• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ २१, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      वडा सदस्यले बुझाए राजिनामा

      १ दिन अघि

      धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

      २ दिन अघि

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      ३ दिन अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      ६ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      १ हफ्ता अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      १ हफ्ता अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      १ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      १ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      २ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      ३ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ २१, शनिबार
    होमपेज /  काभ्रे खबर

    नेपाल जेसीज क्षेत्र ‘ग’ को अध्यक्ष भेला काभ्रेको बाल्थलीमा सम्पन्न

  • राजन दाहाल
  • २०८१ चैत्र २९, शनिबार (२ महिना अघि)
  • ४५६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ८ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रे / पनौती
    नेपाल जेसीज क्षेत्र ‘ग’ को बहुप्रतीक्षित अध्यक्ष भेला काभ्रे जिल्लाको बल्थलीमा भव्यतापूर्वक सम्पन्न भएको छ।
    पनौती जेसिआइका महासचिव जेसी राम कृष्ण श्रेष्ठद्वारा सञ्चालित उक्त कार्यक्रममा क्षेत्र ‘ग’ अन्तर्गतका विभिन्न जुनियर जेसीआईका अध्यक्षहरू, नेपाल जेसीजका राष्ट्रिय पदाधिकारीहरू, स्थानीय जनप्रतिनिधिहरू लगायत विशिष्ट व्यक्तित्वहरू उपस्थिति रहेको थियो। नेपाल जेसिसको क्षेत्र ग अन्तर्गत ३८ वटा शाखा रहेको बताइएको छ । छलफल तथा भेला कार्यक्रममा ३८ शाखाका अध्यक्षहरुको उपस्थिती  थियो  ।
    भेलामा बनेपा जुनियर जेसीआई अध्यक्ष जु. जेसी श्रेया मानन्धरदेखि पनौती जुनियर जेसीआई अध्यक्ष जु. जेसी सलिना बन्जारासम्मका दश वटा शाखाका अध्यक्षहरूले एकसाथ आसन ग्रहण गर्नुभएको थियो।
    ऐतिहासिक नगरी पनौतीका नगर प्रमुख श्री रामशरण भण्डारीले प्रमुख अतिथिका रुपमा रहेका थिए ।
    जुनियर जेसी रोजिता थापाले आस्था पाठ र जेसी सजिन पछखलले जेसीज मिसन तथा भिजन वाचन गर्नुभएको थियो।
    नेपाल जेसीजका राष्ट्रिय उपाध्यक्षहरू जेसी बबिता पाण्डे र संगम बाबू कार्की ( पनौती जेसिसका लागि निरुपित राष्ट्रिय उपाध्यक्ष) लगायत काभ्रे पुण्यवती यातायात प्रा. लि.का राजेश सुन्दर सैंजु र काभ्रे उद्योग वाणिज्य संघका प्रताप वैद्य जस्ता अतिथिहरूले पनि कार्यक्रममा आफ्नो उपस्थिति जनाउनुभएको थियो। कार्यक्रमको महत्वपूर्ण भागको रूपमा दीप प्रज्वलनद्वारा समुद्घाटन गरिएको थियो, जहाँ प्रमुख अतिथि, विशिष्ट अतिथि र सभापति अतिथिले संयुक्त रूपमा दीप प्रज्वलन गर्नुभएको थियो। त्यसपश्चात् स्वागत तथा सम्मान कार्यक्रम र शुभकामना मन्तव्यहरूको आदानप्रदान भएको थियो। पनौती जेसीजको मातृसंस्था जेसीआई काभ्रेका अध्यक्ष जेसी पुजन महर्जन लगायत अन्य अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
    कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि पनौती नगर प्रमुख रामशरण भण्डारीले पनौतीको ऐतिहासिक , पुरातात्त्विक , पौराणिक , तथा भौगोलिक विशेषताको चर्चा गर्दै गत असोजमा गएको बाढीपहिरोका कारण आफ्ना नागरिकले दु:ख भोग्नुप परेको बताउनुभयो ।
    साथै उहाँले अबका दिनमा युवाहरुले सदाचारी समाज र नैतिकवान समाज निर्माणमा ध्यान दिनुपर्ने बताउनुभयो । जेसिसमा लाग्ने युवाहरुले स्वमुल्यांकन गर्दै आफू भित्र आफैं खोज्न सक्नुपर्ने बताउँदै अहिलेका युवाले जे गर्यो त्यो प्रवृत्ति भावीपिढिमा पनि सर्ने बिषयको चर्चा गर्नुभयो ।
    कार्यक्रमका बिशिस्ट अतिथि तथा नेपाल जेसिसका राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष कृष्ण सापकोटा नेपाल जेसिस र जुनियर जेसिसको सम्बन्धलाई अझ प्रगाढ बनाउन यो भेलाले उर्जा थप्ने बताए । त्यस्तै नेपाल जेसिसका पूर्व राष्ट्रिय अध्यक्ष बर्ष 2023 का सेनेटर बिकास मानन्धरले हाम्रो एजेन्डा भित्र केन्द्रित रहेर समाज बिकासमा लाग्न सकियो भने यस भेलाले सार्थकता पाउने बताए ।
    यो भेला नेपाल जेसीज क्षेत्र ‘ग’ का अध्यक्षहरूलाई एकै ठाउँमा भेला भएर सांगठनिक विषयमा छलफल गर्न, अनुभव आदानप्रदान गर्न र भावी कार्ययोजना तय गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने पनौती जेसिआइ बर्ष 2025 का अध्यक्ष जेसि ओमकृष्ण श्रेष्ठले जानकारी दिनुभयो । बाल्थलीको शान्त र सुन्दर वातावरणले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको सहभागीहरूले बताएका छन् । कार्यक्रमको शुभकामना दिने सबै वक्ताहरुले आगामी दिनमा जेसिसलाई अझ सशक्त, सक्षम र सबल बनाउनुपर्नेमा जोड दिएका थिए ।

     

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    समाचार

    वडा सदस्यले बुझाए राजिनामा

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    काभ्रे खबर

    धुलिखेलमा बृहत रोजगार मेलाको तयारी : सय जना युवालाई रोजगारीको अवसर पाउने बिश्वास

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४५० पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१२१ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७९८ पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६८१ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२६७ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३४७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑