• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २५, सोमबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      १ घण्टा अघि

      रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

      १ दिन अघि

      मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

      २ दिन अघि

      श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

      ६ दिन अघि

      चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

      ६ दिन अघि

      एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

      १ हफ्ता अघि

      सृजना, संवाद र संस्कृतिको उत्सव : महाङ्कालमा दुई दिने कला साहित्य महोत्सव हुँदै

      १ हफ्ता अघि

      सार्वजनिक स्थल वरिपरि सूर्तिजन्य पदार्थ बिक्री–वितरणमा बेथानचोक गाउँपालिकाको कडाइ

      १ हफ्ता अघि

      बेथानचोकमा आइतबार बिदा पुनः लागू, स्पष्ट सरकारी मापदण्ड आएपछि पालिकाको निर्णय फेरियो

      २ हफ्ता अघि

      नेपाल पत्रकार महासंघ काभ्रेपलाञ्चोकको साधारणसभा सम्पन्न,आठ बुँदे प्रस्ताव पारित

      २ हफ्ता अघि

      ११ औँ वर्षसम्म पूर्ण खोप सुनिश्चितता कायम गर्दै पनौती नगरपालिका

      २ हफ्ता अघि

      स्रष्टा दर्पणको ‘साहित्य र संस्कृति विशेष अङ्क’ लोकार्पित

      २ हफ्ता अघि

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      २ हफ्ता अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      ३ हफ्ता अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २५, सोमबार
    होमपेज /  काभ्रे खबर

    नेपाल जेसीज क्षेत्र ‘ग’ को अध्यक्ष भेला काभ्रेको बाल्थलीमा सम्पन्न

  • राजन दाहाल
  • २०८१ चैत्र ३०, शनिबार (१ साल अघि)
  • ९७९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • काभ्रे / पनौती
    नेपाल जेसीज क्षेत्र ‘ग’ को बहुप्रतीक्षित अध्यक्ष भेला काभ्रे जिल्लाको बल्थलीमा भव्यतापूर्वक सम्पन्न भएको छ।
    पनौती जेसिआइका महासचिव जेसी राम कृष्ण श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा क्षेत्र ‘ग’ अन्तर्गतका विभिन्न जुनियर जेसीआईका अध्यक्षहरू, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तित्वहरू उपस्थिति रहेको थियो। नेपाल जेसिसको क्षेत्र ग अन्तर्गत ३८ वटा शाखा रहेको बताइएको छ । छलफल तथा भेला कार्यक्रममा ३८ शाखाका अध्यक्षहरुको उपस्थिती  थियो  ।
    भेलामा बनेपा जुनियर जेसीआई अध्यक्ष जु. जेसी श्रेया मानन्धरदेखि पनौती जुनियर जेसीआई अध्यक्ष जु. जेसी सलिना बन्जारासम्मका दश वटा शाखाका अध्यक्षहरूले एकसाथ आसन ग्रहण गर्नुभएको थियो।
    ऐतिहासिक नगरी पनौतीका नगर प्रमुख श्री रामशरण भण्डारीले प्रमुख अतिथिका रुपमा रहेका थिए ।
    जुनियर जेसी रोजिता थापाले आस्था पाठ र जेसी सजिन पछखलले जेसीज मिसन तथा भिजन वाचन गर्नुभएको थियो।
    नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षहरू जेसी बबिता पाण्डे र संगम बाबू कार्की ( पनौती जेसिसका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष) लगायत काभ्रे पुण्यवती यातायात प्रा. लि.का राजेश सुन्दर सैंजु र काभ्रे उद्योग वाणिज्य संघका प्रताप वैद्य जस्ता अतिथिहरूले पनि कार्यक्रममा आफ्नो उपस्थिति जनाउनुभएको थियो। कार्यक्रमको महत्वपूर्ण भागको रूपमा दीप प्रज्वलनद्वारा समुद्घाटन गरिएको थियो, जहाँ प्रमुख अतिथि, विशिष्ट अतिथि र सभापति अतिथिले संयुक्त रूपमा दीप प्रज्वलन गर्नुभएको थियो। त्यसपश्चात् स्वागत तथा सम्मान कार्यक्रम र शुभकामना मन्तव्यहरूको आदानप्रदान भएको थियो। पनौती जेसीजको मातृसंस्था जेसीआई काभ्रेका अध्यक्ष जेसी पुजन महर्जन लगायत अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि पनौती नगर प्रमुख रामशरण भण्डारीले पनौतीको ऐतिहासिक , पुरातात्त्विक , पौराणिक , तथा भौगोलिक विशेषताको चर्चा गर्दै गत असोजमा गएको बाढीपहिरोका कारण आफ्ना नागरिकले दु:ख भोग्नुप परेको बताउनुभयो ।
    साथै उहाँले अबका दिनमा युवाहरुले सदाचारी समाज र नैतिकवान समाज निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । जेसिसमा लाग्ने युवाहरुले स्वमुल्यांकन गर्दै आफू भित्र आफैं खोज्न सक्नुपर्ने बताउँदै अहिलेका युवाले जे गर्यो त्यो प्रवृत्ति भावीपिढिमा पनि सर्ने बिषयको चर्चा गर्नुभयो ।
    कार्यक्रमका बिशिस्ट अतिथि तथा नेपाल जेसिसका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटा नेपाल जेसिस र जुनियर जेसिसको सम्बन्धलाई अझ प्रगाढ बनाउन यो भेलाले उर्जा थप्ने बताए । त्यस्तै नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष बर्ष 2023 का सेनेटर बिकास मानन्धरले हाम्रो एजेन्डा भित्र केन्द्रित रहेर समाज बिकासमा लाग्न सकियो भने यस भेलाले सार्थकता पाउने बताए ।
    यो भेला नेपाल जेसीज क्षेत्र ‘ग’ का अध्यक्षहरूलाई एकै ठाउँमा भेला भएर सांगठनिक विषयमा छलफल गर्न, अनुभव आदानप्रदान गर्न र भावी कार्ययोजना तय गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने पनौती जेसिआइ बर्ष 2025 का अध्यक्ष जेसि ओमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । बाल्थलीको शान्त र सुन्दर वातावरणले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन् । कार्यक्रमको शुभकामना दिने सबै वक्ताहरुले आगामी दिनमा जेसिसलाई अझ सशक्त, सक्षम र सबल बनाउनुपर्नेमा जोड दिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    चौरीदेउराली दोस्रो कर्णाली होइन, सम्भावना बोकेको गाउँ बन्दै छ ।

    एसईईमा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई पनौती–५ को सम्मान

    समाचार

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    काभ्रे खबर

    ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

    रास्वपा काभ्रेपलाञ्चोकको नेतृत्वमा पुनः ढकाल, अधिकांश पदाधिकारी सर्वसम्मत

    मावि दरबन्दी शून्य हुँदाहुँदै पनि सबै विद्यार्थी उत्तीर्ण गराउन सफल विद्यालयले गर्‍यो विद्यार्थी सम्मान

    श्याम फुलुमाया फाउन्डेसनद्वारा डोटीमा ९१ जना विद्यार्थीलाई झोला तथा शैक्षिक सामग्री वितरण

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०५८ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६७० पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२६८ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१२४ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०८८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९९५ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑