• Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
  • Home
  • sitemap
  • गोपनियता
  • प्रदेश शंस्करण
  • बिज्ञापन
  • सम्पर्क
  • हाम्रो बारे
आज: २०८३ अषाढ १९, शुक्रबार
    • समाचार
      • काभ्रे खबर
      • ललितपुर खबर
      • स्थानीय खबर
    • आर्थिक
      • कृषि खबर
    • विश्व
    • अन्तरवार्ता
    • खेलकुद
    • ताजा अपडेट

      पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

      १0 घण्टा अघि

      श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

      १ दिन अघि

      इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

      १ दिन अघि

      दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

      १ हफ्ता अघि

      पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

      २ हफ्ता अघि

      खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

      २ हफ्ता अघि

      नवआगन्तुक विद्यार्थीका लागि ज्ञानकुञ्जको अभिमुखीकरण कार्यक्रम सम्पन्न

      २ हफ्ता अघि

      जिल्ला समन्वय समिति महासंघको अध्यक्षमा ऋषिदेव फुयाँल निर्विरोध

      २ हफ्ता अघि

      सवारी दुर्घटना कि यातायात व्यवस्थाको असफलता ?

      २ हफ्ता अघि

      पनौतीमा पशु आहारा व्यवस्थापन तथा घाँस संरक्षण सम्बन्धी तालिम सम्पन्न

      २ हफ्ता अघि

      इन्जिनियर तथा प्राविधिकमाथि सांघातिक हमला, कारबाही गर्न इन्जिनियर्स एशोसिएसनको माग

      ३ हफ्ता अघि

      नमोबुद्धमा दुग्ध उत्पादक कृषक, सहकारी र संकलनकर्तासँग एक दिने अन्तरक्रिया सम्पन्न

      ३ हफ्ता अघि

      नमोबुद्ध नगरपालिकाले तयार गर्‍यो १० वर्षे नगर शिक्षा योजनाको मस्यौदा

      ३ हफ्ता अघि

      पनौतीका स्वास्थ्य संस्थामा गरिएको सामाजिक परीक्षणको नतिजा सार्वजनिक

      ३ हफ्ता अघि

      ऐतिहासिक बिचारी पाटी पुनर्निर्माण हुँदै, पनौती सरकारद्वारा २५ लाख बजेट विनियोजन

      ३ हफ्ता अघि
    in
    आज: २०८३ अषाढ १९, शुक्रबार
    होमपेज /  काभ्रे खबर

    काभ्रेका बौद्धिक समूहको अपिल ‘संविधानको रक्षा र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई भोट’

  • सिरुपाते खबर
  • २०७९ कार्तिक २६, शनिबार (३ साल अघि)
  • ५९० पटक पढिएको
  • अनुमानित पढ्ने समय : ० मिनेट
  • बनेपा÷

    जिल्लामा कृयाशिल बौद्धिक समूहले संविधानको रक्षा र सुशाशनको लागि यसपटक लोकतान्त्रिक–बाम गठबन्धनलाई मतदान गर्न अपिल गरेका छन् ।
    शनिवार बनेपामा सम्पन्न प्राध्यापक, शिक्षक, कानून व्यवसायी, इञ्जिनियर, पूर्व कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतका बौद्धिक समूहको भेलाले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा प्रत्यक्ष तथा समानुपातिकतर्फ प्रतिस्पर्धामा रहेका लोकतान्त्रिक–बाम गठबन्धनका ‘स्वच्छ छवि भएका, उर्जाशिल, अनुभवी तथा विकासप्रेमी’ उम्मेदवारहरुलाई मतदान गर्न अपिल गरेको हो ।
    प्रजातन्त्रवादी प्राध्यापक संघ बाग्मती प्रदेशका सहसंयोजक माधवप्रसाद तिमल्सिना, काभ्रे जिल्ला अध्यक्ष भोला केसी, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम बस्नेत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सर्वोत्तम गिरीले हस्ताक्षर गरी जारी गरेको अपिलमा लोकतान्त्रिक शक्ति र बामपन्थी दलहरुको सक्रिय संलग्नताले सात दशकको अथक प्रयासको परिणाम स्वरुप संविधानसभामार्फत प्राप्त संविधान पटक–पटक मिचेर निहित स्वार्थ पूरा गर्ने दुष्प्रयासका विरुद्ध लोकतान्त्रिक शक्ति र बामपन्थी शक्तिहरुबीच गठबन्धन हुनुपर्ने समसामयिक आवश्यकतालाई मध्य नजर गर्दै बृहत एकताका साथ अघि बढिरहेको गठबन्धनप्रति बौद्धिक समूहको समर्थन रहेको जनाइएको छ । २०७४ सालमा निर्वाचित सरकारले करिब दुइतिहाइको हाराहारी मत प्राप्त गरेता पनि २÷२ पटक प्रतिनिधि सभा भंग गर्ने प्रयास गरी जनमतको अपमान गरेको समेत बताए । काभ्रेली मतदाताले अपार भरोसा गरी नेकपा एमालेका तर्फबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यले मतदाताको शीर झुक्ने गरी भ्रष्टाचारको मिलेमतो ९सेटिङ्ग० मा संलग्न भएको सुन्नुपर्दा बौद्धिक वर्ग लज्जित भएको उल्लेख गरेका छन् ।
    लोकतान्त्रिक शक्ति र बाम गठबन्धनले अब संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधानले प्रत्याभूत गरेका बहुलबादमा आधारित बहुदलीय संसदीय लोकतन्त्र, आधारभूत मानव अधिकार र पूर्ण प्रेस स्वतन्त्रताको सम्बद्र्धन गर्न सक्छ भन्ने अपेक्षा सहित लोकतान्त्रिक समाजवाद उन्मुख सम्मुनत नेपाल निर्माण गर्ने तर्फ देशलाई अघि बढाउन गठबन्धन सक्षम हुनेछ विश्वास समेत व्यक्त गरिएको छ । दलीय व्यवस्थामा दलको विकल्पमा दल नै मात्र हुन सक्ने तर्क गर्दै उनीहरुले स्वतन्त्र भएर विजयी सांसदले संसदीय व्यवस्थामा खासै भूमिका खेल्न नसकेको विगतका अनुभवलाई आधार मान्दै मतदान गर्दा विशेष ध्यान दिनुहुन समेत अनुरोध गरिएको छ । बहुदलीय व्यवस्था र गणतन्त्र स्थापनाका लागि बलिदानी र संघर्षमा खरो रुपमा प्रस्तुत गठबन्धनका उम्मेदवारलाई मतदान गर्न उनीहरुले अनुरोध गरेका छन् ।
    भेलामा उपस्थित गठबन्धनका तर्फबाट प्रतिनिधी सभा क्षेत्र नं २ का साझा उम्मेदवार शिवप्रसाद हुमागाईले आफूलाई सबै क्षेत्रको साथ, सहयोग भएको भन्दै बौद्धिक समूहको समर्थनले थप उत्साहित भएको बताए । बौद्धिक समूहले अनियमितता, भ्रष्ट्राचारमा संलग्नलाई समर्थन नगर्ने भन्दै आफू निर्वाचित भएपछि काभ्रेली मतदाताको शिर उच्चो राख्ने गरी काम गर्ने बताए । प्रदेश सभा क्षेत्र नं २ ९क० का उम्मेदवार लक्ष्मण लम्साल, २ ९ख० का उम्मेदवार कञ्चनचन्द्र बादे, नेपाल सरकारका पूर्व सचिव जनार्दन नेपाल, नेकपा एकिकृत समाजवादीका पोलिट्व्युरो सदस्य कृष्णप्रसाद सापकोटा, गठबन्धनको जिल्ला निर्वाचन परिचालन समितिका संयोजक समेत रहेका कांग्रेस जिल्ला उपसभापति रमेशप्रसाद हुमागाई, माओवादी केन्द्रका जिल्ला संयोजक भोला अर्याल, काभ्रे सेवा समाजका अध्यक्ष नारायण महत, प्राध्यापक भोेला केसी, क्याम्पस प्रमुख केजी बैदार, इश्वरी ओझा, माधवप्रसाद तिमल्सिना, राजेशराज महत, प्रगतिशिल नेपाल राष्ट्रिय शिक्षक संगठनका प्रेम बस्नेत, नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सर्वोत्तम गिरी लगायतले संविधानको रक्षा, भ्रष्टाचारमुक्त समाज र सुशासनको लागि लोकतान्त्रिक–बाम गठबन्धनलाई जिताउनुपर्ने तर्क गरे ।

    प्रतिक्रिया दिनुहोस


    काभ्रे खबर सम्बन्धि थप

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    खानीखोलालाई संघ र प्रदेशको बजेटमा फेरि उपेक्षित, दुर्गम क्षेत्रलाई झन दुर्गम बनाउने नीति रहेको अध्यक्ष थिङको आरोप

    समाचार

    पत्रकार नवराज बजगाईको जन्मदिन असहायहरु रहेको ‘सेवा घर’ मा

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    काभ्रे खबर

    श्याम फुलुमाया फाउन्डेसनको प्रेरणादायी अभियान : पूर्वीचौकीका ११० विद्यार्थीलाई झोला र ट्र्याकसुट वितरण

    इन्द्रेश्वर क्याम्पसको विकासमा सहयोग गर्ने सांसद चौलागाईंको प्रतिबद्धता, बीबीए सञ्चालनका लागि पहल गर्ने

    दुर्गम विद्यालयका बालबालिकादेखि राउटे समुदायसम्म श्याम फूलुमाया फाउन्डेसनको सहयोग

    पनौतीको सार्वजनिक जग्गा र नदी तटीय क्षेत्रमा बनेका ३८ घरटहरा हटाइने

    अत्यधिक पढिएका खबरहरु
    १.

    थापाको निधनमा नेपाली कांग्रेस काभ्रेले झण्डा आधा झुकाउने, ५ दिन सबै तहका कार्यालय बन्द

  • २०८२ श्रावण २, शुक्रबार
  • ८१०२ पाठक संख्या
  • २.

    कालेश्वर मन्दिरमा त्रिशुल चढाउन लगेको गाडी पल्टियो, गाडिमा सवार सबैको मृत्यु

  • २०८२ फागुन २, शनिबार
  • ७७०९ पाठक संख्या
  • ३.

    निजगढको विकल्प ललितपुरको भट्टेडाँडा

  • २०७९ जेष्ठ १५, आईतबार
  • ६३११ पाठक संख्या
  • ४.

    पनौतीमा २२ जना कर्मचारी कानुन विपरीत भर्ती, संगठन तथा जनशक्ति ब्यवस्थापन सर्वेक्षण गर्न खोज्दा एमालेको रोइलो

  • २०८० अषाढ १३, बुधबार
  • ६१७० पाठक संख्या
  • ५.

    सामुदायिक सहकारीका कर्मचारीबाटै रकम अपचलन: कर्मचारी निलम्बित, छानबिन समितीले खोज्दै हिसाबकिताब

  • २०८२ जेष्ठ १, बिहिबार
  • ६१३८ पाठक संख्या
  • ६.

    पनौती १ का सिताराम भक्तपुरमा मृत अवस्थामा भेटिए

  • २०८२ कार्तिक २७, बिहिबार
  • ६०३८ पाठक संख्या
  • पत्राचार ठेगाना

    सिरुपाते मिडिया प्रा.लि.
    सिरुपाते खबर डट कम का लागी
    ठेगाना काभ्रे, बागमती
    फोन नं.: +९७७-९८४३०७१५६१
    ईमेल: [email protected]
    Website: sirupatekhabar.com

    तपाईंको स्थानीय तह

    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
    • हाम्रो बारे
    • सम्पर्क

    फेसबुक

    संचालक/प्रधान सम्पादक:

    राजन प्रसाद दाहाल

    सम्पादक:

    शोभा हुमागाईँ

    सम्वाददाता:

    ............

    पान नं.:

    ६१०२५२४८४

    सञ्चार रजिष्टर दर्ता नं.:

    ००११८/०७८-७९

    प्रेस काउन्सील दर्ता नं.:

    ३२६८

    © २०७८ सिरुपाते खबरमा सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑