• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ ६, बुधबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

      १ दिन अघि

      पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

      २ दिन अघि

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      ४ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      ५ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      १ हफ्ता अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      १ हफ्ता अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      २ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      ३ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      ३ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      ३ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ ६, बुधबार
    होमपेज /  काभ्रे खबर

    पोषणमैत्री स्थानीय शासन घोषणा तर्फ अगाडि बढ्यो पनौती, वडा नं. ५ बाट सुरु भयो अभिमुखीकरण कार्यक्रम

  • राजन दाहाल
  • २०८२ पौष १०, बिहिबार (४ महिना अघि)
  • ४२९ पटक पढिएको
  • अनुमानित पढ्ने समय : १६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती / काभ्रेपलान्चोक

    पोषणमैत्री स्थानीय शासन घोषणा गर्न पनौती नगरपालिका लागिपरेको छ । यस अघि वि.सं. २०७८ असार ३० गते बालमैत्री नगर तथा वि.सं. २०८१ भाद्र २९ गते बालश्रम मुक्त नगर घोषणा गरिसकेको पनौती नगरपालिका अब नगरपालिकाले नागरिकको पोषण अवस्था सुधार गर्ने उद्देश्यसहित पोषणमैत्री स्थानीय तह घोषणा गर्ने दिशामा ठोस कदम अघि बढाएको छ।

    सोही क्रममा पनौती नगरपालिका वडा नं. ५ द्वारा पोषणमैत्री स्थानीय शासनको नीतिगत व्यवस्था, प्रक्रिया, कार्यान्वयन, अवलम्बन तथा घोषणा प्रक्रिया सम्बन्धी वडा स्तरीय नीतिगत अभिमुखीकरण कार्यक्रम (बिहिवार) सफलतापूर्वक सम्पन्न भएको छ।

    कार्यक्रममा पनौती नगरपालिका वडा नं. ५ का जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्वास्थ्य, शिक्षा, कृषि, पशुपन्छी, खानेपानी तथा सरसफाइ, महिला तथा बालबालिका क्षेत्रसँग सम्बन्धित सरोकारवाला निकायहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

     

    कार्यक्रममा नेपाल सरकारद्वारा स्वीकृत ‘पोषणमैत्री स्थानीय शासन कार्यान्वयन कार्यविधि, २०८०’ का नीतिगत प्रावधान, कार्यान्वयन प्रक्रिया र स्थानीय तहको भूमिकाबारे विस्तृत जानकारी दिइएको थियो ।

    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा १२ (झ) अनुसार महिला तथा बालबालिकाको कुपोषण न्यूनीकरण, रोकथाम, नियन्त्रण र व्यवस्थापनसम्बन्धी स्थानीय तहको अधिकार प्रयोगलाई प्रभावकारी बनाउन कार्यविधिले सहजीकरण गर्ने व्यवस्था गरिएको जानकारी गराइको थियो ।

    नेपाल सरकारले पोषणमैत्री स्थानीय शासन मूल्याङ्कनका लागि कुल ४९ वटा सूचक निर्धारण गरेको छ। ती सूचकहरूमध्ये स्वास्थ्य क्षेत्रमा १६, शिक्षा क्षेत्रमा ६, महिला तथा बालबालिका क्षेत्रमा ५, खानेपानी तथा सरसफाइ क्षेत्रमा ५, कृषि क्षेत्रमा ४, पशुपन्छी क्षेत्रमा ३ तथा शासकीय व्यवस्थापन क्षेत्रमा १० वटा सूचक रहेका छन्।

    कार्यक्रममा वडा भित्रका सामुदायिक तथा संस्थागत विद्यालय, खानेपानी समिति, महिला सहकारी, टोल विकास समिति, जनप्रतिनिधि तथा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको सक्रिय सहभागिता रहेको थियो। सहभागीहरूलाई नीतिगत व्यवस्था, नीति प्रक्रिया र व्यवहारिक रूपमा सूचक कार्यान्वयन गर्ने तरिकाबारे राष्ट्रिय सहजकर्ता बिष्णु प्रसाद चौवेले  सहजीकरण तथा अभिमुखीकरण गरिएका थिए ।

    कार्यक्रमकै क्रममा पोषणमैत्री स्थानीय शासन घोषणा गर्ने उद्देश्यसहित वडा स्तरीय सहजीकरण तथा कार्यान्वयन समिति गठन गरिएको छ। वडा अध्यक्ष विनोद खत्री को अध्यक्षतामा ८ सदस्यीय समिति गठन भई निर्धारित समयभित्र बैठक बसेर सूचक कार्यान्वयन प्रक्रिया अघि बढाइने प्रतिबद्ध गरिएको छ।

    कार्यक्रमलाई सम्बोधन गर्दै पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी ले पोषणमैत्री स्थानीय तह घोषणा केवल औपचारिकतामा सीमित नराखी यसको दिगोपना र प्रभावकारिता सुनिश्चित गर्नुपर्ने बताए। उनले पोषण बहुक्षेत्रीय विषय भएकाले स्वास्थ्य, शिक्षा, खानेपानी, कृषि, महिला तथा बालबालिका लगायत सबै सरोकारवाला एकजुट भई योजनाबद्ध रूपमा कार्यान्वयनमा लाग्नुपर्नेमा जोड दिएक छन् । साथै पोषणमैत्री स्थानीय शासनले बालबालिका, महिला तथा समग्र समुदायको जीवनस्तर सुधार गर्दै स्वस्थ, सक्षम र उत्पादनशील नागरिक निर्माणमा दीर्घकालीन योगदान पुर्‍याउने उनको विश्वास थियो ।

    पोषणमैत्री स्थानीय शासनको नीतिगत व्यवस्था, प्रक्रिया, कार्यान्वयन, अवलम्बन तथा घोषणा प्रक्रिया अगाडि बढाउने सम्बन्धि सामुहिक प्रतिबद्धता समेत गरिएको थियो । आगामी २०८३ साल फागुन मसान्तसम्म पोषणमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गर्ने संकल्प वडा न ५ ले गरेको छ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    समाचार

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    काभ्रे खबर

    ठेकेदारलाई पनौती नगरपालिकाको चेतावनी, समयमै काम नसके कालोसूचीमा राख्न सिफारिस गरिने

    पनौतीमा संस्कार शिक्षा अभियान, संस्कारयुक्त विद्यार्थी निर्माणतर्फ स्थानीय सरकारको पहल

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०२० पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६३५ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२६ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०८१ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५६ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑