा ५ मा भएको रक्तदान कार्यक्रममा ४१ जनाले गरे रक्तदान

      ४ हफ्ता अघि

      फेक आइडीबाट फैलाइएका भ्रामक सामग्रीप्रति महाङ्काल गाउँपालिकाको आपत्ति

      १ महिना अघि

      काभ्रे इङ्ग्लिश माध्यमिक विद्यालयमा ‘काभ्रे शैक्षिक महोत्सव–२०८२’ सम्पन्न

      १ महिना अघि
    in
    आज: २०८३ बैशाख ३, बिहिबार
    होमपेज /  काभ्रे खबर

    ह्याबिट्याट र शान्ति जन आदर्शको संयुक्त पहल: सीमान्तकृत समुदायलाई आवास निर्माणमा सहयोग

  • राजन दाहाल
  • २०८१ चैत्र १२, मंगलबार (१ साल अघि)
  • ७११ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ५ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रेपलाञ्चोक/पाँचखाल
    अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा ह्याबिट्याट फर हुम्यानिटी नेपालको आर्थिक सहयोग र शान्ति जन आदर्श सेवा केन्द्र र पाँचखाल नगरपालिकाको समन्वय र सहजीकरणमा पाँचखाल नगरपालिका वडा नम्बर १२, जरेटारमा सिमान्तकृत दनुवार समुदायको आवास निर्माणमा एक दिने श्रमदान कार्यक्रम सम्पन्न भएको छ।
    कार्यक्रममा पुरुष मात्र नभई महिला पनि निर्माण कार्यमा सक्षम छन् भन्ने उदाहरण प्रस्तुत गरिएको थियो। ह्याबिट्याट फर हुम्यानिटी नेपालले प्रत्येक वर्ष नारी दिवसको अवसरमा आफ्नो परियोजना संचालन भएको ठाउँमा गएर महिला सहभागितामा निर्माण कार्य संचालन गर्ने अभियान चलाउँदै आएको छ।
    पाँचखाल १२ जरेटारमा संचालित सुरक्षित आवास निर्माण परियोजना अन्तर्गत घरबारविहीन अपाङ्ग, महिला, एकल महिला र अति विपन्न नागरिकको लागि आवास निर्माण कार्य भइरहेको छ। सोही परियोजना अन्तर्गत जरेटारका शारीरिक रुपमा अपाङ्ग चन्द्रमाया दनुवार र एकल महिला माइली दनुवारको घरको जग खन्ने कार्यमा श्रमदान गरिएको थियो।
    ह्याबिट्याट नेपालकी संचार विभाग प्रमुख सची मल्लीका अनुसार संस्थाले गत वर्ष मोरङमा पनि यस्तै स्वैच्छिक श्रमदान कार्य गरेको थियो। संस्थाले हालसम्म पाँचखाल नगरपालिकामा १९ वटा सुरक्षित आवास निर्माण गरिसकेको छ। जसमध्ये १५ वटा आवास निर्माणमा पाँचखाल नगरपालिकाको ४०% र ह्याबिट्याट नेपालको ६०% आर्थिक सहयोग रहेको छ भने ४ वटा आवास निर्माणमा ह्याबिट्याट नेपालको ७५% र घरधनीको २५% आर्थिक सहयोग रहेको छ।
    पाँचखाल १२ मा ९ वटा, ६ मा ३ वटा, १० मा ३ वटा गरी १५ आवास निर्माण अन्तिम चरणमा पुगेको छ। त्यस्तै पुनः वडा न १२ नम्बर वडामा ३ वटा र ३ नम्बर वडामा १ वटा आवास निर्माण भइरहेको छ। एक प्राविधिकका अनुसार शौचालयसहितको आवास निर्माण गर्न करिब १० लाख रुपैयाँ लाग्नेछ।
    घरधनी चन्द्रमाया दनुवारले आफू शारीरिक रुपमा अपाङ्ग भएकोले घर बनाउन नसकेको दुखेसो पोख्दै संस्थाले सहयोग गरेर घर बनाइदिएकोमा खुशी व्यक्त गर्दै संस्थालाई धन्यवाद दिइन्। शान्ति जन आदर्श सेवा केन्द्र नेपालका अध्यक्ष शंखबुद्ध लामाले आवासविहीन परिवारलाई स्थानीय निकायसँग समन्वय गरेर आवास निर्माण गरेको र आगामी दिनमा पनि यस्ता परिवारको पहिचान गरी आवास निर्माणमा सहयोग गर्ने बताए। संस्थाकी कार्यकारी निर्देशक शान्तिलक्ष्मी श्रेष्ठले २०७२ सालको भूकम्पपछि विभिन्न आर्थिक साझेदारी संस्थासँग सहकार्य गरी सुरक्षित आवास निर्माण गर्दै आएको जानकारी दिइन्।
    पाँचखाल १२ का वडाध्यक्ष ज्ञानबहादुर दनुवारले अहिले बनेका आवासका नागरिक प्रतिनिधि पात्र मात्र भएको र आफ्नो वडामा धेरै घरबारविहीन नागरिक रहेकोले आगामी दिनमा पनि आवास निर्माणमा सहयोग गर्न आग्रह गरे।
    कार्यक्रममा ह्याबिट्याट फर हुम्यानिटी अस्ट्रेलियाका अन्तर्राष्ट्रिय प्रोग्राम हेड क्रिस्टोफर गोबर्स, ह्याबिट्याट फर हुम्यानिटी नेपालकी कन्ट्री डाइरेक्टर एलिजा स्थापित, ह्याबिट्याट फर हुम्यानिटी नेपालका अन्य कर्मचारी, शान्ति जन आदर्श सेवा केन्द्रका अध्यक्ष संखबुद्ध लामा, कार्यकारी अधिकृत शान्ति लक्ष्मी श्रेष्ठ, कार्यक्रम संयोजक सुनिता लामा, पाँचखाल १२ का वडाध्यक्ष ज्ञान बहादुर दनुवार, नगर कार्यपालिका सदस्य, वडा सदस्य लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    खनिखोलामा कालोपत्रे सडक : ‘जनमुक्ति मार्ग’ले खानीखोलाको विकासको ढोका खोल्दै

    खानिखोलामा सीपमार्फत आत्मनिर्भरता बनाउन सिलाइ–बुनाइ तालिम सुरु

    समाचार

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    काभ्रे खबर

    बिचौलियाको अन्त्य गर्ने लक्ष्यसहित पनौतीमा फूड बैंक स्थापना

    अशक्त टिकबहादुर मङ्गरातीको घर श्याम फुलमाया फाउन्डेसन निर्माण गरिदिने

    विकासको नाममा विनाश नहोस् (सम्पादकीय)

    बन्दबाट पुनर्जागरण भएको ग्रामोदय विद्यालयमा वार्षिक उत्सव तथा अभिभावक सम्मेलन सम्पन्न

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ७९२४ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७५६२ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६१६० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६००३ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ५९९१ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५८८७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑