• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८२ अषाढ १९, बिहिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

      १४ घण्टा अघि

      काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

      ३ दिन अघि

      ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

      ५ दिन अघि

      सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

      ६ दिन अघि

      खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

      १ हफ्ता अघि

      एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

      १ हफ्ता अघि

      मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

      १ हफ्ता अघि

      सम्पत्ति शुद्धीकरण मुद्दामा गणेश लामाले सर्वोच्चबाट पाए सफाइ

      १ हफ्ता अघि

      पनौतीका वडाहरुले धमाधम अनिवार्य तथा निःशुल्क आधारभूत शिक्षा सुनिश्चिति घोषणा गर्दै

      २ हफ्ता अघि

      काभ्रेमा पुजन धितालको नेतृत्वमा संगीतकर्मी संघको नयाँ कार्यसमिति चयन

      २ हफ्ता अघि

      नेपाल तामाङ संघ कोशी प्रदेशको अध्यक्षमा सुबास मोक्तान निर्विरोध निर्वाचित: तामाङ समुदायको सशक्त प्रतिनिधित्वको नयाँ अध्याय सुरु

      २ हफ्ता अघि

      नेपाल तामाङसंघ कोशी प्रदेशको अधिबेशन तामाङ समुदायको सशक्तीकरणको आधार हो ।

      ३ हफ्ता अघि

      “नेतृत्वका लागि जोश – उद्देश्यपूर्ण नेतृत्व” को गुञ्जन चारआलीमा

      ३ हफ्ता अघि

      पाँचखालमा राष्ट्रिय सोतोकान कराते प्रतियोगिता: ३५० भन्दा बढी खेलाडी सहभागी हुने

      ३ हफ्ता अघि

      श्याम फुलमाया फाउन्डेसन: मानवीय सेवाको एक अतुलनीय गाथा

      ३ हफ्ता अघि
    in
    आज: २०८२ अषाढ १९, बिहिबार
    होमपेज /  काभ्रे खबर

    महासंघले निकाल्यो विज्ञप्ति : महासंघ भन्छ लाखौं बालबालिकाको भबिष्यमाथि खेलबाड नगर

  • राजन दाहाल
  • २०८२ बैशाख ९, मंगलबार (२ महिना अघि)
  • ८०६ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    काभ्रेपलान्चोक / पनौती
    विद्यालय शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित नेपाल शिक्षक महासंघले काठमाडौंमा गरिरहेको सडक आन्दोलन एक महिना पुग्न लाग्दा पनि सरकारले माग सम्बोधन नगरेको भन्दै सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले गम्भीर चिन्ता व्यक्त गरेको छ। महासंघले आज एक विज्ञप्ति जारी गर्दै चिन्ता व्यक्त गरेको हो ।
    विज्ञप्तिमा महासंघका अध्यक्ष गुणराज मुक्तानले तत्काल विद्यालय शिक्षा ऐन जारी हुने विश्वसनीय आधारसहितको कार्यतालिका ल्याउन सरकार र सम्बद्ध पक्षलाई जोडदार माग गरेका छन्। माग पूरा नभएसम्म शिक्षक महासंघले सडकबाट विद्यालय नफर्किने अडान लिएकोप्रति व्यवस्थापन समितिले सरकार र आन्दोलनरत शिक्षक महासंघ दुवैलाई वार्ता गरी समस्याको समाधान खोज्न आग्रह गरेको छ।
    एक महिनादेखि जारी आन्दोलनका कारण देशभरका करिब २८ हजार सामुदायिक विद्यालयका लाखौं विद्यार्थीको पठनपाठन, परीक्षा, नतिजा प्रकाशन र भर्ना प्रक्रिया अवरुद्ध भएकोप्रति महासंघले गम्भीर चासो व्यक्त गरेको छ। यसले बालबालिकाको अधिकार र मनोविज्ञानमा नकारात्मक असर पारेको र अभिभावकहरूमा अन्योलता छाएको विज्ञप्तिमा उल्लेख छ।
    संविधान जारी भएको एक दशक बितिसक्दा पनि नयाँ शिक्षा ऐन आउन नसक्नु दुःखद भएको बताउँदै महासंघले नागरिकको हैसियतले शिक्षक महासंघको नेतृत्वमा भएको आन्दोलनलाई बेवास्ता नगर्न सरकारलाई आग्रह गरेको छ। साथै, समस्याको गम्भीरतालाई मध्यनजर गर्दै तत्काल वार्ता र सहमतिको माध्यमबाट आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघलाई पनि आह्वान गरिएको छ।
    अध्यक्ष मुक्तानले बालबालिकाको भविष्यलाई ध्यानमा राख्दै प्रधानाध्यापक, शिक्षक र विद्यालय कर्मचारीहरूसँग समन्वय गरी रोकिएका परीक्षा सञ्चालन, नतिजा प्रकाशन र भर्ना कार्यलाई सहजीकरण गर्न सम्पूर्ण अभिभावक र विद्यालय व्यवस्थापन समितिहरूलाई आग्रह गरेका छन्।
    सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालले शिक्षकहरूको जायज मागलाई समर्थन गर्दै विद्यार्थीहरूको भविष्य सुनिश्चित गर्न सरकार र शिक्षक दुवै पक्षलाई लचकता अपनाउन आग्रह गरेको छ। सरकारका शिक्षा मन्त्रीको राजिनामाले स्थितिलाई झन जटिल बनाएको महासंघको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    खोलाले बगाएर इन्जिनियरको मृत्यु, बाटो बन्दका कारण पोस्टमार्टममा लान सकिएन

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    समाचार

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    ” SEE उत्तीर्णको झूटा उत्सव : अंकको नाटक र फोटोको राजनीति”

    सडक कुकुरमुक्त जापान : नेपाली समाजले के सिक्न सक्छ?

    काभ्रे खबर

    पत्रकार नवराज बजगाईंले मनाए सेवा घरमा जन्मदिन

    काभ्रेका स्थानीय तहमध्ये एस.इ.इ. परिक्षामा सबैभन्दा बढी विद्यार्थी पास गराउने पनौती नगरपालिका

    एकीकृत खानेपानी आयोजनामा गुणस्तरहिन काम गरेको अध्यक्षको दाबी, छानबिन गर्न माग गरेको प्रस्ताव नगरसभाबाट सर्वसम्मत पास

    मण्डनदेउपुर नगरले ल्यायो १ अर्ब १० करोडको बजेट

    अत्यधिक पढिएका खबरहरु
    १.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ५४३५ पाठक संख्या
  • २.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ २, बिहिबार
  • ५१०९ पाठक संख्या
  • ३.

    रोशीमा सुन र नगद चोरेर भाग्ने २ जना प्रहरिको नियन्त्रणमा

  • २०८० श्रावण २०, शनिबार
  • ४७९० पाठक संख्या
  • ४.

    अनर्गल प्रचारविरुद्ध मन्त्री लामा प्रेस काउन्सिलमा

  • २०८० भाद्र ३१, आईतबार
  • ४६७३ पाठक संख्या
  • ५.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ४२५९ पाठक संख्या
  • ६.

    छोरालाई अस्पतालमा जागिर दिलाएको भ्रम नछरौँ, अर्को डाक्टर आउन तयार भए म छोरालाइ राजिनामा दिन लगाउँछु – अध्यक्ष लोप्चन

  • २०७९ बैशाख ११, आईतबार
  • ३३३७ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑