• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २६, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

      १ दिन अघि

      वडा सदस्यले बुझाए राजिनामा

      ५ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      ६ दिन अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १ हफ्ता अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      १ हफ्ता अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      १ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      २ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      २ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      २ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      २ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      ३ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      ३ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      १ महिना अघि
    in
    आज: २०८२ अषाढ २६, बिहिबार
    होमपेज /  काभ्रे खबर

    ग्रामोदय आधारभूत विद्यालय: गौरवमय इतिहासको पुनर्जागरण, वार्षिकोत्सवले ल्यायो खुशियालीको बहार

  • राजन दाहाल
  • २०८१ चैत्र २६, बुधबार (३ महिना अघि)
  • ६१० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ९ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    शैक्षिक धरोहरको रूपमा स्थापित पनौती नगरपालिका वडा न ५ स्थित श्री ग्रामोदय आधारभूत विद्यालयले आफ्नो गौरवमय इतिहासलाई पुनर्जीवित गर्दै ६२ औं वार्षिकोत्सव, अभिभावक सम्मेलन र परीक्षाफल प्रकाशन कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ। वि.सं. २०१९ सालमा शिक्षाको ज्योति छर्न स्थापना भएको यो विद्यालय २०७८ सालमा केही समयको लागि बन्द भएको थियो। तर, स्थानीय युवाहरूको ऊर्जावान् पहल र अभिभावकहरूको अटुट चाहनाले विद्यालयले वि.सं. २०७९ भाद्र महिनामा फेरि एकपटक शैक्षिक यात्रा सुरु गरेको थियो ।
    पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा पनौती नगरपालिकाका शिक्षा निर्देशक प्रणराज न्यौपाने विशिष्ट अतिथिको रूपमा उपस्थित थिए। कार्यक्रममा अभिभावकहरूको उल्लेख्य उपस्थिति थियो, जसले विद्यालयप्रतिको उनीहरूको गहिरो अपनत्व र विश्वासलाई दर्शाउँथ्यो। विद्यालयका साना नानीबाबुहरूले आकर्षक सांस्कृतिक नृत्य प्रस्तुत गरेर उपस्थित सबैलाई आनन्दीत बनाएका थिए।
    कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रामशरण भण्डारीले आफ्नो मन्तव्यमा स्थानीय समुदायले शिक्षा क्षेत्रमा देखाएको सक्रियताको प्रशंसा गर्दै विकास निर्माणका हरेक क्षेत्रमा यसरी नै सहकार्य भएमा पनौतीले छिट्टै प्रगति हासिल गर्ने विश्वास व्यक्त गरे।

    विशिष्ट अतिथि शिक्षा निर्देशक प्रणराज न्यौपानेले हिजो आफ्नै हातले विद्यालय बन्द गर्नुपरेको पुन:स्थापना पनि आफ्नै हातले गर्न पाउँदा हर्षित भएको बताए। उनले अब नगरपालिकाको सम्पूर्ण स्रोत साधन र प्रभाव विद्यालयको विकासमा केन्द्रित हुने र यो विद्यालयलाई उत्कृष्ट विद्यालयको रूपमा हेर्न चाहेको आफ्नो दृढ संकल्प सुनाए।
    पनौती नगरपालिकाका स्रोत व्यक्ति महेश्वर जंगमले विद्यालयको पुनर्जागरणमा स्थानीय युवाहरूको त्याग र समर्पणको उच्च मूल्याङ्कन गरे। समाजसेवी भोला थापाले विद्यालयलाई आधुनिक मन्टेश्वरी शिक्षा प्रणालीमा विकास गर्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै तत्कालै रु २५ हजार नगद शैक्षिक सहयोग प्रदान गर्ने घोषणा गरे, जसले उपस्थित सबैलाई उत्साहित बनाएको थियो ।
    वार्षिकोत्सवको यो महत्त्वपूर्ण अवसरमा विद्यालयलाई विभिन्न क्षेत्रबाट उदार सहयोग प्राप्त भएको छ। स्थानीय समाजसेवी कृष्ण प्रसाद श्रेष्ठको विशेष अनुरोधमा दोलखाका समाजसेवी घनश्याम फुयालले विद्यालयका विद्यार्थीहरूका लागि ६० सेट ट्र्याक शूट प्रदान गरेका थिए । धुलिखेल स्थित कान्छीमाया तामाङ फाउन्डेसनका अध्यक्ष डा. दिल बहादुर थोकरले विद्यालयका सबै विद्यार्थीहरूलाई न्यानो जुत्ता र मोजा वितरण गरे, जसले विद्यार्थीहरूलाई थप हौसला प्रदान गरेको थियो । चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.ले विद्यार्थीहरूलाई विद्यालय झोला प्रदान गर्‍यो भने ललितपुरको इमाडोलका दिनेश रिजालले विद्यार्थीहरूलाई आवश्यक पर्ने ६० सेट स्टेसनरी सामग्री वितरण गरेका थिए । पनौती आधारभूत बिद्यालयका प्रधानाध्यापक राजन श्रेष्ठले विद्यालयको शैक्षिक गतिविधिमा सहयोग पुर्‍याउन एक सेट कम्प्युटर प्रदान गरेका थिए । स्थानीय समाजसेवी इन्द्रलाल श्रेष्ठले साना बालबालिकाहरूको मनोरञ्जनका लागि आकर्षक चिप्लेटी निर्माण गरिदिएका थिए भने हाइल्याण्ड मा.वि.का श्रीराम थापाले विद्यालयको कार्यालयका लागि नयाँ दराज सहयोग गरे। पनौती वडा नं. ५ का वडा सदस्य महेन्द्रलाल श्रेष्ठले बालबालिकाहरूको खेलकुदका लागि ‘गो मेरी गो’ निर्माण गरिदिएका थिए। स्थानीय कृष्ण प्रसाद श्रेष्ठले विभिन्न दाताहरूबाट संकलित रु १ लाख रुपैयाँ विद्यालयको खातामा जम्मा गरिदिएका थिए।
    कार्यक्रममा यस वर्षको शैक्षिक सत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो, जसले अन्य विद्यार्थीहरूलाई पनि थप प्रेरणा मिलेको थियो। विद्यालयले उदार मनले सहयोग गर्ने सम्पूर्ण दाताहरूलाई कृतज्ञता स्वरूप प्रशंसापत्र प्रदान गरी सम्मान गरेको थियो। कार्यक्रममा लोकप्रिय कलाकार धनपती दाहालले आफ्नो सुमधुर गीत प्रस्तुत गरेर माहोललाई थप रमाइलो र संगीतमय बनाएका थिए भने विद्यालयले उनको कलाको सम्मान गर्दै अभिनन्दन गरेको थियो।
    श्री ग्रामोदय आधारभूत विद्यालयको यो पुनर्जागरण र ६२ औं वार्षिकोत्सवले समुदायको एकता, लगनशीलता र शिक्षाप्रतिको अटुट विश्वासलाई उजागर गरेको छ। विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र स्थानीय समुदायको यो सामूहिक प्रयासले विद्यालयलाई नयाँ उचाइमा पुर्‍याउने निश्चित छ। यो विद्यालयको गतिविधिले अन्य बन्द भएका विद्यालयहरूका लागि पनि प्रेरणाको स्रोत बन्न सक्ने निश्चिति छ । कार्यक्रममा बक्ताहरुले प्रधानाध्यापक उद्धब बोलखेको कार्यकौशल पनि चर्चा गरेका थिए । हाल ग्रामोन्न्ती आधारभूत बिद्ययमा ६६ जना विद्यार्थी अध्ययनरत छन् ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    समाचार

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रे खबर

    काभ्रेमा स्कुल बस र मोटरसाइकल ठोकिँदा दुई जनाको ज्यान गयो

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४७४ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१४३ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४८१८ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४७०३ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२८८ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३६७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑