• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ जेष्ठ २, शनिबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

      १ दिन अघि

      बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

      १ दिन अघि

      पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

      ३ दिन अघि

      चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

      ६ दिन अघि

      पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

      १ हफ्ता अघि

      “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

      १ हफ्ता अघि

      पनौतीले दियो खोला किनार तथा सार्वजनिक जग्गा अतिक्रमण हटाउन १५ दिने अल्टिमेटम

      १ हफ्ता अघि

      प्रेस स्वतन्त्रतामाथि अंकुश बढ्दो: अध्यक्ष न्यौपाने

      १ हफ्ता अघि

      छाडा तथा घरपालुवा कुकुर व्यवस्थापनमा पनौती नगरपालिकाको कडाइ, नियम उल्लंघन गरे कारबाही हुने

      २ हफ्ता अघि

      छैटौं ज्ञानकुञ्ज रोड रेस–२०८३ आयोजना हुँदै, विजेतालाई ३० हजारसम्म पुरस्कार

      २ हफ्ता अघि

      पनौतीमा किटजन्य रोग नियन्त्रणबारे अभिमुखीकरण, समुदायको सक्रिय सहभागितामा जोड

      २ हफ्ता अघि

      श्याम फुलुमाया फाउन्डेसन समाजसेवा : सुर्खेतका मुस्लिम समुदायका विद्यार्थीअरुलाई स्कुल ब्याग सहयोग

      २ हफ्ता अघि

      सिद्धार्थले गर्‍यो लक्ष्मण राजवंशी स्मृति सम्मान कार्यक्रम : शिक्षा, साहित्य र समाजसेवामा योगदान गर्ने व्यक्तित्वहरू सम्मानित

      ३ हफ्ता अघि

      प्रधानमन्त्री बालेन भन्छन्, वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पूर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्छौँ

      ३ हफ्ता अघि

      विपत्तिपछि खानेपानी व्यवस्थापनमा नागरिकको पहल सराहनीय : अध्यक्ष अधिकारी

      ३ हफ्ता अघि
    in
    आज: २०८३ जेष्ठ २, शनिबार
    होमपेज /  काभ्रे खबर

    पनौती नगर अस्पतालमा ‘नातावाद’ को खेल: श्रीमती नियुक्ति असफल हुने भएपछि बाहिरियो रहस्य

  • राजन दाहाल
  • २०८२ पौष २४, बिहिबार (४ महिना अघि)
  • २१४४ पटक पढिएको
  • अनुमानित पढ्ने समय : ६ मिनेट
  • सामाजिक सञ्जालमा हामी

    पनौती  / काभ्रेपलान्चोक 

    पनौती नगरपालिका अन्तर्गत सञ्चालनमा ल्याउन लागिएको नगर अस्पतालको कर्मचारी पदपूर्तिमा गम्भीर अनियमितताको प्रयास भएको खुलासा भएको छ। खोपासी स्वास्थ्य चौकीका इन्चार्ज शुभाकर श्रेष्ठले आफ्नी श्रीमतीलाई जागिर खुवाउने प्रयास असफल भएपछि पदपूर्ति समितिका सदस्य सचिव डा. सम्झना शर्माले पदबाट राजीनामा दिएको नगरपालिकाको सचिवालयले दाबी गरेको छ।

    नगरपालिकाका अनुसार नगर अस्पतालका लागि कम्प्युटर अपरेटर पदमा खोपासी स्वास्थ्य चौकीका इन्चार्ज शुभाकर श्रेष्ठकी श्रीमती सृजना मैनालीलाई नियुक्त गराउने उद्देश्यले डा. सम्झना शर्मा र इन्चार्ज श्रेष्ठ लामो समयदेखि सक्रिय रहँदै आएका थिए। तर निष्पक्ष, पारदर्शी र फेयर परीक्षा प्रक्रियामा सृजना मैनाली योग्य नदेखिएपछि उनीहरूको प्रयास असफल भएको सचिवालयको भनाइ छ।

    डा. सम्झना शर्मा पदपूर्ति समितिको सदस्य सचिवको हैसियतमा रहँदै आएकी थिइन्। सचिवालयका अनुसार  नगर अस्पतालका लागि लिइएको अगाडिको अन्य विभिन्न परीक्षासम्बन्धी प्रक्रियामा शर्माको हस्ताक्षर रहेको छ, जसले उनी प्रक्रियामा पूर्ण रूपमा संलग्न रहेको पुष्टि गर्छ। विगतमा भएका सात पदमा डा. सम्झनाले केही गुनासो नगरेको तर अहिले श्रेष्ठको श्रीमती को जागिर नहुने भए पछि बखेडा झिकिएको नगरपालिका श्रोतले जनाएको छ ।

    जब आफ्ना पक्षमा नतिजा आउने सम्भावना समाप्त भयो, त्यसपछि राजीनामा दिएर मिडियामार्फत दबाब सिर्जना गर्ने प्रयास गरिएको दाबी सचिवालयले गरेको छ।

    सचिवालय स्रोतका अनुसार डा. शर्मा र इन्चार्ज श्रेष्ठले पदपूर्ति समितीमै सृजना मैनालीलाई अनिवार्य रूपमा नियुक्ति गर्नुपर्ने अडान लिँदै आएका थिए। त्यतिमात्र होइन, मेरी श्रीमतीले नाम मात्र लेखेर आउँछिन् अरु तपाईंहरूले मिलाउनु पर्छ भन्दै आएको कुरा पनि नगर प्रमुखको सचिवालयले बाहिर ल्याएको छ ।

    कानुन, मापदण्ड र निष्पक्षताविरुद्ध जाने कुनै पनि निर्णय नगरपालिकाले स्वीकार नगरेपछि उनीहरू असन्तुष्ट बनेका थिए। निष्पक्ष परीक्षा हुने भएपछि आज इन्चार्ज शुभाकर श्रेष्ठको श्रीमती  परीक्षामा सहभागी भएकी थिइनन् ।

    आफ्नो श्रीमतीको नियुक्ति निश्चित नहुने देखेपछि इन्चार्ज शुभाकर श्रेष्ठले अन्य कर्मचारीहरूलाई धम्क्याउने तथा मानसिक दबाब दिने गरेको समेत बुझिएको छ। उनीहरूले धम्क्याएको रेकर्ड सचिवालयमा सुरक्षित रहेको पनि सचिवालयले जनाएको  छ । यस विषयमा आन्तरिक छलफल र निगरानी भइरहेको नगरपालिकाले जनाएको छ।

    नगरपालिकाको सचिवालयले नगर अस्पतालजस्तो संवेदनशील संस्थामा नातावाद, कृपावाद र व्यक्तिगत स्वार्थका आधारमा नियुक्ति हुन नदिने स्पष्ट चेतावनी दिएको छ। सबै प्रक्रिया कानुनसम्मत, पारदर्शी र निष्पक्ष रूपमा अगाडि बढाइने नगरपालिकाको अडान रहेको छ।

    नगर अस्पताल सुरु गरी स्वास्थ्य सेवामा पहुँच नभएका जनतालाई सेवा प्रदान गर्ने नगर प्रमुखको योजना विफल बनाउने प्रपञ्च रचिएको दाबी पनि सचिवालयको छ ।

    डाक्टर सम्झना शर्मा र इन्चार्ज शुभाकर श्रेष्ठ दुवै कर्मचारीले कर्मचारी आचार संहिता उल्लंघन गरेको हुँदा अनुशासनको कारबाही गर्नु पर्ने समेत सचिवालयले माग गरेकोछ ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    पनौती नगरपालिकामा ONM सर्वेक्षण गरिने, नगर कार्यपालिकाबाट पास, सभाले के गर्ला ?

    “सरकारी स्कुलमा शिक्षा निशुल्क कि निजी जस्तो व्यापार ?” शुल्क असुलीबारे जी एन सापकोटाको कडा प्रश्न

    समाचार

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    काभ्रे खबर

    पनौतीमा प्रतिजैविक प्रतिरोध र जुनोटिक रोग सम्बन्धी अभिमुखीकरण सम्पन्न

    बेथानचोक ४ स्थित कालिका मा.वि. को भवन सिलान्यास संगै विविध कार्यक्रम

    पनौतीको एस ई ई नतिजा : खस्कियो इन्द्रेश्वर, श्वेत गणेश बन्यो नगर प्रथम

    चौँरीदेउरालीमा रास्वपाको पहिलो पालिका अधिवेशन सम्पन्न, तामाङको नेतृत्वमा नयाँ समिति गठन

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८०११ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७६२७ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६२२० पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६०७५ पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६०५४ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ५९५० पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑